कीवर्डहरू -

माघ ११ देखि २४औं संस्करणको क्यान इन्फोटेक

सुबिसु क्यान इन्फोटेक २०१८ मा २ सय २२ स्टल

माघ ११ देखि २४औं संस्करणको क्यान इन्फोटेक


२४औं संस्करणको क्यान इन्फोटेक यही माघ ११ गतेदेखि ६ दिनसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा हुँदै छ । सुबिसु केबल नेटको शीर्ष प्रायोजन र मोटोरोलाको सहप्रायोजन रहेकाले यस संस्करणको अफिसियल नाम ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ रहेको छ ।


यसपटकको प्रदर्शनीमा ब्रोडब्यान्ड इन्टरनेट र कम्युनिकेसन टेक्नोलोजीलाई जोड दिने आयोजकले जनाएको छ । ‘जसअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवामा विशेष सहुलियतसहित द्रुत गतिको इन्टरनेट प्रमुख आकर्षण बन्नेछ । ‘साथै टेलिफोन तथा मोबाइल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउँदै छ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ,’ क्यान महासंघका महासचिव रञ्जित पोदारले भने ।


नयाँ प्रविधिमा आधारित मोबाइल फोन, टयाबलेट तथा अन्य उपकरणहरु प्रदर्शनीमा उपलब्ध हुने जनाइएको छ । हाइ स्पिडको इन्टरनेटको अपत्यारिला अफरहरु अवलोकनर्ताहरुले पाउनेछन् । यसैगरी स्मार्टफोन, राउटर, सिसिटिभीका फरक र आकर्षक मोडलहरुले अवलोकनर्तालाई लोभ्याउने निश्चित छ ।
सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधारसम्बन्धी जानकारी यस प्रदर्शनीमा उपलब्ध हुनेछ । यस वर्षको क्यान इन्फोटेकमा आइसिटी कन्फ्रेन्स भने हुने छैन तर एक्जिबिसन भब्य बनाउन फोकस भएको आयोजकले बताएको छ ।


सुबिसु क्यान इन्फोटेक २०१८ मा २ सय २२ स्टल
प्रदर्शनीमा हलभित्र ४९ ओटा ठूला र हल बाहिर ५ ओटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहने जनाइएको छ । ‘ट्रसमा १४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा २ सय २२ स्टल रहनेछन् ।
हलभित्रका स्टलहरुमा कम्पनीले ब्रान्डिङमा फोकस गर्नेछन् भने बाहिरका स्टलहरुमा छुट र अफरहरुसहित समान खरिद गर्नसमेत सकिनेछ । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य छन् ।


सफ्टवेयरको छुट्टै प्याभिलियन
यस वर्षको इन्फोटेकमा सफ्टवेयर कम्पनीहरुको छुट्टै प्याभिलियन तयार हुने भएको छ । प्याभिलियनमा एक दर्जन बढि सफ्टवेयर कम्पनीहरुको सहभागिता रहने उमेश रघुवंशीले बताएका छन । इन्फोडेभलपर्स, योमरी, योङ माइन्ड्स, सफ्टेक फाउन्डेसन, प्रोफेसनल कम्प्युटर सिस्टमलगायतका कम्पनीहरुको सहभागिता छ । यसले इन्फोटेकमा भ्रमण गर्ने मानिसहरुलाई नेपालमा उत्पादित सफ्टवेयरको बारेमा विस्तृत जानकारी दिनेछ । पहिलो पटक सफ्टवेयरको प्याभिलियन बनाएर प्रदर्शन गर्न लागिएकाले अवलोकनर्तालाई यो पनि आकर्षणको केन्द्र हुन सक्छ ।

\"\"
अनलाइन टिकटमा छुट
मेलाको अवलोकनका लागि सर्वसाधारणलाई १ सय र विद्यार्थीलाई ५० रुपैयाँ टिकट तोकिएको छ । अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोधसहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अनलाइन टिकट खरिदमा २० प्रतिशत छुटसमेत प्रदान गरिनेछ । ई सेवामार्फत टिकट खरिद गर्नको लागि क्यान वा ई सेवाको अफिसियल वेबसाइट भिजिट गर्न सकिनेछ ।


१४ गते बिजनेस डे
क्यान इन्फोटेक २०१८ मा एक दिन बिजनेस डे मनाउने चलन छ । यस वर्ष पनि कार्यक्रमको चौथो दिन अर्थात् माघ १४ गते आइतबारको दिनलाई बिजनेस डेका रुपमा घोषणा गरिएको छ ।
उक्त दिनको प्रवेशशुल्क सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ तोकिएको छ । उक्त दिन विषेशगरी बिजनेस हाउसेसहरूले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रूपमा बिजनेस डिल गर्न सक्नेछन् ।