कीवर्डहरू -

नेपाली बजारमा शावमी रेडमि नोट ४ को मूल्य घट्यो

नेपाली बजारमा शावमी रेडमि नोट ४ को  मूल्य घट्यो

नेपालको लागि शावमीको आधिकारिक बिक्रेता वत्सल ईम्पेक्सले करिब डेढ बर्ष अगाडी नेपाली बजारमा सार्बजनिक गरेको शावमीको मिडरेन्ज स्मार्टफोन रेड्मी नोट ४ को मूल्य घटेको छ । शावमिको रेड्मी नोट ४ नेपाली बजारमा अघिल्लो बर्ष राम्रो बिक्रि भएको रेड्मी नोट ३ पछाडीको लोकप्रिय स्मार्टफोन हो । नेपाली बजारमा एक बर्ष भन्दा बढी समय सम्म बिक्रिमा रहेको यो मिडरेन्ज फोनको ३२ जीबी र ६४ जीबी दुबै भेरिएन्टसको मूल्य घटेको हो ।

दैनिक प्रयोगको लागि यो स्मार्टफोन तथा यसको क्यामेरा लगायत अन्य फिचरहरु सुविधाजनक रहेका छन् । ५.५ इन्च को फुलएचडी डिस्प्ले भएको रेड्मी नोट ४ को भित्र स्नापड्रागन ६२५ चिपसेट रहेको छ । साथमा ३/४ जीबी र्याम तथा ३२/६४ जीबी अनबोर्ड स्टोरेज रहेको छ । त्यस्तै दुबै भेरीएन्ट्सको स्टोरेजलाई माइक्रो एसडी कार्ड मार्फत बढाउन सकिन्छ ।

फोनमा क्यामेराको कुरा गर्दा रियरमा १३ एमपी क्यामेरा र पीडीएएफ, अटोफोकस तथा डुअल एलइडी डुअल फ्ल्याश जस्ता फिचर्स रहेका छन् । साथमा सेल्फीको लागि भने ५ एमपीको क्यामेरा राखिएको छ । ४१०० एमएएचको प्रभावशालि ब्याट्रीको प्रयोग भएका कारण फोनले भिडियो हेर्न तथा बिभिन्न एपहरु आरामले धेरै समय सम्म प्रयोग गर्न सकिन्छ ।

३ जीबी र्याम तथा ३२ जीबी रोम भएको मोडेलको मुल्य पहिले २४ हजार ९ सय ९९ थियो भने, अहिले यसको मूल्य २ हजार घटेर २२ हजार ९ सय ९९ मा खरिद गर्न सकिन्छ । त्यस्तै ६४ जीबी/४जीबी र्याम मोडेलको मूल्य सुरुमा २८ हजार ९ सय ९९ रहेकोमा ३ हजारले घटेर २५ हजार ९ सय ९९ भएको छ ।