कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणले ६ महिनापछि पल्सरेटको अवधि १ सेकेण्ड बनाउने

दूरसञ्चार प्राधिकरणले  ६ महिनापछि पल्सरेटको अवधि १ सेकेण्ड बनाउने

नेपाल दूरसञ्चार प्राधिकरणले  ६ महिनापछि न्यूनतम कल अवधि पल्स रेट (Pulse Rate)  १ सेकेण्ड निर्धारण गर्ने तयारी गरेको छ  ।

यसको लागि प्राविधिकहरुले काम थालिसकेको प्राधिकरणले जानकारी दिएको छ ।

अहिले न्यूनतम कल अवधि पल्सरेट १० सेकेण्ड रहेको छ ।

पल्सरेट १० सेकेण्ड हुदा २ सेकेण्ड मै फोन काटिएपनी  पुरै १० सेकण्डको पैसा तिर्नु पर्ने समस्या थियो ।