कीवर्डहरू -

वान प्लस ह्याक गरि ४० हजार प्रयोगकर्ताको क्रेडिट कार्डबाट सूचना चोरी भएको आशंका

वान प्लस ह्याक गरि ४० हजार प्रयोगकर्ताको क्रेडिट कार्डबाट सूचना चोरी भएको आशंका

चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी वान प्ल्सले ह्याकरहरुको सिकार बन्न पुगेको छ । ह्याकरहरुले वान प्लसको वेबसाइट ह्याक गरि ४० हजार उपभोक्ताको केडिड कार्डको सूचना चोरी गरेको हुन सक्ने वान प्लसले बताएकाे छ ।

 वान प्लसको वेबसाइट बाट पेमेन्ट गरेका उपभोक्ताहरु मध्ये सयौंको संङ्ख्यामा वान प्लसको उपभोक्ताहरुको पेमेन्ट फ्रड भएको थियाे । त्यसकाे एक साता पश्चात यो तथ्य सार्वजनिक भएको हो । ह्याकरहरुले कम्पनीको वेवसाइट सर्भर ह्याक गरि पेमेन्ट गर्दा इन्टर गरिएको के्रडिट कार्डको डाटा चोरी गर्न मलिसियस जाभा स्क्रिप्ट इन्सटल गरेकोे हुनसक्ने अनुमान गरिएको छ ।

कार्डबाट सूचना चोरी भएको थाहा पाए पश्चात वान प्लसले तुरुन्तै आफ्नो वेबसाइटबाट कार्ड लगायतका अनलाइन पेमेन्ट अप्सनलाई निषेध गरेको थियो ।