कीवर्डहरू -

नेपालभर रेनो एक्सपेरियन्स मेला सुरु

नेपालभर रेनो एक्सपेरियन्स मेला सुरु

नेपालमा रेनोको आधिकारिक वितरक बिशाल समुहको सहायक कम्पनि,एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनो कार प्रेमि तथा प्रयोगकर्ताहरुका लागि आइतबारदेखि नेपालभर रेनो एक्स्पेरीयन्स मेला सुरु गरेको छ । माघ ७ बाट सुरु भएको उक्त मेला आउँदो माघ १४ सम्म संचालन हुनेछ ।

'एक्स्चेजंमा दम छ एक्साइटमेन्ट फुल अन छ' स्लोगन सहित कम्पनिले सुरु गरेको रेनोको यो मेलामा रेनोको पुराना प्रयोगकर्ताले नयाँ कार साटफेर गर्न सक्नेछन् । एक्सचेन्ज सुबिधाका लागि क्विड डस्टर र लजी मोडल उपलब्ध हुनेछन् ।

उक्त मेलामा ग्राहकलाई १ लाख बराबर सम्मको एक्सचेन्ज बोनस अफर,२ वर्ष सम्मको फ्री सर्भिसिङ,एक बर्षका लागि बिमा,नि : शुल्क एसेसरिज,एक आर्थिक बर्षका लागि सडक कर फ्री तथा आकर्षक नगद छुट लगायतका सेवा उपलब्ध छन्  ।

कम्पनिले जाडो मेला बाहेक महिनालाई लक्षित गरि 'रेनो सुपर हिट' स्किम पनि संचालन भइरहेको जनाएको छ । रेनो एक्सपेरियन्सले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट रेनोको नयाँ पुस्ताका कारबारे जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिंङको आनन्द प्रदान गर्ने कम्पनिको भनाइ छ ।

(नयाँ पत्रिका )