कीवर्डहरू -

सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ : सुब्बा

सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको छ : सुब्बा

गंगा सुब्बा
प्रोग्राम कोअर्डिनेटर
(बिएससी सिएसआइटी), सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी

विसं. २०६८ सालमा स्थापना भएको यस कलेजले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बिएससी सिएसआइटी र बिसिए कार्यक्रम सञ्चालन गरिरहेको छ । स्थापनाकालदेखि नै गुणस्तर शिक्षामा प्रतिबद्ध यस कलेजले पाठ्यक्रमस“गै विभिन्न व्यावसायिक तालीम प्रदान गर्दै आएको छ ।

सगरमाथाले विद्यार्थीलाई वर्तमान मार्केटमा सजिलै एक्स्प्लोर गराउन कोर्स अफ स्टडीसँगै प्रोफेशनल ट्रेनिङ सञ्चालन गरिरहेको छ, जसका लागि कलेजले कुनै अतिरिक्त शुल्क लिँदैन । अध्ययनपछि हाम्रा विद्यार्थीको खपत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा होस् भन्ने अभिप्रायले कलेजमै विभिन्न युनिट स्थापना गरेका छौं, जसमार्फत विद्यार्थीलाई वर्तमान र भविष्यको आइटी बजारमा सजिलै लिडरसिप गर्न सक्ने वातावरण तयार पारेका छौं ।

त्यसैगरी कलेजले इन्ट्रान्स एक्जाम र सेमेस्टरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्तिको सुविधा प्रदान गर्दै आएको छ भने छात्रा विद्यार्थीलाई आकर्षण गर्न छात्रवृत्तिको कार्यक्रम समेत ल्याएका छौं ।