चोकराज दवाडी
एकेडेमिक डाइरेक्टर, न्यू समिट कलेज
कलेजहरूले हाल एकेडेमिक प्रोग्राम डेलिभरीसँगै कम्पनीसँग इंगेज गरेर लैजानुपर्छ भनेर थप प्रोफेशनल कोर्सहरु गराउँदै छन् । हामीले पनि कलेजमा हरेक महिना आइटीको इभेन्ट गर्ने गर्छौं भने वर्षमा एकपटक राष्ट्रियस्तरको टेक इभेन्ट सञ्चालन गर्ने गरेका छौं । यसले कम्पनीसँगको लिंकेज बढिरहेको छ ।
न्यु समिट कलेजले हाल त्रिभुवन विश्वविद्यायलबाट सम्बन्धन लिएर बिएससी सिएसआइटी र बिसिए कार्यक्रम सञ्चालन गरिरहेको छ । गत वर्षदेखि सुरु भएको बिसिए कार्यक्रमका लागि पनि विद्यार्थीहरुले धेरै चासो देखाएका छन् । यी दुवै कोर्स कम्प्युटर सिस्टम, कम्प्युटर एप्लिकेशन सम्बन्धी कोर्स हुन् र हामीले उद्योगको आवश्यकता अनुसार अतिरिक्त कोर्स पनि प्रदान गर्ने गर्छौं ।
स्किल ओरियन्टेड कोर्स भएकाले हामीले विद्यार्थीलाई ४ वर्ष कलेजमा बिताइसकेपछि उसको सुरक्षित करियर निर्माणमा सहयोग गर्ने कार्यक्रम ल्याएका छौं । पासआउट भइसकेपछि कलेजमै एक वर्षसम्म कम्पनीका काम गर्ने अवसर हामीले दिएका छौं ।