कीवर्डहरू -

(बिसिए विशेष) हामीले कलेजमै प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउँछौं : कडरिया

(बिसिए विशेष) हामीले कलेजमै प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउँछौं : कडरिया

मदन कडरिया
प्रमुख, डिपार्टमेन्ट अफ आइटी, नेपाल कलेज अफ इन्फर्मेशन टेक्नाेलाेजी (एनसिआइटी)

पोखरा विश्वविद्यालयको बिसिए कार्यक्रम विज्ञान तथा प्रविधि संकायमा राखिएको छ ।  याे कार्यक्रमले आइटी र कम्प्युटरको एप्लिकेशनसम्बन्धी विषय समेटेकाे छ ।

बिसिएले कोर आइटी सोलुसनमा भन्दा बढी आइटीलाई एप्लिकेशन क्षेत्रमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा जोड दिएको हुन्छ । एनसिआइटीले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर बिसिए कार्यक्रम सञ्चालन गरेको छ ।

हामीले विश्वविद्यालयको पाठ्यक्रमका अतिरिक्त विभिन्न अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन गरिरहेका छाैं । हामीले विद्यार्थीका लक्षित गरी विभिन्न एक्जिबिसन (जस्तै– नेक्स्ट, सफ्टवेयर फ्रिडम डे), कन्फ्रेन्सहरु गराउने, प्रोजेक्ट डेमोन्स्ट्रेशन गराउने, विभिन्न प्रोफेसनल र स्किल डेभलपमन्टका ट्रेनिङहरु गराउने, इन्डस्ट्री एक्सपर्टहरुलाई बोलाएर विभिन्न टक प्रोग्राम र सेमिनारहरु गराइरहेका छौं ।