कीवर्डहरू -

विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न किस्ट कलेज छान्ने गरेका छन् : बस्नेत

विद्यार्थीले आफ्नो भविष्य सुनिश्चित गर्न किस्ट कलेज छान्ने गरेका छन् : बस्नेत

सूर्य बस्नेत
डिपार्टमेन्ट अफ बिआइएम, किस्ट कलेज, काठमाडौं

सूचना प्रविधिको विकासक्रम र नेपालले हासिल गरेको उचाईंलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
सबैभन्दा पहिले इन्फर्मेसन टेक्नोलोजी र इन्फर्मेसन सिस्टम गरी २ विषयलाई विश्लेषण गर्न जरुरी छ । इन्फर्मेशन टेक्नोलोजीले हार्डवेयर र सफ्टवेयरतिर बढि जोड दिएको छ । नेपालमा जुनसुकै आइटी कोर्स पढाए पनि बजारमा कति उद्योगहरु छन् र त्यो उद्योगले के चाहन्छ भन्ने तरिकाले हेर्यो भने सबै कोर्सले एउटै एउटै प्रडक्ट निकालेको जस्तो देखिन्छ । नेपालले आइटीमा धेरै अगाडिदेखि नै विकास गर्न खोजेको हो । पछिल्लो समयको अवस्थालाई हेर्ने हो भने धेरै परिवर्तन देखिए पनि हामी अझै विश्वको दौडभन्दा पछि नै छौं । अहिले प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन भइरहेको छ । प्रविधि परिवर्तन भएर अर्को चरणमा जाँदैछ । अब हामीले अलि मेहेनत गर्नु पर्ने देखिन्छ । परिवर्तन भएको प्रविधि सँगसगै जानलाई शिक्षण संस्था र उद्योगहरुको महत्वपूर्ण भूमिका रहन्छ ।

प्रविधि अवलम्बनको सवालमा नेपाल कहाँनेर पछि पर्यो ?
सन् १९७० देखि १९९० सम्म विश्व वेब वान प्रविधिमा मात्रै थियौ । जति बेला वेबसाइटहरु ‘वान वे थिए । इन्टरियाक्टिभ थियनन् । इमेलहरु मात्रै पठाउन मिल्ने प्रविधिमा थियौ । १९९० देखि २००९ सम्ममा आइपुग्दा वेब २ को प्रविधिमा आयौं । यो भनेको चाहिँ अमेजन, फेसबुक,  लिंक्डइन, ट्विटरहरुको विकास भए जसले गर्दा पुरै विश्वलाई फरक तरिकाले परिवर्तन गरिदियो । डिजिटाइज बनाएर जानलाई सहयोग गर्यो । यहीबीचमा विभिन्न खालका उद्योगहरुले आफ्नो बिजनेश अनलाइनबाट गर्न सुरु गरे । १९९० देखि २००९ सम्ममा जसरी विकसित देशहरु डिजिटाइज भएर गए, त्यो नेपालमा भने भर्खर आइपुगेको देखिन्छ । २००९ देखि विश्व वेब ३ मा प्रवेश गर्यो ।

बिआईएममा आइटीको २४ वटा विषय छ, म्यानेजमेन्टको १३ वटा विषय छ, बेसिक फाउन्डेसन बिषय ५ वटा छ  । यसरी बिआइएममा कुल ४२ वटा विषय पढाइ हुन्छ् । बिआइएमले अरु विषयभन्दा उद्यमी बन्न सिकाउने, डेटा एनालाईसिसि गरेर बिजनेशमा कन्भर्ट गरेर कसरी रियल वर्ल्डमा जाने भनेर बढि सिकाउँछ ।

वेब ३ मा जाँदा ब्लकचेन प्रविधि, इन्टरनेट अफ थिङस (आइओटी), आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अझ शक्तिशाली भएर आए । हामीले दैनिक जीवनमा प्रयोग गर्ने एपहरुमा पनि एआई प्रयोग भएको देखिन्छ । त्यसै गरी मेसिन लर्निङ, डेटा साइन्स र सेक्युरिटीको विषय २००९ देखि २०१८/१९ को बीचमा आएर विकास भएका हुन् । वेभ ३ को परिवर्तनमा जानलाई अहिले हामी सुरुवाती चरणमा छौ । यो प्रविधि सँगसगै जानलाई अहिलेको प्रविधिलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ । यसैलाई बढि अभ्यास गर्यौं भने हामी १०÷१५ वर्ष अरुलाई उछिनेर त जान सक्दैनौ तर सँगसगै जान सकियो भने पनि ठूलो उपलब्धि हुन्छ ।

उसो भए नेपालमा सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रम र तिनले समावेश गरेका विषय कस्ता रहेका छन् त ?
प्रविधि परिवर्तन हुन्छ भने प्रविधिको अध्यापन गराउने पाठ्यक्रम स्वभावैले परिमार्जन गर्दै लानुपर्ने हुन्छ । नेपालमा भएका विभिन्न विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु समयअनुसार परिमार्जन भएको पाइए पनि केही कुरा थप गर्नुपर्ने छ । जस्ता ५÷६ महिनाको क्रयास कोर्सहरु जुन भ्यालुएबल हुन्छ, त्यो चाहिँ विश्वविद्यालयले सिलेबसमा थपिदिए हुन्थ्यो । जस्तो कुनै विद्यार्थीलाई सेक्युरिटी, ब्लकचेन वा अन्य कुनै क्षेत्रमा जान मन छ भने त्यसलाई जोडेर क्रयास कोर्सहरु जोडेर लगेको भए हुन्थ्यो । अथवा विश्वविद्यालयले अनलाइमा कसैसँग पार्टनरसिप गरेर जाँदा पनि हुन्छ । विश्वमा विभिन्न विश्वविद्यालयले यस्तो अभ्यास गर्दे आएका छन् ।

नेपालमा पनि आइटीका धेरै कार्यक्रम सञ्चालनमा छन् । किस्ट कलेजले कसरी काम गरिरहेको छ, एकाडेमिक कार्यक्रमहरु के के छन् ?
किष्ट कलेज खुलेको २४ वर्ष भयो । यो नेपालको निजीस्तरबाट सञ्चालित पायोनियर कलेज हो । करिब दुई दर्जन ब्याच पासआउट भइसकेका छन् । हामी त अहिले परिपक्क अवस्थामा छौ ।  हामीले शिक्षालाई कसरी लिने, कसरी पढाउने, उद्योगसँग कसरी जोड्ने, कसरी प्रोजेक्ट गराउने सबै अनुभव सँगालेका छौं । कुनै पनि उद्योग छैन जसमा हाम्रो प्रडक्ट (जनशक्ति) नहोस् ।

कलेजले कुनकुन शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ?
बिआईएम त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएको शैक्षिक कार्यक्रम हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरेको बिआइटी कोर्श छ, जुन अर्को छुट्टै भवनमा अध्यापन गराइन्छ  त्रिभुवन विश्वविद्यालयको बिबिए र बिबिएस कार्यक्रम पनि हामीले सञ्चालन गरिरहेका छौं । व्याचलरमा बिएससी माइक्रोबायोलोजी पनि चलाइरहेका छौं । प्लस टु मा म्यानेजमेन्ट र साइन्स छ । मास्टर्समा एमएससी माइक्रोबायोलोजी र एमबिएस छ ।

विजनेश एनलाइसिसको लागि बिजनेश एनालाइसिस विथ डेटा साइन्स ट्रेनिङ दिने गरेका छौ । विद्यार्थी नेटवर्किङतिर  जान सकोस् भनरे सिसिएनएको कोर्स दिने गरेका छौ । सेक्युरिटिको कुरा बुझ्नको लागी लिनक्सको ट्रेनिङ दिने गरेका छौ । प्रोग्रामिङको लागि जाभा १, जाभा २ त्यसमा पनि स्प्रिङबुट प्लस, माइक्रोसेल्फ विथ क्लाउड दिने गरेका छौ ।

बिआईएम कस्तो कोर्स हो ? यसको भविष्य कस्तो छ ?
ब्याचलर्स इन इन्फर्मेशन म्यानेजमेन्ट (बिआईएम) त्रिभुवन विश्वविद्यालयले ल्याएको एउटा आइटी कार्यक्रम हो । यसले एकाउन्टेन्ट, फाइनान्स, मार्केटिङ, बिजनेस, एचाआर म्यानेजमेन्ट, इकोनोमिक जस्ता विषयहरु समावेश गरेको छ, जसको दैनिक जीवनमा पनि आवश्यकता छ । बिआईएममा आइटीको २४ वटा विषय छ, म्यानेजमेन्टको १३ वटा विषय छ, बेसिक फाउन्डेसन बिषय ५ वटा छ  । यसरी बिआइएममा कुल ४२ वटा विषय पढाइ हुन्छ् । बिआइएमले अरु विषयभन्दा उद्यमी बन्न सिकाउने, डेटा एनालाईसिसि गरेर बिजनेशमा कन्भर्ट गरेर कसरी रियल वर्ल्डमा जाने भनेर बढि सिकाउँछ । बजारमा म चाहिँ अन्य विषयभन्दा बिएमआइलाई माथि राखरे हेर्छु । किनभने यस कोर्सभित्र बजारमा भएका आइटीका पनि सबै कोर्स पर्छन् र त्यसको व्यवस्थापनसम्बन्धीका कोर्शहरु पनि छन् ।

एकाडेमिक कोर्सबाहेक कलेजले व्यवहारिक र प्रयोगात्मक शिक्षा प्रदान गर्न के गरिरहेको छ ?
व्याचलरमा पढ्ने विद्यार्थी प्लस टु पढेर आएको हुन्छ । हामीले बेसिक कम्प्युटर सिकाएर लिनुपर्ने हुन्छ । ति विद्यार्थीलाई ४ वर्षको समयमा हरेक बिसबाले योग्य र दक्ष बनाएर उद्योगमा पठाउनुपर्छ । उनिहरुले एकदमै एडभान्स प्रोजेक्टहरुमा अभ्यास गरेका हुन्छन् । हामीकहाँ आएको विद्यार्थीचाहि फ्रेसर हुन्छन् । बेसिक लेभलबाट सिकाउँदै एडभान्स लेभलमा लानुपर्ने हुन्छ ।  शिक्षा र उद्योगको बीचमा खाली हुनु स्वभाविक हो । यसलाई पुरा गर्न हामीले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) ट्रेनिङ दिने गरेका छौ । जसले गर्दा सफ्टवेयरको सम्पूर्ण कुरा बुझ्न सकिन्छ । विजनेश एनलाइसिसको लागि बिजनेश एनालाइसिस विथ डेटा साइन्स ट्रेनिङ दिने गरेका छौ । विद्यार्थी नेटवर्किङतिर  जान सकोस् भनरे सिसिएनएको कोर्स दिने गरेका छौ । सेक्युरिटिको कुरा बुझ्नको लागी लिनक्सको ट्रेनिङ दिने गरेका छौ । प्रोग्रामिङको लागि जाभा १, जाभा २ त्यसमा पनि स्प्रिङबुट प्लस, माइक्रोसेल्फ विथ क्लाउड दिने गरेका छौ ।

डेटा साइन्स, मेसिन लर्निङ एप्लिकेसन्स लेभलसम्मको ट्रेनिङ दिने गरेका छौ । नेटवर्कमा सिसिएनए, सिसिएनपीको गराइदिने गरेका छौ भने सेक्युरिटीतिर लिनक्स, वापलग, कम्प्युटर सेक्युरिटी एन्ड साइबर, डिएनए सेक्युरिटीदेखि लिएर प्राइभेट पब्लिक कीको सेक्युरिटीसम्बन्धी कोर्श पनि गराउँछौं । बिजेनेशको लागि बिजनेश आइडियसन एण्ड डिजाइन थिंकिङ, विभिन्न खालको बिजनेश कम्पिटिसन प्रपोजल आदि सिकाउँछौं । विभिन्न खालका सफ्ट स्किल ट्रेनिङ हरु, प्रिजेन्टेसन, वर्कसपहरु गराउने गरेका छौ । अनि हामीले उद्योग भ्रमणलाई पनि त्यही अनुसारले लगेका छौ । बजारमा हामीले जति अभ्यास गरेका शिक्षण संस्थाहरु अरु छैनन् । हामीले राम्रो गरेको हुनाले अरुले पनि गर्नुपर्ने रहेछ भनेर आएका धेरै शिक्षणसंस्थाहरु रहेका छन् ।

विद्यार्थिहरुले कसरी राम्रो कलेज र राम्रो विषय छान्न सक्छन ? यसमा किष्ट कलेज कसरी राम्रो गन्तव्य हुन सक्छ ?
म चाहिँ किस्ट कलेज विद्यार्थीहरुको लागि राम्रो गन्तव्य हो भन्छु । किस्ट २४ वर्षदेखि चलेको पुरानो शिक्षण संस्था हो । भौतिक पूर्वाधारमा पनि हामी राम्रो छौ । हामीसँग ४० जना राख्ने कक्षाको क्षमता भएपनि ३०/३२ जना मात्रै राख्छौ ।  हामीसँग प्रत्येक फ्लोरमा २ वटा हाई स्पिड इन्टरनेट व्याण्ड विथ हुन्छ । प्रत्येक कक्षाहरु कम्प्युटर विथ इन्टरनेट र प्रोजेक्टसँग जोडिएका छन् । प्रत्येक ठाउँमा स्पिकर त्यहीअनुसारले जोडेका छौ । सेमिनार, वर्कसप, प्रिजेन्टेसन, गेष्ट लेक्चर, फिल्ड भिजिट, थप क्रियाकलापदेखि लिएर इन्डष्ट्री एक्सपोजर गराउने गरेका छौ । हाम्रो बिआईएमको १६ वटा व्याच पास आउट भईसक्यो । १६ वटाभन्दा बढी ब्याच बिआइटीको पासआउट भईसक्यो । प्रत्येक उद्योगमा राम्रो राम्रो प्रोजेक्टमा हामीले उत्पादन गरेका विद्यार्थीहरु छन् । त्यो उद्योगमा जानको लागि यहाँ मात्र होइन विश्व बजारमा के परिवर्तन भइरहेको छ, त्यो पनि सिकाउँछौ ।

हामीले उत्पादन गरेका विद्यार्थहरु अमेरिकाका टप आइटी कम्पनीहरुमा छन् । उनीहरुले के परिवर्तन ल्याउनलाई काम गरिरहेका छन्, त्यो कुरा हामी गेष्ट लेक्चर, सेमिनार र अनलाइन क्लासबाट विद्यार्थीलाई जानकारी दिइरहेका हुन्छौ । ह्युमन एक्टिभिटी रिकग्निसन यूज मेसिन लर्निङ एण्ड डेटा साइन्स भनेर अमेरिकाको मिसेसिभ युनिभर्सिटीले गरेको रिसर्चमा हाम्रो विद्यार्थीलाई जोडेर काम गराइरहेका हुन्छौं । समग्रमा भन्ने हो भने विद्यार्थीहरुले किस्ट कलेज छान्दा आफ्नो भविष्यको सुनिश्चितता र आइटी उद्योगमा प्रत्यक्ष योगदान दिन सक्ने वातावरण प्राप्त गर्दछन् ।