कीवर्डहरू -

इन-स्क्रिन फिंगर प्रिन्ट सेन्सर सहितको भिभोको नयाँ एक्स २० प्लस चीनमा सार्वजनिक हुँदै

इन-स्क्रिन फिंगर प्रिन्ट सेन्सर सहितको भिभोको नयाँ  एक्स २० प्लस चीनमा सार्वजनिक हुँदै

चाइनिज स्मार्टफोन कम्पनि भिभोले इन-स्क्रिन फिंगर प्रिन्ट सेन्सर समावेस गरिएको बहुप्रतीक्षित् स्मार्टफोन भिभो एक्स २० यहि बुधबार, २४ जनवरी  मा सार्वजनिक गर्ने भएको छ । भिभोको उक्त फोन जनवरी २५ मा सार्बजनिक गरिने भनिएता पनि कम्पनिले जनवरी २४ मा सार्बजनिक गरिने जानकारी कम्पनिले दिएको छ ।

सो स्मार्टफोनमा स्न्यापटिक्स क्लियर आइडी ९५०० अप्टिकल प्रबिधिको  प्रयोग गरि अन्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

भीभोको यो नयाँ ह्यान्ड सेटमा ६.३ इन्चको ठुलो ओलेड स्क्रिन रहेको छ । जहाँ २१६० x १०८०  पिक्सेल रेजोलुसन छ । साथै २.२ गिगाहर्ज ओक्टाकोर प्रोसेसर सहित यसमा ४ जीबी र्याम रहेको छ ।

भिभो एक्स २० प्लस इन-स्क्रिन फिंगर प्रिन्ट भर्जनमा १२८ जीबीको अन्बोर्ड स्टोरेज रहेको छ ।भने एसडी कार्ड मार्फत २५६ जीबी सम्म बढाउन सकिन्छ ।

यो स्मार्ट फोनको रियरमा डुअल क्यमेरा सेटअप छ । पछाडी पट्टि १२ एमपी र ५ एमपीको इमेज सेन्सर रहेको छ,भने सेल्फिको लागि १२ मेगपिक्सेलको क्यामेरा रहेको छ । त्यसकारण फोनले सेल्फी तथा भिडियोहरु क्यामेराले जत्तिकै गुणस्तरिय खिच्न सक्छ ।

त्यस्तै आउँदै गरेको भिभोको नयाँ ह्यान्ड सेटमा ३८०० एमएचको पावरफुल ब्याट्री रहने छ,भने ब्लुटुथ,युएसबि सपोर्ट तथा ४ जी कनेक्टिभिटी यसमा हुनेछ । ब्ल्याक,म्याट ब्ल्याक गोल्ड तथा श्याम्पेन गोल्ड कलर अप्सनमा यो फोन उपलब्ध रहने छ । प्राप्त भएका विभिन्न जानकारी अनुसार भिभोको यो फोनको मूल्य चिनमा ३९९८ युआन(करिब रु ६४०००) तोकिएको बताइएको  छ ।