कीवर्डहरू -

डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वकृत, पारित गर्नै लाग्यो १५ महिना  

८ डोमेन र ८० डिजिटल इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार

डिजिटल नेपाल फ्रेमवर्क मन्त्रिपरिषदबाट स्वकृत, पारित गर्नै लाग्यो १५ महिना  

सरकारले डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषदबाट पारित गरेको छ । कार्तिक ८ गते जारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस विज्ञप्तीमा डिजिटल नेपालको फ्रेमवर्क २०७६ मन्त्रिपरिषदबाट पारित भएको उल्लेख गरिएको छ ।


ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निमार्ण गर्नेगरि डिजिटल नेपालको फ्रेमवर्क तयार पारिएको छ । डिजिटल प्रविधिको अधिकतम प्रयोग गरि आम नागरिकलाई प्रदान गरिने सेवा र सुविधा सरल र सहज बनाउने उदेश्य सहित उक्त फ्रेमवर्क तयार पारिएका मन्त्रालयले जनाएको छ । अबको ५ वर्षमा डिजिटल नेपालका प्रमुख आधारहरु तयार पारिसक्नेगरि फ्रेमवर्क ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले बताए ।

सरकारले विभिन्न ८ क्षेत्रलाई प्रमुख क्षेत्रका रुपमा मुल्यांकन गर्दै ८ डोमेन र ८० डिजिटल इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको हो । डिजिटल फाउण्डेसन, कृर्षि, स्वास्थ, शिक्षा, उर्जा, पर्यटन, वित्त र सहरी पुर्वाधार सहित ८ डोमेन फ्रेमवर्कमा सार्वजनिक गरिएको छ ।


सरकारले विभिन्न ८ क्षेत्रलाई प्रमुख क्षेत्रका रुपमा मुल्यांकन गर्दै ८ डोमेन र ८० डिजिटल इनिसिएटिभ्स सहितको फ्रेमवर्क तयार पारेको हो । डिजिटल फाउण्डेसन, कृर्षि, स्वास्थ, शिक्षा, उर्जा, पर्यटन, वित्त र सहरी पुर्वाधार सहित ८ डोमेन फ्रेमवर्कमा सार्वजनिक गरिएको छ ।


३ अगष्ट २०१८ मा नै सरकारले फ्रोस्ट एण्ड सोलिभेनसँगको सहकार्यमा एक दिने डिजिटल नेपाल कन्फ्रेन्सको आयोजना गरिएको थियो । १५ महिना अघि प्रधानमन्त्रीले डिजिटल नेपाल सुरु भएको झल्को दिनेगरी होटल सोल्टीमा एक कार्यक्रम गरि उक्त फ्रेमवर्क सार्वजनिक गरिएको थियो । तर, लामो समयसम्म फ्रेमवर्क मन्त्रालय र मन्त्रिपरिषदमा नै अड्किएर बस्यो । एक वर्षभन्दा बढि समय लगाएर पारित गरिएको फ्रेमवर्कमा खासै परिवर्तन भने भएको छैन ।

\"\"


कस्तो छ डिजिटल नेपालको फ्रेमवर्क ?
सरकारले सूचना प्रविधिलाइ उत्च प्राथमिकतामा राखेर काम गर्ने जनाइरहदा डिजिटल नेपालको फ्रेमवर्क तथा डोमेनहरु सार्वजनिक गरेको छ । यि ८ डोमेनको आधारमा थप ८० वटा अभियानहरु सञ्चालन हुने मन्त्रालयका सह सचिव तथा आइटी महाशाखा प्रमुख बिरेन्द्र मिश्रले बताए ।


कृषी
सरकारले कृर्षीलाई आधुनिकरण गर्ने अभियान चलाउने बताएको छ । कृर्षिलाई पहिलो डोमेनको रुपमा प्रस्तुत गरिएको छ । अब थोरै मेहनतमा धेरै फलाउने र उब्जाउने समय आएको छ, यसर्थ कृर्षीलाइ आधुनिकरण तथा डिजिटल प्रविधिको प्रयोगमा जोड्न सके करोडौ नेपालीहरुको अवस्था माथि उठ्ने छ । यसमा छोटो, मध्यम र लामो समयमा गरेर १० वटा विभिन्न अभियानहरु सञ्चालन गर्ने जनाइएको छ ।

१५ महिना अघि प्रधानमन्त्रीले डिजिटल नेपाल सुरु भएको झल्को दिनेगरी होटल सोल्टीमा एक कार्यक्रम गरि उक्त फ्रेमवर्क सार्वजनिक गरिएको थियो । तर, लामो समयसम्म फ्रेमवर्क मन्त्रालय र मन्त्रिपरिषदमा नै अड्किएर बस्यो । एक वर्षभन्दा बढि समय लगाएर पारित गरिएको फ्रेमवर्कमा खासै परिवर्तन भने भएको छैन ।


स्वास्थ
हरेक व्यत्ति स्वस्थ रहेमा मात्र उसले गुणात्मक फड्को मार्न सक्दछ । नेपालको दुरदराजसम्म अहिलेपनि डाक्टर र औषधी पुग्दैन । यस्तो अवस्थामा प्रविधिको प्रयोग गरेर सबैलाई स्वास्थको पहुच पुर्याउने सरकारको योजना छ । सस्तो, राम्रो र गुणस्तरिय स्वास्थ सेवा पुर्याउन सरकारले प्रविधिको प्रयोग गर्ने जनाएको छ । यसमा छोटो, मध्यम र लामो समयमा गरेर ६ वटा अभियानहरु सञ्चालन हुने जनाइएको छ ।


शिक्षा
शिक्षा अपिरिहार्य विषय हो र हरेक व्यत्ति शिक्षित भएमा मात्र देशले विकास गति लिन सक्छ भन्ने सोचाई अनुरुप डिजिटल नेपालको तेस्रो बुदामा शिक्षालाई समावेश गरिएको छ । शिक्षाबाट कोहि बन्चित हुनु नपरोस भनेर विभिन्न डिजिटल माध्यमबाट समेत शिक्षालाई अगाडी बढाउने सरकारको योजना रहेको छ । यस डोमेनभित्र सरकारले छोटो, मध्यम र लामो अवधिलाइ भनेर ९ वटा अभियानहरु सञ्चालन गर्ने जनाएको छ ।


अर्वान इन्फास्ट्रक्चर
मानिसको जिवनशैली उकास्न र सहज बनाउन शहरी क्षेत्रहरुमा उपयुक्त र आवश्यक डिजिटल इन्फास्ट्रक्चरहरु विकास गर्ने सरकारको योजना छ । वाटर म्यानेज्मेन्ट, पब्लिक ट्रान्सपोर्ट, ट्राफिक म्यानेज्मेन्ट लगायतका विषयहरु यसमा समावेश गरिएको छ । यसमा छोटो, मध्यम र लामो अवधिमा काम गर्नेगरी ११ ओटा अभियानहरु सञ्चालन गर्ने सरकारको तयारी छ ।


उर्जा
दिगोरुपमा उर्जा विकास गर्न र इन्फास्ट्रक्चरको दुरगामी प्रयोगको लागि डिजिटल प्रविधिहरुको प्रयोगमा जोड दिने जनाइएको छ । कस्टुमरमा आधारित समाधान, स्मार्ट ट्रान्समिसन, इन्टरकनेक्टिभिटी लगायतका विषयहरु रहेका छन । उर्जा व्यवस्थापन र सहि प्रयोगको लागि विभिन्न किसिमले प्रविधिको प्रयोग गर्न सकिने सरकारले जनाएको छ । यसमा छोटो, मध्यम र लामो अवधिमा गरेर विभिन्न ९ वटा अभियानहरु सञ्चालन गर्ने सरकारले तयारी गरेको छ ।


टुरिजम
नेपाललाई विश्वभर प्रवद्धन गर्न र नेपालमा टुरिस्ट भित्राउनको लागि पनि प्रविधिको अधिकतम प्रयोग आवश्यक छ । यसले स्वदेशमै रोजगारीको ठुलो अवसर पनि सृजना गर्ने सरकारले जनाएको छ । इकमर्श लगायत डिजिटल मार्केटिङको माध्यमबाट पनि टुरिजम क्षेत्रको प्रवद्धन गर्न सकिने बताइएको छ । यो क्षेत्रमा काम गर्न विभिन्न ९ वटा अभियानहरु सञ्चालन हुनेछन । यसमा इलेक्ट्रोकि भिसादेखि वेलकम नेपाल एप्लिकेशन समेतका कुराहरु समावेश गरिएका छन ।


फाइनान्स
अबको कारोबार क्यासलेस हुनुपर्नेमा दुइमत छैन । यसर्थ नेपालमा सबैमा सहज पुर्याउन पनि फाइनान्सियल क्षेत्रमा प्रविधिको अधिकतम प्रयोगमा जोड दिन आवश्यक ठानेर सरकारले यसलाइ डिजिटल नेपालको डोमेनभित्र समावेश गरेको छ । ५५ प्रतिशत जनतामा अभै बैकिङ सुविधा पुगेको छैन यसर्थ फाइनान्सियल इन्क्लुजन तथा आर्थिक समृद्धीको लािग फिनटेकमा जोड दिइएको छ । यसमा नेशनल बायोमेट्रिक कार्डदेखि डिजिटल पेमेन्ट क्याम्पेइनसम्मलाई समावेश गर्दै विभिन्न ७ वटा अभियानहरु सञ्चालन गरिने जनाइएको छ ।


डिजिटल फाउण्डेसन (कनेक्टिभिटी)
डिजिटल कनेक्टिभिटी डिजिटल नेपालको जग हो । डिजिटल डिभाइड कम गर्दै सबै नेपालीलाई प्रविधिको पहुचमा पुर्याउन कनेक्टिभिटीको आवश्यक छ । इन्टरनेट विस्तारसँगै उर्जा र मानिसहरुको मन जोड्न पनि प्रविधिको सहयोग लिइने छ । यसमा इ गर्भनेन्स २.० देखि पाचौ पुस्ताको इन्टरनेट ५जी विस्तारसम्मलाई अभियानको रुपमा सञ्चालन गरिने जनाइएको छ । यो सँगै डिजिटल फाउण्डेसनलाई डिजिटल नेपालको आधार क्षेत्रको रुपमा राखिएको छ ।

\"\"