कीवर्डहरू -

\'वर्डप्रेस विराटनगर मिटअप २०१८\' विराटनगरमा आयोजना हुँदै

\'वर्डप्रेस विराटनगर मिटअप २०१८\' विराटनगरमा आयोजना हुँदै

बिराटनगरको वर्डप्रेस कम्युनिटीले दुई दिनको लागि वर्डप्रेस विराटनगर मिटअप आयोजना गर्ने भएको छ । उक्त मिटअप यहि जनवरीको २७ र २८ मा आरोहण गुरुकुल, हाटखोला बिराटनगरमा आयोजना हुन गइरहेको हो । सो इभेन्ट बिहान ११:३० बाट सुरु हुनेछ भने यसमा नि:शुल्क  सहभागिता जनाउन सकिनेछ ।

वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ,पोखरा तथा बिराटनगरबाट पनि वक्ताहरु रहनेछन् । इभेंटमा वर्डप्रेसको करियर, इन्टरप्रिनियरशिप तथा ब्लगिंङ प्ल्याट फर्मको बारेमा अनुभव तथा ज्ञान आदान प्रदान गरिनेछ ।

धेरै कलेजका आइटी बिद्यार्थी, आइटी प्रोफेसनल तथा आइटी इन्टरप्रिनियर तथा अन्य इच्छुकहरु सहित सो वर्डप्रेस इभेन्टमा २५० भन्दा बढी वर्डप्रेस उत्साहीहरु सहभागी हुने अनुमान गरिएको छ ।

वर्डप्रेस विराटनगर मिटअप २०१८ मा वर्डप्रेस कम्युनिटी नेपालका प्रसिद्ध तथा प्रेरक व्यक्तित्त्वहरु अर्जुन सिङ ठकुरी,प्रभास कार्की,यम बहादुर क्षेत्रि,सुभाष खड्का,सुरेन्द्र श्रेष्ठ,निशल गुरुङ तथा पृथ्वीसिङ ठकुरी वक्ताहरु रहेनेछन् । सम्पूर्ण वक्ताहरुले वर्डप्रेस विराटनगर मिटअप २०१८ का सहभागीहरुलाई प्रेरणा प्रदान गर्नेछन् ।