कीवर्डहरू -

कंकाली माविमा नेटवर्क सुरक्षा विषयक प्रशिक्षण सम्पन्न

कंकाली माविमा नेटवर्क सुरक्षा विषयक प्रशिक्षण सम्पन्न

काठमाडौं । काठमाडौंको नैकापस्थित श्री कंकाली माध्यमिक विद्यालयमा नेटवर्क सेक्युरिटी  विषयमा प्रशिक्षण कार्यक्रम गरिएको छ ।

सो कार्यक्रम सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील संस्था एसआइसिटी नेपालको सहयोगमा विद्यालयले गरेको सो गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरु, सहायक प्रधानाध्यापक मधुकर कार्कीसहित अन्य शिक्षकहरु र प्रविधि शिक्षा (९ देखि १२ कक्षासम्म)  अन्तर्गत कम्प्युटर विषय अध्ययन गर्ने करिब २ सय विद्यार्थीको उपस्थितिमा सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा एसआइसिटी नेपालका उपाध्यक्ष बिशाल महतले विद्यार्थीहरुलाई सामाजिक सञ्जालको प्रयोग र त्यसको सुरक्षाको बारेमा प्रशिक्षण गर्नुका साथै विद्यार्थीहरुलाइ करियर विकासको बारेमा परामर्श प्रदान गरेका थिए ।

त्यस्तै आइटी विज्ञ श्री पौडेलले विद्यार्थीलाई नेटवर्क सेक्युरिटीको बारेमा विद्यार्थीहरुलाई करिब २ घण्टा प्रशिक्षण गरे । उनले नेपालको वर्तमान नेटवर्क सेक्युरिटीको अवस्था र सुरक्षाका उपायबारे पनि विद्यार्थीहरुलाई जानकारी गराए ।

कार्यक्रमको सञ्चालन शिक्षक पुष्पराज ओझाले गरेका थिए ।

कार्यक्रमबाट नेटवर्क सुरक्षाबारे धेरै कुरा सिक्न पाएकोमा विद्यार्थीहरुले खुसी व्यक्त गरे ।