कीवर्डहरू -

ल्यापटपको आकार प्रकार अनुसार, कस्तो ल्यापटप किन्ने ? 

ल्यापटपको आकार प्रकार अनुसार, कस्तो ल्यापटप किन्ने ? 

मुख्यत ः ल्यापटपका आकार र प्रकारअनुसार ल्यापटपलाई निम्न पा“च समूहमा बा“ड्न सकिन्छ ।

१. युएमपिसी
२. नेटबुक
३. नोटबुक
४. डेस्कटप रिप्लेसमेन्ट
५. अल्ट्राबुक


१. युएमपिसी  ( Ultra Mobile PC)

अल्ट्रा मोबाइल पिसी साना हुने गर्दछन् । अहिले बजारमा पाइने ट्याब्लेट पिसी ‘अल्ट्रामोबाइल पिसी’अन्तर्गत मै पर्दछन् । प्रायः ट्याब्लेट इन्टरनेट चलाउन, सामान्य सफ्टवेरहरू प्रयोग गर्न र ई–बुकहरू पढ्नका लागि उपयोगी हुन्छन् । यस्ता पिसीको स्क्रिन सात इन्चका हुन्छन् । प्रोसेसर र मेमोरी थोरै हुने गर्दछ । तर, कुनै आइप्याड जस्ता राम्रा प्रोसेसर र मेमोरी भएका ट्यब्लेट पिसीहरू पनि उपलब्ध छन् ।

२. नेटबुक
गुगलको क्रोमबुक केही समयअगाडि एकदमै चर्चित भएको थियो । क्रोमबुकलाई नेटबुकको राम्रो नमुनाका रूपमा लिन सकिन्छ । इमेल र इन्टरनेट मात्र चलाउन मिल्ने अनि क्लाउड कम्प्युटिङमार्फत अफिसलगायत अन्य सफ्टवेर पनि चलाउन मिल्ने ल्यापटप नै नेटबुकको अवधारणा हो । नेटबुक प्रायः ९ इन्चदेखि १२ इन्चसम्मका हुन्छन् । यिनीहरूको राम्रो पक्ष भनेको ब्याट्री ब्याकअप धेरै हुन्छ र मूल्य पनि अरूभन्दा सस्तो हुन्छ । तर, नेटबुक मा अप्टिकल ड्राइभ हु“दैन ।


३. नोटबुक
सबै मूलधारका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । १४ इन्च जतिको स्क्रिन, २५० गिगाबाइट हार्डडिस्क, i3 , i5, i7 प्रोसेसर भएका ल्यापटपहरूलाई नोटबुक भन्न सकिन्छ । हामीले बुझ्ने चलनचल्तीको ल्यापटप यही वर्गमा पर्छ । एस्तो ल्यापटपमा अप्टिकल ड्राइभ पनि हुने गर्दछ ।

४. डेस्कटप रिप्लेसमेन्ट
१७ इन्च वा त्योभन्दा माथिको ठूलो स्क्रिन भएका ल्यापटपलाई डेस्कटप रिप्लेसमेन्ट ल्यापटप भन्न सकिन्छ । यी ल्यापटपहरूलाई हाम्रो घरमा डेस्कटपको सट्टामा प्रयोग गर्न सकिन्छ । यी ठूला ल्यापटप बोकेर हि“ड्न गाह्रो हुन्छ र यसको ब्याट्री ब्याकअप पनि थोरै हुन्छ । इन्टेलको Core i5,i7 प्रोसेसर, राम्रो ग्राफिक्स आदि यसका प्रमुख विशेषताहरू हुन् ।

५. अल्ट्राबुक

हेर्दा आकर्षक र पातलो अनि हलुका ल्यापटपहरू यस वर्गमा पर्छन् । पातलो र हलुका भए पनि अल्ट्राबुकहरू शक्तिशाली हुन्छन् र मह“गा पनि । धेरै राम्रो रिजोलुसन अनि डेडिकेटेक ग्राफिक्स अल्ट्राबुकको प्रमुख विशेषता हो । म्याकबुक प्रो, एसर टाइमलाइन अल्ट्राबुकका नमुना हुन् । यसको ब्याट्री ब्याकअप पनि राम्रो हुन्छ ।

यी त भए आकार र प्रकारअनुसार ल्यापटपका पा“च समूह । अब तपाईंलाई कुन र कस्तो आकारको ल्यापटप मनपर्छ, तपाईं सोही छनोट गर्न सक्नुहुन्छ । मोबिलिटी चाहिन्छ भने तपाईं सानो, पातलो र हलुका ल्यापटप किन्न सक्नुहुन्छ । त्यति हि“डिरहनु पर्दैन घरमै वा अफिसमै मात्र प्रयोग गर्नुहुन्छ भने अलि ठूलो ल्यापटप लि“दा पनि हुन्छ । त्यस्तै गेम खेल्न, भिडियो, फिल्म हेर्नुहुन्छ भने ठूलो स्क्रिन भएको ल्यापटप लि“दा राम्रो हुन्छ ।

सामान खरिद गर्दा ध्यान दिनुपर्ने आधारभूत कुराहरू जस्तै ब्याट्री, बिक्रीपछिका सेवा सुविधा आदिका बारेमा ध्यान दिनुहोला । ल्यापटपमा आवश्यक पर्ने अन्य सामग्रीहरूमा ल्यापटप ब्याग, एक्सटर्नल हार्डडिस्क, कन्र्भटर, हेडफोन, राउटर वा इन्टरनेट चलाउने उपकरणा आदिमा पनि ध्यान दिनुहोला ।


त्यस्तै सफ्टवेयरहरूमा एन्टिभाइरस, अफिस प्याकेज, मिडिया प्लेयर, इमेज इडिटर अत्यावश्यक छन् । साथमा, ल्यापटप किन्दा पाइने अन्य सुविधाका बारेमा समेत विचार गर्नुहोला । कुन प्रयोजनका लागि तपाईं ल्यापटप किन्दै हुनुहुन्छ, त्यो काम गर्न चाहिने सफ्टवेरहरूसमेत सुरुमै इन्स्टल गर्नुहोला ।