कीवर्डहरू -

वेबसाइट बनाउँने सजिला पाँच तरिकाहरु

वेबसाइट बनाउँने सजिला पाँच तरिकाहरु


तपार्इँमा वेबसाइटले तपार्इँको लागि के गरोस् भन्ने कुराको हेक्का भने हुन जरुरी छ । जब के गर्ने भन्ने विचारहरु फुर्दछन्, तपार्इँमा यी आफैँले गर्न सकिने मार्गनिर्देशकहरुले अघि बढ्न मद्दत गर्नेछन् । यहाँ हामीले वेबसाइट निर्माणका निम्ति निम्न पाँच तरिकाहरु प्रस्तुत गरेका छौँ ।

तपार्इँको ब्यवसायको थालनी जतिनै राम्रो भए पनि आजभोली तपाईँलाई एउटा वेबसाइटको आवश्यकता पर्दछ । तपाईँ वेब बनाउँने कुरामा पोख्त हुनुहुन्न भनेपनि अब सामान्वेय वेब निर्माण गर्न तपाईँले कोहि चर्को रकम लिनेलाई यसको जिम्मा दिरहनुपर्ने बाध्याता पर्नेछैन । विभिन्न टुल्सको प्रयोगबाट वेबसाइट सामान्य  बनाउन सकिन्छ , यसको लागि तपार्इँले प्रोग्रामिङ्को बारेमा जानिरहनु पर्दैन । यहाँ त्यस्ता धेरै खालका तरिकाहरु छन् जसको मद्दतले तपार्इँको काम बन्नेछ ।


तपार्इँमा वेबसाइटले तपार्इँको लागि के गरोस् भन्ने कुराको हेक्का भने हुन जरुरी छ । जब के गर्ने भन्ने विचारहरु फुर्दछन्, तपार्इँमा यी आफैँले गर्न सकिने मार्गनिर्देशकहरुले अघि बढ्न मद्दत गर्नेछन् । यहाँ हामीले वेबसाइट निर्माणका निम्ति निम्न पाँच तरिकाहरु प्रस्तुत गरेका छौँ ।

१. Yola

Yola ले कुनै टेम्प्लेट र केही साधारण फारमहरु भरेर एउटा आधारभूत वेबसाइट बनाउन बाटो प्रदान गर्दछ । जब तपार्इँसँग एउटा प्रारुप खाका हुन्छ तब यसभित्र सम्पादन गर्न मिल्ने साधनहरुले आफ्नो साइटलाई सुसज्जित बनाउँन सक्नु हुनेछ । Yola मा धेरै सामग्रीहरु छन् जसबाट आफ्नो वेबसाइटमा राख्न सक्नुहुन्छ । तपार्इँ आफ्नो साइटलाई लोभलाग्दा तेस्रो–पक्ष  सेवाहरु जस्तो गुगल म्याप्स तथा पेपलसँग समायोजन पनि गर्न सक्नुहुन्छ । त्यसैगरी तस्विरहरु बाँढ्न र सम्पादन गर्न फ्लिकर को प्रयोग गर्न सक्नुहुनेछ ।
वेब निर्माणका आधारभूत साधनहरुका साथ yola.com को सुविधा निःशूल्क पाउँन सकिन्छ । अझ थप फिचरहरुका, आकर्षक देखिने टेम्प्लेटहरु र आफ्नै डोमेन नाम प्रयोग गर्नका लागि yola silver मा अप्ग्रेड गर्न बर्षको १०० डलर लाग्नेछ ।
यदि तपाईँ उचित मूल्यमा आधारभूत ब्यवसायीक साइट खोज्दै हुनुहुन्छ भने तपार्इँको उत्तर थ्यबि नै हुनेछ ।

२. Jimdo
Jimbo को निःशूल्क भर्जनले त्यो काम गर्छ जुन काम एउटा राम्रो वेबसाइट निर्माताले गर्दछ । यसभन्दा बढी चाहिँ यो निःशूल्क भर्जनले गर्दैन । तर हामी उचित मूल्य पर्ने अपग्रेडहरु लिने सल्लाह दिन्छौँ ।
आधारभूत फिचरहरु र jimbo.com को अड्रेस निःशूल्क पाईन्छन् । Jimbo pro लिएमा प्रति महिना ५ डलर लाग्ने गर्छ । Jimbo Business चाहिँ प्रति महिना १५ डलरमा पाउँनुहुनेछ जसमा अल्टिमेट डाटा स्टोरेज, अनलाइन सेलिङ्, २ वटा डोमेन नामहरु र ब्यवसाय विषेश साइट डिजाइनहरु रहेका छन् ।


निःशूल्क साधनहरु तपाईँको समय लिन लायकका नहुन पनि सक्छन् तर Jimbo ले आकर्षक टेम्प्लेट र समहग्रमा राम्रा साधनहरु उचित मूल्यमा दिन्छ । यदि तपाईँ साइटमा केही थप परिश्रम गरेर यसलाई अरुभन्दा भिन्नखालको बनाउँन चाहनुहुन्छ भने Jimbo उत्तम रोजाई हुँनेछ ।

३. WIX

प्रयोग गर्न सजिलो Wix ले तपार्इँलाई निमेष भरमै अत्यन्तै आकर्षक वेबसाइट निर्माण गर्न सहयोग गर्नेछ । यो वेब विकास गर्ने साधन Adobe Flash मा आधारित छ जुन धेरैजसो पिसीहरुमा काम गर्छ तर केही मोवाइल डिभाइसहरु जस्तो Apple iPad मा समेत सपोर्ट गर्दैन । यदि यो समस्या होइन भने तपार्इँको ब्यवसायीक आवश्यकता पूरा गर्न wix मा धेरै उच्च स्तिरका टेम्प्लेटहरु रहेका छन् । तस्विरको ठूलो चापलाई पनि भएकाले यो फोटो ग्यालरीहरु राख्न अझ उपयुक्त हुनेछ ।
पूरै फिचरहरु भएको वेबसाइट निर्माण साधन र wix.com को अड्रेस निःशूल्क पाइन्छ । तपाईँको आफ्नै डोमन नाम राख्न चाहेमा प्रति महिना ५–१६ डलरसम्म पर्नसक्छ ।
यदि तपार्इँ आकर्षक डिजाइन खोज्नुहुन्छ भने तपाईँको रोजाई wix हुनेछ । Flash को कामको  सिमा बारे बुझ्नुहोस् जुन काम गर्न आश्चर्यजनक तरिकाले उपयोगी हुन सक्छ ।

४. Intuit Websites
कनै ब्यवसाय सञ्चालन गर्न रचनात्मक क्षमता हुनु जरुरी छ तर तपार्इँ कलात्मक प्रकृतिको नहुन पनि सक्नुहुन्छ । तर भाग्यवशः तपाईँ जस्ता डिजाइन गर्न गाह्रो हुनेलाई Intuit बाट राम्रो वेबसाइट निर्माण गर्न सक्नुहुन्छ । यसमा रहेको छोटो सर्वेले तपाईँको ब्यवसायको लक्ष्य सुहाउँदो टेम्प्लेट छान्न सहयोग गर्नेछ । हजारौँ टेम्प्लेटमध्यबाट आफलाईू अनुकुल रोज्न पनि सक्नु हुनेछ ।


यसको सुरुवाती प्याकेज ३० सम्मको लागि निःशूल्क र त्यसपछि प्रति महिना ५ डलरको लाग्नेछ । बिज्नेस प्याकेज र प्रोफेसनल प्याकेजलाई क्रमशः प्रति महिना २४ डलर र ५० डलर पर्दछ । यस्तो प्याकेजमा आफ्नै डोमेन नाम, अनलाइन सेलिङ् साधानहरु र सर्च इन्जिन अप्टिमाइजर रहेका छन् । यो आधारभूत ब्यवसाहिक वेबसाइट निर्माणका लागि अत्यन्तै सजिलो साधन हो । यो नराम्रो छैन । अझ प्रयोग गर्नेहरुका लागि झनै प्रभावकारी रहेकोछ ।

५. Google Sites
यो सेवाले तपाईँलाई गुगलको सामान्य वेबको उपस्थिती निःशूल्क प्रदान गर्दछ । यसाको मद्दतले आफ्नो ब्यवसायभित्र ब्यक्तिगत तथा समूहमा आधारित वेबसाइट निर्माण गर्न सक्नुहुन्छ । यसले तपाईँको Google Apps अकाउन्टलाई प्रभावशाली ब्यवसायीक साधनको रुपमा पनि प्रयोग गर्न सक्नुहुनेछ । यसले एउटै अनलाइन लोकेसनबाट तपाईँ र तपाईँका सहकर्मीहरुलाई अनाउन्मेन्ट, डक्युमन्टस र कामको सूचिमा जाने अनुमति दिन्छ ।


यो सेवा निःशूल्क हो । तपाईँसँग कोडिङ्बारे यथेष्ट ज्ञान छैन वा राम्रो कोडर नियुक्त नगरेसम्म परम्परागत वेबसाइट निर्माण गर्नमा यसको प्रयोग नगर्नूस् । मध्यम स्तरका प्रयोगकर्ताहरुका र कनै कम्पनीभित्र आन्तरिक सञ्जालका लागि न्ययनभि क्ष्तभक उपयुक्त रहेको छ ।