कीवर्डहरू -

सूचना प्रविधि, आइटी कोर्सहरू र करियर

सूचना प्रविधि, आइटी कोर्सहरू र करियर


कुमार पौड्याल
हेड, आइटी डिपार्टमेन्ट, टेक्सास इन्टरनेशनल कलेज


नेपालमा सूचना प्रविधि क्षेत्रको विस्तार र विकास तीव्ररूपले भइरहेको छ । सजिलो र प्रभावकारी माध्यमको रूपमा प्रविधिले हाम्रा कार्यलाई निकै सहज बनाएको छ । यो अब व्यक्तिगत उद्देश्यदेखि औद्योगिक आवश्यकतासम्म व्यापक रूपमा विस्तार भइरहेको छ ।

स्कुल र कलेजहरूले शिक्षण पद्धति र सिकाई पद्धतिका लागि प्रविधिको अधिकतम प्रयोग गरिरहेका छन् । प्रकाशकहरूले डिजाइनिङ र प्रिन्टिङका लागि प्रविधिको प्रयोग गरिरहेका छन् । अफिसहरूले एटेन्डेन्स र कर्मचारी व्यवस्थापनका लागि आइटी प्रयोग गरिरहेका छन् । डिपार्टमेन्ट स्टोरहरूले पेरोल प्रोसेसिङ र अन्यका लागि आइटी प्रयोग गरिरहेका छन् । सरकारी कार्यालयहरूले दैनिक कार्य सञ्चालन र कर्मचारीको सूचनाका लागि व्यापक रूपमा आइटीको प्रयोग गरिरहेका छन् ।

आइटी प्रोफेशलहरूको काम विभिन्न क्षेत्रमा बढ्दै आएको छ । साइबर सेक्युरिटीको क्षेत्रमा आएको चुनौतीका कारण बैंकहरूले पनि इथिकल ह्याकरहरू राख्न थालेका छन् ।  अहिले निजी र सरकारी दुवै एजेन्सीहरूमा यसको माग बढ्दो रहेको छ ।


नेपालमा सफ्टवेयर कम्पनीहरूले प्रोग्राम डेभलपमेन्टका लागि प्रोगामिङ ल्याङ्वेजहरूको मात्रै प्रयोग गरिरहेका छन् । सफ्टवेयर डेभलपमेन्ट प्रोसेसमा विभिन्न सफ्टवेयर प्रोजेक्ट म्यानेजमेन्ट टुलहरू पनि प्रयोग गरिरहेका छन् । केही नेपालका कम्पनीहरूले विदेशमा समेत सफ्टवेयर डेभलपमेन्टका कामहरू गरेर प्रमाणित गरिसकेका छन् । वेबपेज डिजाइनिङ, मोबाइल एप्स डेभलपमेन्ट लगायतमा पनि दक्षता विकास गरिरहेका छन् ।


यो हाम्रा लागि निकै वरदान भएको छ कि नेपालमा धेरै कलेजहरूले विभिन्न स्वदेशी र विदेशी विश्वविद्यालय मातहत रहेर आइटी कोर्सहरू प्रदान गरिरहेका छन् । बिएससी सिएसआइटी, बिसिए, बिआईटी, बिसिएस (साइबर सेक्युरिटी एन्ड नेटवर्क टेक्नोलोजी), एमसिए, पिजिडिसिए, मिएसएस, बिई कम्प्युटर, एमई कम्प्युटर आदि विभिन्न आइटी कोर्सहरू रहेका छन् ।


बिएससी सिएसआइटी त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम हो । चारवर्षे यो कार्यक्रम सफ्टवेयर इन्जिनियरिङ कोर्स हो, जहाँ प्रोग्रामिङ ल्याङ्वेजको एक्स्पोजर र पाठ्यक्रममा नयाँ आइटीसम्बन्धी व्यवस्था रहेका छन् । हामीले हरेक फिल्डमा आइटी प्रयोग भएको देख्न सक्छौं ।

प्लेनको टिकेट खरीद गर्न देखि टेलिफोन र विद्युत्को महशुल तिर्न, बैंकबाट पैसा निकाल्न, बिजनेश डाटाको प्रोसेसिङ गर्न, रोगहरू पत्ता लगाउन र इन्टरनेटमा सूचनाहरू खोज्न लगायतको कामका लागि प्रविधिको प्रयोग भइरहेको छ । पछिल्लो समयमा सूचना प्रविधि विद्यालय, विश्वविद्यालय, संघसंस्था, म्युजिक इन्डस्ट्री ल फार्म, फेशन इन्डस्ट्री, लगायत लागि वरदान सावित भएको छ ।

\"\"

यो हाम्रा लागि निकै वरदान भएको छ कि नेपालमा धेरै कलेजहरूले विभिन्न स्वदेशी र विदेशी विश्वविद्यालय मातहत रहेर आइटी कोर्सहरू प्रदान गरिरहेका छन् । बिएससी सिएसआइटी, बिसिए, बिआईटी, बिसिएस (साइबर सेक्युरिटी एन्ड नेटवर्क टेक्नोलोजी), एमसिए, पिजिडिसिए, मिएसएस, बिई कम्प्युटर, एमई कम्प्युटर आदि विभिन्न आइटी कोर्सहरू रहेका छन् ।

आइटी करियर

पछिल्लो समयमा सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने क्षेत्रको रूपमा नै आइटी उद्योग उदाएको छ । आइटी क्षेत्रमा अहिले दिनदिनै नयाँ नयाँ अवसर सिर्जना भइरहेको छ । धेरैले आइटी प्रोफेशनलका लागि सफ्टवेयर डेभलपर नै मुख्य काम हो भन्ने सोच्छन् । वास्तवमा अहिले अन्य कामहरूको पनि उत्तिकै माग भइरहेको छ । संस्थाको आवश्यकता र मागअनुसार विभिन्न भूमिकामा आइटी जनशक्ति माग भइरहेको छ ।

हामीले नेपालको परिप्रेक्ष्यमा सरकारी देखि गैरसरकारी संघसंस्थाले सूचना प्रविधि अधिकृतको रूपमा काम गरिरहेको देख्न सक्छौं । सफ्टवेयर डेभलपरहरूले पनि सफ्टवेयर डेभलपमेन्ट कम्पनीहरूमा काम गरेर आफ्नो दक्षता अभिवृद्धि गरिरहेका छन् । उनीहरूले विभिन्न सफ्टवेयर डेभलपमेन्ट र सफ्टवेयर म्यानेजमेन्ट टुलहरूको प्रयोग गरिरहेका छन् । त्यसैगरी वेबपेज डिजाइनर, डाटाबेस एडमिनिस्ट्रेटर, डाटाबेस डिजाइनर, नेटवर्किङग इन्जिनियरिङ र विभिन्न यस्ता आइटी प्रोफेशनल सफ्टवेयर कम्पनीमा काम ग।िररहेका छन् । आइठी डिग्री गरेर सफ्टवेयर कम्पनीमा मार्केटिङ गर्ने धेरै पनि रहेका छन् ।


त्यसैगरी नेपालमा जिआइएस प्रोफेशनलहरू पनि रहेका छन्, जसले बन, मौसम, वायु, नदी, प्राकृतिक स्रोत साधान, दूरी सूचना आदिमा काम गरिरहेका छन् । आइटी प्रोफेशलहरूको काम विभिन्न क्षेत्रमा बढ्दै आएको छ । साइबर सेक्युरिटीको क्षेत्रमा आएको चुनौतीका कारण बैंकहरूले पनि इथिकल ह्याकरहरू राख्न थालेका छन् ।
अहिले निजी र सरकारी दुवै एजेन्सीहरूमा यसको माग बढ्दो रहेको छ । क्लाउड कम्प्युटिङ नेपालमा इमर्जिङ भइरहेको काम हो, परिणामस्वरूप साइबर सेक्युटिरी, डाटा वेयरहाउृसिङ, डाटा माइनिङहरूमा पनि दक्ष जनशक्तिको माग बढ्दो छ ।


हामीले भोलिको सम्भावित क्षेत्रलाई आँकलन गर्दै त्यसका लागि उपयुक्त सूचना प्रविधि दक्ष जनशक्ति तयार पार्नुपर्ने हुन्छ । आइटीमा विश्वको रफतर बढिरहेको छ । परिणामस्वरूप डाइनामिक प्रोफेशनलहरू आइटी इन्स्टिच्युटहरूबाट उत्पादन गर्नुपर्नेछ, जुन आफैमा चुनौतीपूर्ण रहेको छ । तर सकारात्मक कुरा के हो भने विभिन्न आइटी कलेज र आफ्ना एडभान्स्ड आइटी प्रोग्रामहरू देशभित्रै सुञ्चालन गरिरहेका छन् र आइटी ग्य्राजुएटहरू देशमा मात्रै नभई अन्तर्राष्ट्रियस्तरमा रहेर पनि आफूलाई प्रमाणित गर्न सफल भएका छन् ।