कीवर्डहरू -

\'एनसीआइटी रोबोटिक क्लब\'ले निर्माण गरेको रोबोट क्यान इन्फोटेकमा

\'एनसीआइटी रोबोटिक क्लब\'ले निर्माण गरेको  रोबोट क्यान इन्फोटेकमा

एनसीआइटी कलेजका बिद्यार्थीहरुको समुह एनसीआइटी रोबोटिक क्लबले क्यान इन्फोटेकमा बिभिन्न प्रकारका प्रोटोटाइप रो बोटहरु प्रदर्शनमा राखेको थियो । क्लबले जीबीएस टिमको प्रशिक्षणमा इन्डस्ट्रियल रोबोट,अफरोड सर्वेलियन्स रोबोट तथा ड्रेन सर्वेलियन्स रोबोट लगायत अन्य थुप्रै रोबोटहरु निर्मा ण गरेको हो । यो रोबोटले पनि मेलामा धेरै अवलोकन कर्ताहरुको ध्यान आकर्षित गरेको थियो ।

इन्डस्ट्रियल रोबोटले इन्डस्ट्रियल साइटका कामहरु गर्न सहयोग गर्छ । सामान ओसार पसार गर्ने,म्यनुफ्याक्चरिङ कम्पनीहरुमा,समानहरु मिलाउने तथा यो रोबोटको प्रयोग अन्य थुप्रै कामहरुमा प्रयोग गर्न सकिन्छ। यसका साथै अफरोड सर्वेलियन्सले भने मानिसहरुको उद्धार कार्यमा सहयोग   गर्छ । \"\"

भू-कम्प जस्तो प्राकृतिक बिपत्तिमा परेर यदि मानिसहरु हराएमा अथवा भत्किएका घर भित्र   हराएका तथा बिपतमा परेका मानिसहरुको खोजि गर्न अफरोड सर्वेलियन्स रोबोटले सहयोग   गर्द्छ। यसमा क्यामेरा जडान गरिएको छ ।

त्यसकारण यसले घरभित्रको स्थितिको   अवलोकन गरि बाहिर रिसिभरमा इन्फर्मेसन   पठाउँछ।

त्यस्तै ड्रेन सर्वेलियन्स रोबोटले भने ढल,इनार,पानिट्यांकी लगायतको  ठाउँहरु सरसफाईका   लागि मद्दत पुर्याउछ । यो रोबोटले ढल तथा पानिट्यांकीहरु सरसफाईका क्रममा त्यहाँ मानिस प्रवेश गर्नु भन्दा अघि बिषयुक्त ग्याँस भए नभएको पहिचान गर्न सहयोग पुर्याउँछ । यो ड्रेन रोबोटमा यी उक्त जानकारीहरु प्राप्त गर्न ग्याँस सेन्सर तथा क्यामेरा जडान गरिएको छ ।

इन्फोटेकमा एनसीआइटी रोबोटिक क्लबका मेम्बरहरुले यी बाहेक अन्य प्रकारका रोबोटहरु पनि प्रदर्शनमा राखेका थिए । यी रोबोटहरुको प्रयोगले भविष्यमा दैनिक कार्यहरु सहजताका साथ गर्न सकिने र समयको बचत लगायत अन्य थुप्रै फाईदाहरु लिन सकिने क्लबका सदस्यहरुले बताए ।