कीवर्डहरू -

इटहरीमा पहिलो पटक \'क्यान इन्फोटेक\' आयोजना हुदै

 फागुन २३ गते देखी २७ गते सम्म क्यान इन्फोटेक मेला

इटहरीमा पहिलो पटक \'क्यान इन्फोटेक\' आयोजना हुदै

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नं प्रदेस स्तरीय फागुन २३ गते देखी २७ गते सम्म क्यान इन्फोटेक मेला गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्प्युटर ब्यवसायिहरूको संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो ।

इटहरी स्थित जनता माविकाे खेल मैदानमा लाग्ने उक्त मेलामा १२८ स्टलहरू रहने भएका छन । उक्त स्टलहरूमा सूचना प्रविधिका नयाँ नयाँ सामग्रीहरूदेखि फुडस्टलहरू सम्म रहने जनाइएकाे छ।

\"\"

विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक बस्तुहरुका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले क्यान इन्फोटेक २०७४ आयोजना गर्न लागिएको जनाइएकाे छ ।

बिश्वमा सूचना तथा सञ्चारका क्षेत्रले अहिले सम्म गरेका बिकाशका कार्य लगायत उत्पादन भएका नयाँ प्रविधिहरूकाे ज्ञान दिने उद्येश्य सहित अायाेजना गर्न लागिएकाे उक्त मेलामा करीब २ देखि ३ लाख सम्म अान्तरीक तथा बाहिय पर्यटकहरू भित्र्याउने लक्षय लिएकाे क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।

\"\"

इन्फाेटेक अवधिभर ५ कराेड सम्मकाे काराेबार गर्ने लक्ष्य लिएकाे र मेलामा विभिन्न ब्राण्डका ल्यापटप , कम्प्युटर , मोवाइल , इन्टरनेट तथा प्रविधिको बारेमा जानकारी लिन सकिने छ। मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिहरु समेत देखाइने क्यान सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए।

पत्रकार सम्मेलनमा क्यान महासङ्घका केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ , प्रदेश १ अध्यक्ष देव सुब्बा , क्यान सुनसरीका संस्थापक अध्यक्ष कमल तिम्सिना , इटहरी इन्टरनेशनल कलेजका प्राध्यापक गणेश दुलाल , हिक भिजनका म्यानेजिङ डाइरेक्टर मनीकुमार तामाङ्ग , बारकाेड नेपालका म्यानेजिङ डाइरेक्टर हिमेश्वर मल्ल लगायतले विविध पक्षमा जानकारी दिएका थिए ।