कीवर्डहरू -

फुडमान्डूमा सयभन्दा बढिलाइ रोजगारी

कसरी हुन्छ काम ?

फुडमान्डूमा सयभन्दा बढिलाइ रोजगारी

नेपालको फुड डेलिभरी सर्भिसमा सबैभन्दा धेरै ग्राहकलाई सेवा प्रदान गरिरहेको र लामो समयदेखि सञ्चालन भइरहेको छ, फुडमाण्डु ।  आफ्नो सेवाबारे ग्राहक र रेस्टुरेन्टलाई बुझाउँदै व्यावसय हात हालेको फुडमाण्ड’मा हाल दैनिक चारसयदेखि साढे छ सयको संख्यामा अनलाइनबाट अर्डर आउने गरेको ब्रान्ड म्यानेजर श्यामरत्न माली बताउँछन् ।

फुुडमान्डूमा हाल १ सय ५० जनाको हाराहारीमा युवाले रोजगारी पाइरहेका छन् ।


 विशेष अवसरमा हजारको हाराहारीमा पनि अर्डर आउने गरेको छ । फुुडमान्डूमा हाल १ सय ५० जनाको हाराहारीमा युवाले रोजगारी पाइरहेका छन् । फुडमान्डूले करिब तीन सयभन्दा बढी रेस्टुरेन्टसँगसहकार्य गरिरहेको छ । यसको एपमार्फत ग्राहक र रेस्टुरेन्ट एकअर्कासँग कनेक्ट भएर सेवा लिन र दिन सक्छन् ।


 नियमित ग्राहकका लागि हरेक दिन विभिन्न छुटको व्यवस्था छ । फुडमान्डूले बिहान ११ बजेदेखि राति साढे ८ बजेसम्म खानाको अर्डर लिन्छ  ।  फुडमाण्डुबाट अर्डर गरेको खानाको पैसा अनलाइन पेमेन्टबाट पनि भुक्तानी गर्न सकिन्छ ।