कीवर्डहरू -

भोलिदेखि इटहरीमा ५ दिने क्यान इन्फाेटेक सुरु हुदै, कानुन मन्त्रीले उद्घाटन गर्ने

भोलिदेखि इटहरीमा ५ दिने क्यान इन्फाेटेक सुरु हुदै, कानुन मन्त्रीले उद्घाटन गर्ने

सुनसरीको इटहरीमा भोली बुधबारदेखि ५ दिने क्यान इन्फोटेक मेला सुरु हुदैछ ।

सूचना प्रविधि सम्बन्धि जानकारी दिने उदेश्यले  इहटरीमा क्यान इन्फोटेक मेलाको आयोजना हुन लागेको हो । २ वर्ष पछि इटहरीमा हुन लागेको इन्फोटेक मेलाको उद्घाटन प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्कीले गर्ने छन् ।

इन्फोटेकमा होटल व्यवसायी, मोबाइल एक्सपो र सूचना प्रविधिहरूको प्रदर्शनी सहित ८० वटा स्टलहरू रहने छन् । क्यान इन्फोटेकको सबै तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन मार्फत् क्यान महासंघ सुनसरीले जानकारी दिएको छ ।

क्यान इन्फोटेकलाई यो वर्ष फरक र चर्चा योग्य बनाउन पत्रकार देखि अवलोकनकर्तालाई उपहार योजना ल्याइएको छ ।

मेलाभित्र रोबोर्टहरूको पदर्शनी आइटी म्युजियम, सेफ्टी एण्ड सेक्युरीटी सम्बन्धी बृहत प्रदर्शनी, सूचना प्रविधि सम्बन्धि बृहत प्रदर्शनी, कम्प्युटर प्रिन्टर र ल्यापटप फ्री सर्भिस क्याम्प तथा एक्सचेन्ज, सिसि टिभी, एन्टीभाइरस लगायत विभिन्न आइटी प्रोडक्टहरूमा बिशेष छुट, स्कुल तथा कलेज स्तरीय आइटी क्विज प्रतियोगिता, कर्पोरेट स्टलको ब्यवस्था, आइसीटी तालिम र रकेट पदर्शनी लगायतका आकर्षन रहेका छन् ।

साथै मेलामा विद्यार्थीहरुले सूचना प्रविधि सम्बन्धि जानकारी मुलक सन्देश तथा उपकरण बनाएर प्रदर्शन गर्न सकेमा उचित पुरस्कारको समेत व्यवस्था मिलाइएको छ ।

मेलाको मुख्य प्रायोजन प्रभु पे ले गरेको छ भने एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन,अफिसियल इन्सोरेन्स प्रभु इन्सोरेन्सले प्रायोजन गरेको छ ।