कीवर्डहरू -

रोबोटिक्सलाई उद्यमशिलतासँग जोडिरहेका छौ: अध्यक्ष गुरुङ

रोबोटिक्सलाई उद्यमशिलतासँग जोडिरहेका छौ: अध्यक्ष गुरुङ

सन् २०२० को फेब्रअरी पहिलो हप्ता ‘यन्त्र अन्तराष्ट्रिय रोबोटिक्स प्रतियोगिता’ हुदैछ । यो आठौ संस्करणकोअन्तरास्ट्रिय रोबोटिक्स प्रतियोगिता हो ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल(र्यान)ले आयोजना गर्ने यो कार्यक्रममा दर्जनौ टिमहरुको प्रतिस्पर्धा हुनेछ । कार्यक्रममा अन्तराष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धा, रोबो विजनेश कप , यन्त्र लर्निङ , विज्ञान प्रविधि तथा इनोभेसन एक्जिविशन , यन्त्र इन्क्युवेसन , यन्त्र स्कुलजस्ता कार्यक्रमहरु आयोजना हुनेछन ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल सन् २०११ मा स्थापना भएको सस्था हो, जसले रोबोटिक्स , अटोमेशन र इलेक्ट्रोनिक्स प्रविधिलाई प्रवद्धन गर्दै नेपाली विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउन प्रयास गर्दछ ।

लिभिङ विथ आइसीटीले यन्त्रको आठौं संस्करण र नेपालमा रोबोटिक्सको विकास बारे रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष विकास गुरुङसँग गरेको कुराकानीको सम्पादित अशः

नेपालमा रोबोटिक्स प्रविधिको विकास कसरी भइरहेको छ ?

ग्लोबल र नेपालको रोबोटिक्सको तुलना गर्दा अहिले नेपालमा यसको धेरै राम्रो माहोल छ ।  अरुको देशमा यतिको सक्रिय कम्युनिटि भेटिदैन ।

रोबोटिक्सले रोबोटको मात्रै काम गर्नुपर्छ भन्ने छैन रोबोटिक्सको ज्ञान लिएर अरु समस्या समाधान गर्ने प्रोजेक्ट पनि निर्माण गर्न सकिन्छ ।

रोबोटिक्स जानेकोले आईओटी थ्रिडी प्रिन्टिङ तथा  सबै कुरा जानेको हुन्छ । नेपालमा अहिले बम डिस्पोल रोबोट तथा पाइला टेक्नोलोजीले बनाएको नेपाली रोबोटहरु छन् ।

यी सबै काम रोबोटिक्समा भविस्य छ है भनरे भएको हो । अहिले रोबोटिक्सका विभिन्न कम्पनीहरु खुलिरहेका छन्  । पहिले पहिले कलेजमा पढेपछि कलेजमा मात्रै सिमित हुन्थ्यो तर अहिले त्यस्तो छैन ।

हामीले रोबोटिक्समा नयाँ उद्योग सिर्जमा गर्ने कल्पना गरेका छौ । यसमा भविस्य राम्रो छ । हामिले रोबोटिक्सलाई उद्यमशिलतासँग जोडर अघि बढिरहेका छौ ।

यन्त्र ८.० गर्दै हुनुहुन्छ, यसको बारेमा बताईदिनुस न ?

यन्त्रको आठो संस्करण हामीले जनवरी २४ मा उद्घाटन गर्दै छौ । हामीले विज्ञान प्रविधि तथा नव प्रर्वतनले दिगो विकासमा कसरी सहयोग पुर्याउछ भनेर छलफल पनि गर्दै छौ ।

उद्घाटनकै दिन हामीले मेसिन लर्निसङ प्रतियोगिता पनि राखेका छौ । हामीले यसमा कृर्षि, शिक्षा र स्वास्थ्यलाई फोकस गरेका छौ ।

यी क्षेत्रमा भएका विभिन्न समस्यालाई कसरी समाधान गर्ने तथा मसिन लर्निङमा इच्छा जगाउने काममा फोकस गरेका छौ । जनवरी २६ र २७ धनगडी र र पोखरामा मिनी यन्त्र प्रतियोगिता हुदैछ ।

यसको तयारी भइरहेको छ । यो मिनि यन्त्र सकिएपछी हामीले अन्तराष्ट्रिय स्तरको रोबोटिक्स प्रतियोगिता गर्देछौ ।

यस कार्यक्रममा मुख्य  यन्त्र म्यानुअल अखडा, यन्त्र नेशनल लिग, यन्त्र अटोमिटक अखडा लगायतका प्रतियोगिता हुदै छन् ।

यसमा यन्त्र नेशनल लिगले सुख र समृद्धिलाई सन्देश दिन खोजेको छ । यन्त्र ब्याटल अखडाले विश्वमा कुनै वार नहोस भनेर सन्देश दिन खोजेको छ ।

यन्त्र अटोमेटिक अखडाले अगलागी भएको ठाउँमा आगो निभाउनु पर्यो र बचाउनु पर्यो भन्ने सन्देश दिन खोजेको छ ।

यन्त्र स्कुलमा कक्षा ४ देखि कक्षा १० सम्मको विद्यार्थिलाई फोकस गरेका छौ । यसमा उनीहरुले रोबोट बनाउछन् ।

कार्यक्रमको समापन फेब्रअरी ५ मा हुदैछ । यसमा  विज्ञान प्रविधि तथा नव प्रर्वतनलाई कसरी दिगो बनाउने भनेर फोकस गरेका छौ ।

यसमा हामीले उद्यमशीलताको विषयलाई पनि फोकस गरेका छौ । हामीले अर्को भनेको रोबो बिजनेस कप गर्दै छौ । जसमा स्मार्ट्सिटी कृर्षि पर्यटन तथा विभिन्न ५ थिम रहेको छ ।

जसमा जुनसुकै रोबोट बनाएपनि म बेच्न सक्छु विजनेश पिच गर्न सक्छु भनरे आउनु पर्यो । यसमा  हामीले उत्कृष्ट २ छनोट गर्छौ ।

उत्कृष्ट २ लाई हामी विजनेशमा लिएर जान्छौ । हामीले यसमा २ लाखको पुरस्कारको पनि व्यवस्था गरेका छौ ।

यन्त्रसँग अन्य प्रतियोगिता तथा कार्यक्रममा कसले र कसरी सहभागीता जनाउन सक्छन ?

जनवरी १, २०२० सम्म यसको रजिष्टेसनको समय हो । तर हाम्रो कार्यक्रम १४ दिन लम्बिएको कारणले   रजिष्टेसन समयलाई पनि बढाउदै छौ ।

यसको घोषणा जनवरी १ मा हुन्छ । सहभागिता जनाउनको लागि फेसबुक पेज तथा वेबसाइट र फोनमा सम्पर्क गर्न सकिने छ । अन्तराष्ट्रियको लागि हामीले इमेलबाट गरिरहेका छौ ।

अहिलेसम्म भारत भुटान र बंगलादेशबाट आउने पक्का भएको छ । अन्य देश सँग पनि हामीले इमेलको माध्यमबाट कुराकानी गरिरहेका छौ ।