कीवर्डहरू -

पठन संस्कृतिका आयामहरुबारे छलफल गर्ने प्रविधिमैत्री कार्यक्रम हो किताबजात्रा !

आगामी माघ १८ गते  काठमाडौंको एभरेष्ट होटलमा किताबजात्रा हुदैछ ।

पठन संस्कृतिका आयामहरुबारे छलफल गर्ने प्रविधिमैत्री कार्यक्रम हो किताबजात्रा !

आगामी माघ १८ गते  काठमाडौंको एभरेष्ट होटलमा किताबजात्रा हुदैछ । किताबजात्रा पठन संस्कृतिका आयामहरुबारे छलफल गर्ने प्रविधिमैत्री कार्यक्रम हो ।

यही किताबजात्राको बारेमा लिभिङ विथ आइसीटीले किताबजात्राका संयोजक तथा किताबयात्राका सह-सस्थापक ऋषि अधिकारीसँग गरेको कुराकानीको सम्पादित अंशः

के हो किताबजात्रा ?

पुस्तकको बास्नाले पाठकलाई मोहित गर्ने, कविताका पंक्तिहरुले श्रोतालाई मन्त्रमुग्ध पार्ने, शब्द रोपेर कृति फलाउने श्रष्टालाई सम्मान गर्ने, नयाँ किताबहरुको समीप हुने, पुराना किताबहरुको जगेर्न गर्ने, जेल तथा सुधार गृहलाई पुस्तक दान गर्ने, स्टार्टअप स्टल, उद्द्यमशीलताको प्रबर्द्धन, साहित्यिक दिग्गजहरुको अनुभव सुन्ने र नयाँ साहित्य पारखीहरुको सपना पनि आफ्नै आँखाहरुले देख्ने उत्सवको नाम हो किताब जात्रा ।

कहिले र कहाँ आयोजना हुदैछ ?

बि. सं. २०७६ माघ १८ गते (तदनुसार फेब्रुअरी ०१, सन् २०१९)को दिन एभरेस्ट होटल, नयाँ बानेश्वर, काठमाडौंमा आयोजना हुदैछ । यसको तयारी भने केही महिना अघिदेखि नै भइहरेको छ ।

कसले सहभागिता जनाउन पाउँछन् ?

यो सबैको लागि खुल्ला कार्यक्रम हो । सबैको लागि किनकी यसमा साहित्य पारखीहरुको जात्रा हुनेछ, बाल पुस्तकको मेला लाग्नेछ, स्टार्टअप तथा उद्द्यमशीलताको प्रबर्द्धन रहनेछ र विविध कला तथा संस्कृति प्रबर्द्धनका कार्यक्रम पनि रहने छन ।

काठमाडौं उपत्यकाका साहित्य अनुरागी माहानुभावहरु, बालबालिक, पठन-पाठन क्षेत्रका माहानुभाव, कलाकार, साहित्यकार तथा उद्यमीहरु  आउनुहोस भन्ने हाम्रो चाहना छ यद्यपी यो उत्सव संयमित होस् भने हेतुले हामीले अनलाईन बुकिङको व्यवस्था भने गरेका छौँ।

अनलाईन बूकिङ तपाईँहरुले हाम्रो वेबसाईट www.kitabjatra.com मा निशुल्क तथा अग्रिम रूपमा गर्न सक्नु हुनेछ ।

त्यही बूकिङको तथ्याङ्कको आधारमा हामी पाहुनाहरुको स्वागत तथा व्यवस्थापना गर्नेछौँ । काठमाडौं बाहिरका व्यक्तीहरुका लागि भने फेसबुक,  युट्युब तथा वेबसाइटबाट प्रत्यक्ष प्रसारण हेर्न सक्नु हुने छ भने रेडियो अर्थसरोकारबाट सुन्नु पनि सक्नु हुनेछ ।

अन्य साहित्यिक महोत्सब र किताबजात्रमा के फरक छ ?

किताब यात्रा एक अभियान हो । यसलाई अन्य साहित्यिक प्लेटफर्म सँग तुलना गर्दा, हामी वैचारिक धरातलको हिसाबले भिन्न उभिने कोसिस गर्दै छौँ भन्ने कुरा बिर्सनु हुन्न किनकी यो शताब्दि नै ई-कमर्स र सहज अनलाइन पहुँचको समय हो ।

हाम्रो पुरानो पठन अभ्यासमा पनि यसले परिवर्तन ल्याएको छ र त्यस परिवर्तनलाई हामीले किताब यात्राको माध्यमबाट सम्बोधन गरेका छौँ। अर्को भाषामा भन्नु पर्दा उत्तर आधुनिक पठन युगको अभियन्ता हो किताब यात्रा ।

र त्यो अभियान्ताको हातमा तपाईं जुन मशाल देख्नु हुन्छ, जसले अँध्यारोबाट उज्यालोको पथ प्रदर्शन गरिरहेको त्यो किताब जात्रा हो ।

किताबयात्राले आफ्नो व्यापार बिस्तारमा सूचना प्रविधिलाइ कसरी प्रयोग गरेको छ ?

किताब यात्राको अर्डर लिने देखी लिएर पाठकको घर सम्म किताब पुर्याउने सम्पूर्ण प्रकृया पूर्ण रूपमा कम्प्युटराइजड छ ।

किताब छान्ने, अर्डर गर्ने, अर्डर ट्र्याक गर्ने तथा पेमेन्ट गर्ने सम्पूर्ण कार्यमा सुचना प्रविधिको प्रयोग हुन्छ ।  ई-सेवा, खल्ती, कार्ड अन डेलिभरी जस्ता आधुनिक प्रविधिको प्रयोग गरी तपाईंहरुले किताबको मुल्य तिर्न सक्नु हुन्छ ।

किताब यात्रा आफ्नै एप निर्माणमा लागेको छ । संगसंगै ई-लर्निङ प्लेटफर्मको विकासका लागि सम्भाव्यता अध्ययन पनि गरी रहेको छ ।

भावी समयमा उत्तर आधुनिक पठन संस्कृतिको मार्ग प्रशस्त गर्न पठन संस्कृतिको आयामहरुको अध्ययन गरेर सोही अनुरुपको प्रविधि विकास गर्न किताब यात्रा तत्त्पर छ ।

किताबजात्रामा के के हुन्छ ? किन आउने अवलोकनकर्ता ?

यसमा साहित्य पारखीहरुको लागि किताबको जात्रा, बालबालिकाको लागि बाल पुस्तकको मेला, उद्यमीहरुको लागि स्टार्टअप तथा उद्द्यमशीलताको प्रबर्धन र पठन-पाठन क्षेत्रका व्यक्ति, कलाकार, साहित्यकारहरुको  लागि विविध कला तथा संस्कृति प्रबर्द्धनका कार्यक्रम रहने छन।