कीवर्डहरू -

छोटो समयमै सेल पे स्थापित हुन सफल भएको छ 

डिजिटल पेमेन्टको महत्व र प्रभावकारिता बढ्दै गरेको यो सन्दर्भमा हामी सबैका लागि डिजिटल पेमेन्टको सारथी बन्न चाहन्छौं

छोटो समयमै सेल पे स्थापित हुन सफल भएको छ 


पवन प्रधान
प्रबन्ध निर्देशक, सेल पे


सन् २०१३ देखि सञ्चालनमा आएको भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्राईभेट लिमिटेडले गत साउनदेखि नेपाली बजारमा विद्युतिय भुक्तानी सेवा ‘सेलपे’ ले ल्याएको छ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सेलपे छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बनिरहेको छ । यसअघि नेपाल टेलिकम र एनसेलको पिनलेस ई–टपअप रिचार्ज सेवाल्याएको यो कम्पनीले अहिले डिजिटल भुक्तानीका विभिन्न सेवा थप गरेर सेल पे सञ्चालनमा ल्याएको हो । यसै सन्दर्भमा लिभिङ विथ आइसिटीले सेल पेका प्रबन्ध निर्देशक पवन प्रधानसँग कम्पनीको व्यवसाय र डिजिटल भुक्तानीको बजारका पाटोमा रहेर कुराकानी गरेको छ ः

\"\"


सेलपे नेपालमा रहेका मोबाइल वा डिजिटल वालेटभन्दा विल्कुल फरक छ । ग्राहक वा मर्चेन्टले एउटा बैंकबाट अर्को बैंकको एकाउन्टमा रियल टाइममा कारोबार गर्न सक्ने व्यवस्था हामीले ल्याएका छौं । हामीले ग्राहकको पैसा एक सेकेन्ड पनि होल्ड गर्दैनौं ।

के हो सेल पे ?अन्य डिजिटल भुक्तानी सेवाप्रदायकभन्दायो कसरी फरक छ ?
सेलकम प्रालिले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत प्राप्त गरी सेलपे सेवा संचालनमा ल्याएको हो।मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विभिन्न भुक्तानी गर्न सकिने व्यवस्था हामीले ल्याएका छौं । हामीले २०१३ देखि नेपाल टेलिकम र एनसेलका लागि पिनलेस रिचार्ज सिस्टम ल्याएका थियौं । विस्तारै सेवाहरु थप र परिमार्जित गर्दै सेल पे डिजिटल भुक्तानी नेपालमा सुरु गरेका हौं ।

गत साउनदेखि सुरु भएको सेलपेमा अहिले हजारौं प्रयोगकर्ता जोडिएका छन् । जहाँसम्म यो कसरी फरक छ भन्ने प्रश्न छ, सेलपे नेपालमा रहेका मोबाइल वा डिजिटल वालेटभन्दा विल्कुल फरक छ । ग्राहक वा मर्चेन्टले एउटा बैंकबाट अर्को बैंकको एकाउन्टमा रियल टाइममा कारोबार गर्न सक्ने व्यवस्था हामीले ल्याएका छौं । हामीले ग्राहकको पैसा एक सेकेन्ड पनि होल्ड गर्दैनौं ।

यो ६ महिनाको दौरान सेलपेको व्यवसायमा कसरी प्रगति भइरहेको छ ?
६ महिनाभित्र हामीसँग १ लाखको हारहारीमा ग्राहक जोडिनु भएको छ । यसलाई हामीले उत्साहजनक मानेका छौं । २० ओटाभन्दा बढि बैंक तथा वित्तीय संस्थासँग साझेदारी गरिसकेका छौं । अन्य एक दर्जन वित्त संस्थाहरुसँग पनि कुरा भइरहेको छ । नेपालका हरेक वित्तीय संस्थासँग जोडिने योजना हाम्रो हो । त्यस्तै हालसम्म साढे ६ सयको हारहारीमा मर्चेन्टहरु सेलपेमा आबद्ध भइसकेका छन् । यसले हामीलाई थप उत्साही बनाएको छ । यो छोटो अवधिमा हामी डिजिटल पेमेन्ट उद्योगमा स्थापित हुन सकेका छौं ।

हाल सेलपे मार्फत् कस्ता सेवाहरु उपभोग गर्न सकिन्छ ?
सेलपेबाट दुरसञ्चार सेवा, विजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिने छ।हाम्रो सर्भिस भनेको रियल टाइममा फन्ड ट्रान्सफर नै हो ।


डिजिटल भुत्तानीको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुका लागि राष्ट्र बैंकको पछिल्लो रेगुलेसनले कत्तिको अप्ठ्यारो वा सहज पारेको छ ?
जोकोहीले राज्यको रेगुलेशन मान्नैपर्छ । राष्ट्रबैंकको रेगुलेसन डिजिटल पेमेन्ट इन्डस्ट्रीकै पक्षमा छ । निश्चित मापदण्ड पुगेपछि मात्रै लाइसेन्स पाउने व्यवस्था भएकाले यो उद्योगमा गुणस्तर र सुरक्षित सेवा दिने कम्पनीहरु मात्रै रहन्छन् । अर्कोतर्फमानिसहरु अहिले डिजिटल पेमेन्टमा अभ्यस्त नभइसकेकाले थोरै लिमिट लाउनू सान्दर्भिक नै देखेको छु । अहिले व्यक्तिहरुबीच गरिने कारोबार ५० हजार रुपियाँसम्मको छ । पहिला २५ हजार रुपियाँ मात्रै एक दिनमा कारोबार गर्न पाइन्थ्यो । मर्चेन्टहरुमा हुने कारोबारमा सिमा लगाइएको छैन । यसर्थ हामीलाई सहज नै भएको महसुस गरेका छौं ।

\"\"

सेलपे पेले अन्तर्राष्ट्रियस्तरको पीसीआई–डीएसएस सुरक्षा प्रणाली अपनाएको छ । डिजिटल पेमेन्ट इन्डस्ट्रीमा प्रयोग हुने हरेक सुरक्षा मापदण्ड हामीले प्रयोग गरेका छौं । साथै हामीले ६÷६ महिनामा सिस्टम अडिट र पेनिट्रेसन टेस्ट गराउने गरेका छौं । हामी सुरक्षामा उच्च सतर्कता अपनाउँछौं ।


सुरक्षित कारोबारका लागि सेलपे नै किन ?
सेलपे पेले अन्तर्राष्ट्रियस्तरको पीसीआई–डीएसएस सुरक्षा प्रणाली अपनाएको छ । डिजिटल पेमेन्ट इन्डस्ट्रीमा प्रयोग हुने हरेक सुरक्षा मापदण्ड हामीले प्रयोग गरेका छौं । साथै हामीले ६÷६ महिनामा सिस्टम अडिट र पेनिट्रेसन टेस्ट गराउने गरेका छौं । हामी सुरक्षामा उच्च सतर्कता अपनाउँछौं ।


अहिले नेपाली बजारमा नाम चलेका केही भुत्तानी प्रदायकहरु मात्रै छन् । सेल पे कसरी अघि बढ्दैछ ?
प्रतिष्पर्धा हरेक क्षेत्रमा छ । हामीले पनि ‘मार्केटिङ एक्सरसाइज’ गर्दैछौं । ग्राहकका लागि विभिन्न स्किम ल्याइरहेका छौं । डिजिटल पेमेन्ट नेपालका लागि अझै नयाँ छ । कस्टमरलाई ‘एडप्ट’ गर्न समय लाग्छ । तर,भविष्य यही नै हो । हामीले मार्केटिङका अधिकतम च्यानलहरु प्रयोग गरिरहेका छौं । सेलपेको यो प्रोसेस हो, यसबाट योे लाभ हुन्छ भनेर हामीले आफ्नो तर्फबाट जानकारी दिइरहेका छौं ।


नेपाल जस्तो देशमा डिजिटल पेमेन्ट इन्डस्ट्रीमा कस्तो चुनौतीदेख्नुहुन्छ ?
चुनौती नहुने त कुरै भएन । गार्हो÷सजिलो भन्दा पनि पब्लिकले कसरी एडप्ट गर्छ भन्ने कुरालाई हामीले ध्यान दिएका छौं । विस्तारै मानिसहमा बत्तीको बिल तिर्न, सिनेमाको टिकेट काट्न वा टिभी इन्टरनेटको बिल तिर्न लाइन लाग्नुपर्दैन, काउन्टरमै जानुपर्दैन भन्ने सोच पलाएको छ । समयले परिवर्तन गर्दै जान्छ । हामीले ग्राहकको आवश्यकता अनुसार नयाँ सेवा ल्याउने र उनीहरुलाई सन्तुष्टि पार्दै जाने छौें ।

हामीले ग्राहकको आवश्यकता अनुसार नयाँ सेवा ल्याउने र उनीहरुलाई सन्तुष्टि पार्दै जाने छौें ।

यो क्षेत्रमा भएका समस्या र व्यवसायीहरुका लागि बोल्ने कुनै संस्था भए जस्तो लाग्दैन । यसमा केही गर्न सकिन्छ कि ?
हो, डिजिटल पेमेन्ट उद्योगलाई प्रतिधित्वि गर्ने संस्थाको अभाव हामीसँग छ । कम्पनीहरुमा पनि मिलेर भन्दा छुट्टा छुट्टै काम गर्ने, एकले अर्कालाई प्रतिष्पर्धीको हिसाबले मात्रै हेर्ने प्रवृत्ति छ । त्यही भएर हामी जति पनि यो क्षेत्रका व्यवसायी छौं, मिलेर एउटा एशोसिएसन वा साझा फोरम बनाउने भनेर छलफल चलाएका छांै । कसरी यहाँको व्यवसायलाई अघि बढाउने, डिजिटल पेमेन्ट इन्डस्ट्रका समस्याको व्यवस्थापन कसरी गर्ने लगायतका लागि हामीलाई साझा संस्था आवश्यक नै छ ।


अन्त्यमा, सेलपेको प्रबन्ध निर्देशकको रुपमा ग्राहक र लक्षित वर्गलाई के सन्देश दिनुहुन्छ ?
ग्राहकले खोज्ने भनेको सजिलो नै हो । अनि केही सस्तो खोज्छन् । हाम्रो सजिलो तरिका भनेको वालेटमा पैसा राखिरहनु परेन । बैंकबाट सिधै रकम ट्रान्सफर गर्न सकिन्छ । घरमै बसेर सेलपेको सेवा उपभोग गर्न सकिन्छ । रियल टाइम ट्रान्जेक्सन हुने भएकाले मर्चेन्ट वा ग्राहकले तुरुन्तै पैसा पठाउन र पाउन सक्छन् । यसकारण डिजिटल पेमेन्टको महत्व र प्रभावकारिता बढ्दै गरेको यो सन्दर्भमा हामी सबैका लागि डिजिटल पेमेन्टको सारथी बन्न चाहन्छौं ।