कीवर्डहरू -

भिजिट नेपाल २०२० लाई बिशेष प्राथमिकता दिएका छौंः अधिकारी

हाम्रो स्टल भ्रमण गरेर रेजिष्ट्रेशन गर्नेलाई १० प्रतिशत छूट प्रदान गरेका छौं । साथसाथै कसैले इन्टरनेशनल प्याकेज लिँदा त्यसमा एउटा डोमेस्टिक प्याकेज निःशुल्क प्रदान गरेका छौं ।

भिजिट नेपाल २०२० लाई बिशेष प्राथमिकता दिएका छौंः अधिकारी

निशा अधिकारी

प्रबन्ध निर्देशक, बिएन होलिडेज प्रालि

क्यान इन्फोटेकमा यो हाम्रो पहिलो सहभागिता हो । हामीले भिजिट नेपाल २०२० लाई बिशेष प्राथमिकता दिएका छौं ।

हाम्रो स्टल भ्रमण गरेर रेजिष्ट्रेशन गर्नेलाई १० प्रतिशत छूट प्रदान गरेका छौं । साथसाथै कसैले इन्टरनेशनल प्याकेज लिँदा त्यसमा एउटा डोमेस्टिक प्याकेज निःशुल्क प्रदान गरेका छौं ।

त्यसैगरी कसैले यहाँ टिकट बुक गरेमाडोमेस्टिकमा केही छूट र नगद पुरस्कारको व्यवस्था पनि मिलाएका छौं । क्यान इन्फोटेकमा बच्चादेखि वृद्धासम्म सबैले सहभागिता जनाउँछन् ।

हरेक वर्गका सहभागीले इच्छाएको स्थानमा आनन्दमयी सुविधाका साथ बिदा मनाउन अनुकूल व्यवस्था मिलाउनु नै हाम्रो लक्ष्य हो ।

जसमध्ये कम्तीमा १० प्रतिशतलाई सुविधा दिने अपेक्षा राखेका छौं । इन्फोटेकको औपचारिक ट्राभल पार्टनर हुनु पाउँदा थप उत्साहित छौं ।