कीवर्डहरू -

डिजिटल पेमेन्ट सोलुसनका लागि  पूर्वाधार विकास गरिरहेका छौं

डिजिटल पेमेन्ट सोलुसनका लागि  पूर्वाधार विकास गरिरहेका छौं

कुसुम लामा 
अध्यक्ष, प्रभु म्यानेजमेन्ट

नेपालको डिजिटल पेमेन्ट सोलुसनमा प्रभु पेको कस्तो योगदान छ ? 
हामीले प्रभु पेलाई पेमेन्ट सोलुसनको रुपमा अघि सारेका छौं । डिजिटल पेमेन्ट हुनका लागि सबैभन्दा पहिले पूर्वाधार आवश्यक पर्ने भएका कारण हामीले स्कुल, सहकारी, हस्पिटल जस्ता क्षेत्रमा पूर्वाधार पु¥याउन लागिपरेका छौं । जसका लागि डिजिटल पेमेन्ट आवश्यक छ, त्यो पहिले आफू डिजिटलमैत्री हुनुप¥यो । यसपछि मात्र डिजिटल पेमेन्ट सम्भव छ । जस्तो स्कुलले इआरपी सफ्टवेयर प्रयोग गर्न थालेपछि मात्रै प्रभु पेबाट डिजिटल पेमेन्टको काम हुने हो । स्कुल अझै एनालगमा छ भने हामीले प्रभु पे सुरु गरेर के काम ? यसर्थ हामीले डिजिटल पेमेन्ट उद्योगका लागि पूर्वाधारसँगै सेवाको अवधारणा लिएर आएका छौं । 

डिजिटल पेमेन्ट हुनका लागि सबैभन्दा पहिले पूर्वाधार आवश्यक पर्ने भएका कारण हामीले स्कुल, सहकारी, हस्पिटल जस्ता क्षेत्रमा पूर्वाधार पु¥याउन लागिपरेका छौं ।

नेपालमा पछिल्लो समय डिजिटल पेमेन्ट सोलुसनमा प्रतिस्पर्धा देखिन्छ । प्रभु पे इन्फ्रास्टक्चर डेभलपम गर्नतिर लागेर हो अलि पछि परेको ? 
अरुले के गरे, के गरेनन् भन्दा पनि हामीले के गर् यौं भन्नेतर्फ म जोड दिन चाहन्छु । बिटुबीको हकमा हामी २०१२ देखि नै काम गर्दै आएका हौं । वालेटको प्रयोगकर्ताको कुरा गर्नुहुन्छ भने आजका दिनमा हामी केही पछि नै छौं । यो विस्तारै हुने हो । तर बिजनेशको भोल्युममा नेपाल टेलिकमको डाटाअनुसार अहिले पनि दोस्रो नम्बरमा छों । हामीसँग भएको नेटवर्क नै हाम्रो मुख्य विशेषता हो । किनभने बिटुबीमा हामी २०१२ देखि नै क्रियाशील थियौं । हामी अझै पनि पहिले पूर्वाधारकै लागि सोचिरहेका छौं । हस्पिटल, स्कुल, सहकारी आदिबाट यसको सुरुवात गरिरहेका छौं । 

प्रभु पेको मुख्य विशेषता केलाई मान्नुहुन्छ ? 
प्रभु पे किन डाउनलोड गर्ने, किन प्रयोग गर्ने भन्ने सवालमा म केही भन्न चाहन्छु । पहिलो कुरा हाम्रो छुटटै पहिचान छ । प्रयोगकर्ता विस्तारै बढ्दै छन् तर ति प्रयोगकर्ता फर्केर अर्कोमा जाँदैन । उहाँहरुलाई हाम्रो सर्भिसमै रहनका लागि हामीले अरु स्किम पनि ल्याउने गर्छौं । जस्तो प्रयोगकर्ताका लागि एक्सिडेन्टल डेथ केसमा १० लाखको इन्स्योरेन्स सर्भिस दिएका छौं, जुन अरु कुनै पनि वालेट कम्पनीले गरेका छैनन् । नेपाल खानेपानीको काम, हस्पिटलको काम हामीले मात्रै गरिरहेका छौं । हामी सेक्युरिटी र टेक्नोलोजीमा बलियो छौं । 

विभिन्न प्रदेशसँगै काठमाण्डौको क्यान इन्फोटेक २०२० मा प्रभु पेको सहभागिता किन ? 
सूचना र सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूला प्रदर्शनी क्यान इन्फोटेक हो । हामीले यसलाई आफ्ना प्रडक्ट र सेवाको आमजनमानसमा प्रचारप्रसार गर्ने उत्तम अवसर मानेका छौं । यही कारण प्रभु पेले पहिलोपटक क्यान इन्फोटेकमा शीर्ष प्रायोजनसहित सहभागिता जनाएको हो ।