कीवर्डहरू -

सन् २०२० का लागि इमर्जिङ प्रविधिहरु

एआई, रोबोट देखि फाइभ जी, ड्रोन, बायोमेट्रिक्स सम्म

सन् २०२० का लागि इमर्जिङ प्रविधिहरु

सन् २०१९ पनि सकियो । सुचना प्रविधिको क्षेत्रमा यो वर्ष पनि थुप्रै नयाँ नयाँ प्रविधिहरु प्रयोगमा आए । आज हामी सन् २०२० का  उदाउँदा (इमर्जिङ) प्रविधिहरु केके हुन भन्नेबारे जानकारी दिदै छौं ।

इन्टरनेट अफ थिङ्स (आईओटी)

\"\"
आईओटीले मार्केटिङ सुधार गर्न, बिक्री बढाउन तथा लागत घटाउन आवश्यक डाटा प्रदान गरेर व्यवसायलाई परिवर्तन गर्दैछ । इन्टरनेट सँग जोडिएका सबै डिभाइसहरुलाई आईओटी भनिन्छ ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)

\"\"
एआई एउटा यस्तो प्रविधि हो जसले आफै निर्णय लिन सक्छ । एआईको माध्यमबाट ग्राहकसँग अन्तरक्रिया गर्न व्यवसायमा सजिलो हुन्छ ।

एआई प्रविधि उद्योगमा सबैभन्दा ग्रो भइरहेको प्रविधि हो । एआईले डाटा सुरक्षा, छिटो डिसिजन गर्न, शुद्घता सुधारमा विशेष भुमिका खेल्छ ।

फाइभ जी

\"\"

फाइभ जी अर्थात पाँचौ पुस्ताको इन्टरनेट, जसले  विभिन्न विद्युतिय उपकरणहरु चलाउन सहयोग गर्नेछ । यती मात्रै नभएर विरामीको रिमोट सर्जरी पनि गर्न सकिने छ ।

यो फोरजी भन्दा धेरै फास्ट हुनेछ । फाइभ जी इन्टरनेट अफ थिङ्स, कन्ट्रोल तथा अटोमेसन, फिक्स्ड वायरलेस पहुँच, स्मार्ट सवारी साधन, स्मार्टहोम, स्मार्टसिटी, एआर भिआर तथा अन्य थुप्रै काममा प्रयोग गर्न सकिन्छ ।

सर्भरलेस कम्प्युटिङ

\"\"
कुनै पनि वेबसाइटमा बनाउदा होस या मोबाइल एप्लिकेसन बनाउदा कुनै पनि डाटा सर्भरमा राखिएको हुन्छ । तर सर्भरलेस कम्प्युटिङमा तपाईलाई सर्भरको आवश्यकता पर्दैन ।

क्लाउड कम्प्युटिङमा डाटाहरु राख्ने । यसमा सर्भर व्यवस्थापन पनि गर्नु पदैन र लागत पनि कम हुन्छ ।

अहिले अमेजन वेब सर्भिसेज, गुगल क्लाउड कम्प्युटिङ तथा माइक्रोसफ्ट एजुरे जस्ता क्लाउड कम्प्युटिङ प्रचलनमा छन् ।

ब्लकचेन

\"\"
ब्लकचेन कारोबारोको लागि प्रयोग गरिने प्रविधि हो । यसबाट केही समयमै सिधै एक व्यक्ती बाट अर्को व्यक्ती कारोबारो गर्न सकिन्छ ।

यसमा कारोबारो गर्दा शुल्क पनि कम लाग्छ । यो बिटकोइन जस्तै हो । ब्लकचेनबाट पैसा पठाउन कुनै पनि बैंकको आवश्यकता पर्दैन । ब्लकचेन बिटकोइनको लागि सुरु भएको हो ।

ब्लकचेन ह्याक गर्न पनि गार्हो छ । किनभने यसलाई ह्याक गर्न एकैपटक हजारौ कम्प्युटरलाई ह्याक गर्नु पर्छ ।

रोबोटिक्स

\"\"
रोबोट आजको विश्वमा धेरै प्रयोग भैइरहेको छ । रोबोटको सहायता बाट व्यवसायलाई छिटो, कम लागत तथा धेरै दक्षता ल्याउन सकिन्छ । रोबोट एक मानव निर्मित यन्त्र हो ।

रोबोटको सफ्वेयरमा जुन प्रोग्राम राखिन्छ, तेही मात्र काम गर्न सक्छ । विश्वमा रोबोट समाचार वाचक देखि वेटरको कामको लागि प्रयोग भएका छन् ।

साउदी अरबले सोफिया रोबोटको लागि नागरीकता समेत प्रदान गरेको छ । रोबोट हिड्न सक्छ, बोल्न सक्छ, लेन्स जस्तो आखाँले सक्यान गरेर हेर्न सक्छ ।

रोबोटले कुनैपनी काम लगातार गर्न सक्ने भएकाले पनि धेरै क्षेत्रमा यसको प्रयोग बढेको छ ।

बायोमेट्रिक्स

\"\"
बायोमेट्रिक प्रणाली भनेको व्यक्तीको आँखा, अनुहार, हात आदीको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो। यसबाट कुनै पनि व्यक्तीलाई सहजै पहिचान गर्न सकिन्छ ।

बायोमेट्रिक्स भित्र फेस, फिंगरप्रिन्ट तथा रेटिना स्क्यान पर्दछन । जसले पहिचान गर्न सजिलो हुन्छ ।

थ्रिडी प्रिन्टिङ

\"\"

थ्रि डाइमेन्सिनल (थ्रिडी)  प्रिन्टिङ भनेको कुनै पनि वस्तुलाई प्रिन्ट गर्दा वास्तविक जस्तो देखिन्छ । जसलाई हामी छुन सक्छौ ।

विश्वमा यस प्रविधिको प्रयोग दिनानुदिन बढिरहेको छ । यसको प्रयोग चिकित्सा, शिक्षा लगायत अन्य विभिन्न क्षेत्रमा हुन्छ ।
भर्चुअल रियालिटी (भीआर)  र अगमेन्टेड रियालिटी (एआर)

\"\"
भर्चुअल रियालिटी र अगमेन्टेड रियालिटीमा तपाई जुन चिज देख्नुहुन्छ, त्यो चिज वास्तविक जस्तो लाग्छ । तर त्यो चिज वास्तविक हुदैन । एआर भीआर भनेको मिक्स्ड रियालिटी हो । यसमा केही वास्तविकता हुन्छ भने केही हुदैन ।

ड्रोन

\"\"
ड्रोन भनेको पनि एउटा चालक रहित विमान हो हो, जसले मानिसको कामलाई सहज पार्छ । नेपालमा पनि राष्ट्रिय आविस्कार केन्द्रले तयार पारेको ड्रोनले विकट ठाउँमा औषधी पुर्याउन सक्छ ।

त्यस्तै भर्खरै मात्र सम्पन्न भएको आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलामा पनि किसाले बालिनालीमा औषधि छर्कन मिल्ने ड्रोन प्रदर्शनी भएको थियो । जहाँ जहाँ भौगलिक विकटता हुन्छ त्यहाँ सबैभन्दा बढी उपयोगी हुन्छ ड्रोन ।