कीवर्डहरू -

वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक, प्रा.डा विश्वनाथ अग्रवालको निधन 

सन् १९४७ मा जन्मिएका अग्रवालको विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान छ । उनले हजारौ नेपाली  विद्यार्थीहरुलाई विज्ञानका विभिन्न विषयका रिसर्चमा सहयोग गरेका छन ।

वल्र्डलिंकका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक,  प्रा.डा विश्वनाथ अग्रवालको निधन 


वल्र्डलिंक कम्युनिकेसनका प्रमुख दिलिप अग्रवाललाई पितृ शोक परेको छ । दिलिप अग्रवालका पिता तथा पूर्वसांसद प्राडा विश्वनाथ अग्रवालको गत राति सानेपा स्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तत्कालीन नेपाली जनता दलबाट पहिलो संविधानसभामा प्रतिनिधित्वसमेत गरेका डा. अग्रवाल लामो समय देखी प्यारालाइसिसका बिरामी थिए ।

लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका प्रा.डा अग्रवाल रौतहट १ बाट दुईपटक चुनाव लडेका थिए भने पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विजयी भई संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।


लामो समय त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गरेका प्रा.डा अग्रवाल रौतहट १ बाट दुईपटक चुनाव लडेका थिए भने पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट विजयी भई संविधानसभामा प्रतिनिधित्व गरेका थिए ।


रौतहट गौर स्थायी घर भई हालः काठमाडौं सानेपामा बस्दै आएका अग्रवालका छोरा दिलिप अग्रवाल नेपालमा इन्टरनेट विस्तार गर्ने अभियानमा पायोनियर मानिन्छन । पारिवारिक स्रोतका अनुसार शनिबार दिउँसो १ बजे अग्रवालको पार्थिव शरीरलाई उनका छोराहरु मनोज र दिलिपले दागबत्ती दिएका थिए । अग्रवालका दुई छोरा, एक छोरी राधा र श्रीमती छन् ।


अग्रवालको निधनपछि उनलाई श्रद्दाञ्जली दिन नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाललगायत विभिन्न राजनीतिक दलका नेता, सांसद्, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरु पशुपति आर्यघाट पुगेका थिए । प्राडा विश्वनाथ अग्रवाल बायोकेमेस्ट्रिका नामि प्रोफेसर मानिन्छन । उनले सन् १९७८ मा वासिङ्टन स्टेट अफ युनिर्भसिटीबाट पिएचडी गरेका थिए ।


सन् १९४७ मा गौरमा जन्मिएका अग्रवालको विज्ञान र प्रविधिको क्षेत्रमा महत्वपुर्ण योगदान छ । उनले हजारौ नेपाली  विद्यार्थीहरुलाई विज्ञानका विभिन्न विषयका रिसर्चमा सहयोग गरेका छन । उनि नाष्टका एकेडेमिसियन पनि थिए । उनलाई अन्तराष्ट्रिय स्तरमा धेरै सस्थाहरुले सम्मान तथा अवार्ड पनि प्रदान गरेका छन । छोरा दिलिप अग्रवाल समेत आफ्ना पिताको प्रेरणाको कारण अमेरिकामा एमबिए अध्ययन गरि स्वदेश फर्केर इन्टरनेट विस्तारमा लागेको बताउछन ।

\"\"