कीवर्डहरू -

साईबर सुरक्षा र डेटाको दुरुपयोग सम्वन्धमा इ गभर्नेन्स समाजको ध्यानाकर्षण

साईबर सुरक्षा र डेटाको दुरुपयोग सम्वन्धमा इ गभर्नेन्स समाजको ध्यानाकर्षण

शासन , प्रशासन लगायत बिबिध क्षेत्रमा विद्युतिय प्रणालीको प्रयोग अनिवार्य बन्दै गैरहेको परिपेक्षमा बर्तमान संकटले यसको अनिवार्यता महत्व अझ बढाइदिएको छ। e-Governance का बिबिध पक्षहरु (G2C) , (G2B) , (G2G) , (G2E) सेवाहरुको उपयोगिता झन उच्च रुपमा सिद्ध भएको छ । साथै प्राविधिले दिएको अवसर संगै सृजित चुनौतीलाई सामना गर्न पनि उत्तिकै सचेत हुनु पर्ने जरुरी छ। हालै समाचारमा आएका Un-ethical Access तथा Data security संग सम्बन्धित कार्य उपर यस इ गभर्नेन्स समाजको गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रेस बिज्ञप्ति जारि गरेको छ .

प्रविधिले निम्त्याएको चुनौती सामना गर्न राज्य संयन्त्र ले कहिँ कतै गलत क्रियाकलाप भएको खण्डमा कानुनतः कारबाही हुने ब्यबस्था निर्माण गर्नु पर्ने समाजको धारणा छ। अनलाइनबाट समाचार हटाएको प्रकरणमा लोकतन्त्र प्रेस स्वतन्तरता संगै साईबर सुरक्षासँग सम्बन्धित केहि पेचिला प्रश्नहरु पनि उठेका हुँदा भविष्यमा यस्ता घटना दोहोरिन नदिन घटनाको सत्यतथ्य छानबिन गर्न इ गभर्नेन्स समाजले आग्रह गरेको छ।

e-Governance, e-Learning, Cyber Security, लगायतका क्षेत्रमा नेपाल सरकार तथा अन्य सरोकारवाला निकायसंग सम्वन्वय तथा सहयोगका लागि Nepal e-Governance Society (NeGS) सधै तप्पर रहेको समाजका अध्यक्ष सुरेन्द्र वस्तीले बताए ।