कीवर्डहरू -

लकडाउनमा डिजिटल प्रविधिको प्रयोग बढ्दो, उपभोत्ताहरुको गुनासो सम्वोधन गर्ने \'एकिकृत गुनासो प्रणाली\' आवश्यक 

डिजिटल सेवा उपभोक्ता अधिकारका बिषयमा अनलाइन छलफल

लकडाउनमा डिजिटल प्रविधिको प्रयोग बढ्दो, उपभोत्ताहरुको गुनासो सम्वोधन गर्ने \'एकिकृत गुनासो प्रणाली\' आवश्यक 

यतिखेर विगत १५ दिनदेखि देश लकडाउनमा छ । कोरोना संकटले निम्त्याएको यो विषम परिस्थितीमा अधिकांश कार्यालयहरु बन्द छन । धेरै कम्पनीहरुले घरबाटै काम गरिरहेको अवस्था पनि छ । यो समयमा सबैभन्दा महत्वपुर्ण प्रयोग डिजिटल प्रविधिको नै भएको छ ।


नेपालमा कोरोनाकै कारण पनि डिजिटल प्रविधि र सेवाहरुले महत्वपुर्ण स्थान पाए । इन्टरनेटको प्रयोग व्यापकरुपमा बढेको छ । यसैगरी डिजिटल बैंकिङ, अनलाइन पेमेन्ट, अनलाइन सपिङ तथा इकमर्शको महत्व र प्रयोग बढेको छ । यि यस्ता डिजिटल प्रविधिहरुको प्रयोग र यसबाट उपभोत्ता ठगिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा नेपाल नामक सस्थाले विभिन्न निकायको ध्यानाकर्षण गरिरहेको छ ।

डिजिटल प्रविधिहरुको प्रयोग र यसबाट उपभोत्ता ठगिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा नेपाल नामक सस्थाले विभिन्न निकायको ध्यानाकर्षण गरिरहेको छ ।


सेवा नेपालले लकडाउनको अवधीमा दुई पटक विभिन्न सेवा प्रदायक र नियामक निकायसँग यस विषयमा अन्तकृया सञ्चालन गरिसकेको छ । मार्च १, मार्च ४, २०२० मा सस्थाले विभिन्न सम्वन्धित निकायहरुसँग अनलाइन छलफल सञ्चालन गरिसकेको जनाएको छ । पूर्व मन्त्री गणेश शाहको सहभागितामा उपभोत्ता अधिकारका विषयहरुमा छलफल गर्दै सम्वन्धित निकायहरुलाई खबरदारी गर्ने काम गरिरहेको छ ।


मार्च १, २०२० गतेको छलफलमा लकडाउनको अवधीमा देखा परेका इन्टरनेट प्रविधिका समस्या, उपभोत्ताको गुनासोहरुको बारेमा छलफल भएको थियो ।  इन्टरनेट र दुरसंचार सेवा जस्तो परिस्थितिमा पनि संचालन गर्नुपर्ने कुरा गर्दै हामीले अहिले इन्टरनेटको सहि सदुपयोग गर्न भनिरहेको नेपाल दुरसञ्चार प्राधिकरणका प्रमुख पुरुषोत्तम खनालले अनलाइन छलफलमा बताउनुभयो ।

सेवा प्रदायकहरुले कठिन समयमा पनि सर्पोटको काम गरिरहनुभएको बताउदै उहाँले इन्टरनेट स्लो हुने समस्या केहि हदसम्म भएपनि यसले उपभोत्तालाई खासै असर नपरेको उहाँँको भनाई थियो । उपभोत्ताका गुनासोहरु सम्वोधन गर्न छुट्टै विभागले काम गरिरहेको र कम्प्लेन म्यानेजमेन्ट सिस्टम पनि सञ्चालनमा रहेको खनालले जानकारी दिनुभयो । खनालले कोरोनाको सन्दर्भ र डिजिटल सेवाको कुरा गर्दै भयो " हामी अहिले डिजिटल एरामा प्रवेश गरेका छौ" ।

\"\"

उपभोत्ताका गुनासोहरु सम्वोधन गर्न छुट्टै विभागले काम गरिरहेको र कम्प्लेन म्यानेजमेन्ट सिस्टम पनि सञ्चालनमा रहेको नेपाल दुरसञ्चार प्राधिकरणका प्रमुख पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।


यसैगरी भायानेटका प्रमुख विनय वोहोराले अहिलेको अवस्थामा फाइबर बिग्रने समस्या कम भएको र फिल्डमा सपोर्ट दिनुपर्ने अवस्थालाई विभिन्न निकाय र कर्मचारीको समन्वयमा काम गरिरहेको बताउनुभयो । सुरुका दिनमा इन्टरनेट व्याण्डविथमा केहि समस्या भएपनि विस्तारै समस्या समाधान भएको वोहोराको भनाई छ ।


कार्यक्रममा क्यानका पुर्व अध्यक्ष तथा नेपाल बैंक लिमिटेडका पुर्व आइटी चिफ शुरेश कर्णले नेपालमा डिजिटल सेवाहरु विस्तारै महत्वपुर्ण तथा अत्यावश्यक सेवाको रुपमा आइरहेको बताउनुभयो । सन् २००२ मा कुमारी बैंकले पहिलोपटक अनलाइन बैकिङ सुरु गर्दा थुप्रै कठिनाई भोग्नु परेको सन्दर्भ सुनाउदै अहिले उपभोत्ताहरु पनि सचेत भइरहेको बताउनुभयो ।

कारोना सुरु भएको बखत चीनमा नै रहेको रहेको अनुभव सुनाउदै उहाँले त्यहा प्रयोग भएका डिजिटल सेवा तथा प्रविधिहरुले कोरोना संकटका बेला महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । अनलाइन छलफलमा सानिमा बैंकका डिजिटल बैकिङ प्रमुख बिक्रम श्रेष्ठको पनि सहभागिता रहेको थियो । अधिवक्ता बाबुराम अर्यालले डिजिटल प्रयोगकर्ता र उपभोत्ताको अधिकारका विषयमा कानुन र पोलिसीले कसरी कनेक्ट गरेको छ भन्ने विषय राख्नुभएको थियो । उहाँले अब एकिकृत कम्प्लेन म्यानेज्मेन्ट प्रणालीको विकास गरि सबैसँग समन्वय गरि काम गर्नुपर्ने आवश्यत्ता औल्याउनुभयो ।

यसैगरी छलफलमा प्रा. डा मनिष पोखरेलले अहिले अनलाइन शिक्षा र इ लर्निङको उपयुक्त समय रहेको र यसको लागि विश्वविद्यालयहरुले काम गर्नुपर्ने विचार राख्नुभयो । यसैगरी क्यान महासंघका महासचिव नारायण थापाले अहिलेको अवस्थामा सेवा प्रदायकले कसरी गर्नुपर्छ भन्ने विषयमा आफ्नो विचार राख्नुभएको थियो ।


मार्च ४, २०२० मा भएको छलफलमा पनि उपभोत्ताको अधिकार र यसलाई सम्वोधन गर्ने कुराहरु उठेका थिए । पहिलो छलफलमा ९ जनाको सहभागिता रहेको थियो भने दोश्रो छलफलमा २३ जना विभिन्न क्षेत्रका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । दोश्रो सेसनमा एनटिएका प्रमुख पुरुषोत्तम खनालसँगै आइटी विज्ञ मनोहर भट्टराईले पनि छलफलमा सहभागिता जनाउनुभएको छ । कन्जुमर प्रोटेक्सन अधिकारको लागि धेरै काम गर्नुपर्ने भट्टराईको भनाई थियो । यसको लागि सबैलाई समेटेर एउटा फ्रेमवर्क ल्याउनुपर्ने उहाँको भनाई थियो ।


आइटी विज्ञ रोमकान्त पाण्डेले विभिन्न सेवा प्रदायकका बारेमा सेक्युरिटी इस्युज र डेटा प्रोटेक्सनका बारेमा पनि छलफल गर्नुपर्ने बताउनुभयो । यसैगरी डिजास्टारको समयमा आइटीको विभिन्न माध्यम र प्रविधिबाट काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभयो । यसैगरी विभिन्न १६ जनाले छलफलमा सहभागिता जनाउनुभएको थियो । प्रविधि पत्रकारहरुको पनि सहभागिता रहेको छलफलमा उपभोत्ता अधिकारका विषयलाई प्राथमिकताको साथ अघि बढाउने निचोड रहेको पुर्वमन्त्री गणेश शाहले बताउनुभयो ।

कार्यक्रमको संयोजन पुर्वमन्त्री गणेश शाह र सञ्चालन हेमपाल श्रेष्ठले गरिरहनुभएको छ ।  यसैगरी तेस्रो छलफल कार्यक्रम आज माच ७ मा सञ्चालन हुदैछ । दिउसो १.३० बजे जुम मार्फत सञ्चालन हुने छलफल कार्यक्रममा आज प्रा.डा सुवर्ण शाक्य, सेक्युरिटी विज्ञ राजनराज पन्त र आइटी जानकार राजेन्द«मान बनेपाली, प्रमोद पराजुली लगायतको सहभागिता र प्रस्तुती रहनेछ ।