कीवर्डहरू -

सरकारले सुरु गरेको अनलाइन फुड डेलिभरी वेबसाइटमा बदमासी, वेबसाइट होस्टिङ भारतमा, इमेल सेवा जिमेलमा 

सरकारले सुरु गरेको अनलाइन फुड डेलिभरी वेबसाइटमा बदमासी,  वेबसाइट होस्टिङ भारतमा,  इमेल सेवा जिमेलमा 

नेपाल सरकारले हिजोदेखि सुरु गरेको खाद्यान्य डेलिभभरी पोर्टलमा बदमासी गरेको भेटिएको छ । nepalfood.gov.np को नाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुरु गरेको वेबसाइट डिजिटल ओसियन होस्टिङ सर्भरमा होस्ट गरिएको छ । यद्यपी, नेपालका सरकारी डोमेन तथा वेबसाइटहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था छ । सरकारले सरकारी वेबसाइट सकेसम्म सरकारी डेटा सेन्टर वा नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था गरेपनि अनिवार्य भने गरेको छैन ।


वेबसाइटमा राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी)को नेम सर्भर प्रयोग भएपनि डेभलपर कम्पनीले वेबसाइट आफुले सेवा लिरहेको विदेशी निजी कम्पनीमा होस्टिङ गरिएको पाइएको छ । भारतमा सर्भर रहेको डिजिटल ओसियनमा वेबसाइट होस्ट गरिएको छ । काठमांडौको शंखमुलमा रहेको Pasls नाम गरेको कम्पनीले वेबसाइट डेभलपमेन्ट तथा होस्टिङ सेवा प्रदान गरेको देखिन्छ ।

\"\"

वेबसाइटमा सेक्युरिटीका इस्युजहरु रहेको हुनसक्ने साइबर सुरक्षाका एक जानकारले बताए । यसमा जिमेलको अधिकारिक प्रयोग गरिएको छ । सरकारी वेबसाइटहरुको सेक्युरिटी अडिट नहुनु र जिमेलको प्रयोग गर्नु खेलाचीपन भएको अधिवत्ता बाबुराम अर्यालले बताए । साधारणतया, सरकारी प्रयोजनमा सरकारले उपलब्ध गराउने आधिकारिक इमेल सञ्चालन गर्नुपर्ने हुन्छ ।

नेपालका सरकारी डोमेन तथा वेबसाइटहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था छ । सरकारले सरकारी वेबसाइट सकेसम्म सरकारी डेटा सेन्टर वा नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था गरेपनि अनिवार्य भने गरेको छैन ।


सरकारले जारी गर्ने तयारीमा रहेको आइटी विधेयकमा भने सरकारी वेबसाइट तथा इमेल सेवा स्वदेशभित्रकै डेटा सेन्टरमा राखिनुपर्ने प्रावधान छ । यद्यपी विधेयक मन्त्रीपरिषदबाट पारित भइसकेको छैन । अहिलेसम्मको प्राक्टिसमा महत्वपुर्ण सरकारी वेबसाइट सरकारको स्वामित्वमा रहेको जिआइडिसीको सर्भरमा होस्ट गर्ने भनिएको छ तर अनिवार्य नभएको नेपाल सरकारका एक उपसचिवले बताए ।

अहिलेसम्म यसमा नीगित व्यवस्था भएपनि अब आउने विधेयकले यसलाई समेट्ने उहाँको भनाई छ । कुनै इर्मजेन्सीमा सरकारी वेबसाइट वाहिर कतै होस्ट भएपनि सेक्युरिटी अडिट र डेटा प्रोटेक्सनमा सरकारी गाइडलाइन्स अनुसार हुनुपर्ने बताइएको छ । केहि समयअघि स्मार्ट लाइसेन्सका डेटाहरु विदेशी कम्पनीसँग रहेको भन्दै चर्को आलोचना भएपछि सरकारले सरकारी डोमेनहरु नेपालभित्रै होस्ट गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको थियो । तर, आइटी विधेयक अहिलेसम्म नआउदा अझै अन्योल र स्पष्ट नीति नियम आउन सकेको छैन ।

\"\"
लिमिटेडले सुरु गरेको वेबसाइटबाट उपभोत्ताले आवश्यक खाद्यय सामग्री अर्डर गर्नेसक्ने व्यवस्था गरिएको छ तर अहिलेसम्म वेकल २ वटा प्रडक्ट (चामल र सिमी) राखेर झारो टार्ने प्रयास गरिएको छ । काठमाण्डौं रिङरोडभि मात्र डेलिभरी हुने र कम्तीमा २ हजारको समान अर्डर गर्नुपर्ने प्रावधानले पनि यो सेवा समान्य जनता तथा उपभोत्ताको लागि प्रभावकारी नहुने देखिन्छ ।

बुधवारमात्र नेपालमा भायानेट कम्युनिकेशनका १ लाख ६० हजार बढि प्रयोगकर्ताको डेटा वाहिरिएको छ । यसैगरी केहि समयअघि फुडमाण्डुको ५० हजारबढि डेटा चोरी भएको थियो । डेटा सेक्युरिटी तथा साइबर क्राइमको चर्को वहस भइरहेको बेला सरकारले सुरु गरेको वेबसाइटमा नै खेलाची गरिएकोले यसको प्रभावकारिता र सुरक्षामा धेरैले चासो व्यक्त गरेका छन  । संकटको बेला अनलाइनमा सरकारले डेलिभरी सेवा सुरु गर्नु राम्रो भएपनि पुर्ण तयारीका साथ सेवा सञ्चालन गरेको भए सेक्युरिटीको प्रश्नसँगै उपभोत्ताको गुनासो कम हुनेथियो ।