कीवर्डहरू -

अनलाइन कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई पोखरा महानगरपालिकाको निर्देशन

अनलाइन कक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई पोखरा महानगरपालिकाको निर्देशन

पोखरा महानगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ ।

पोखरा महानगरपालिकाको शिक्षा शाखाले बिहीबार एक सूचना जारी गर्दै विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

\"\"

‘अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच  नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृती निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकहरुलाई मानसिक दबाब समेत पर्ने गरेकाले त्यस्ता कक्षाहरु बन्द गराउन पोखरा महानगरपालिकामा उजुरी दर्ता हुन आएकोले हाल विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न र पोखरा महानगरपालिकाको अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न नगराउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ’ उक्त सूचनामा भनिएको छ ।

लकडाउनमा धेरै शिक्षण संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । केही दिन अगाडि मात्रै त्रिभुवन विश्वविद्यालयले आफ्ना सबै आंगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पसलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको थियो ।