कीवर्डहरू -

लाभाको नयाँ स्मार्टफोन आर ३ अब नेपाली बजारमा

लाभाको नयाँ स्मार्टफोन आर ३ अब नेपाली बजारमा

लाभाले केहि समय अघि मिडरेन्ज स्मार्टफोन लाभा ए ३ सार्वजनिक गरेको थियो । यो सेटमा उत्कृष्ट क्यामेरा,फिंगरप्रिन्ट सेन्सर लगायत अन्य थुप्रै राम्रा राम्रा फिचरहरु समावेश गरेको थियो । कम्पनिले उत्कृष्ट स्मार्टफोनहरु भित्र्याउने क्रमलाई जारि राख्दै फेरी अर्को लाभा आर ३ सार्वजनिक गरेको छ ।

लाभाले नेपालमा सार्वजनिक गरेको यो नयाँ ह्यान्डसेटमा ५.७ इन्च आइपिएस एलसीडी एचडी डिस्प्ले रहेको छ । यसको एक्स्पेक्टेड रेसीयो १८:९ रहेको छ । मिडियाटेक एमटि ६७३७ को चिपसेट प्रयोग भएको यो स्मार्टफोनमा क्वाडकोर १.३ जिएचजेड प्रोसेसर प्रयोग भएको छ ।

लाभा आर ३ मा ३ जीबी र्याम छ भने यसमा ३२ जीबी अनबोर्ड स्टोरेज छ । साथै यो ह्यान्डसेटमा क्यामेराको कुरा गर्ने हो भने यसमा एलइडी फ्ल्याश,रियलटायम बुके इफेक्ट सहितको ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र १३ मेगापिक्सेलको रियर क्यामेरा छ ।

लाभाको यो नयाँ आर ३ मा ०.२ सेकेन्डमानै खुल्ने फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसका साथै फोनमा फेस आइडी फिचर समेत राखिएको छ । फेस आइडीबाट ०.८ सेकेन्डमा नै फोन  अनलक गर्न सकिन्छ ।

फोनमा ३००० एमएएचको नन् रेमुभेबल ब्याट्रीको प्रयोग भएको हुँदा गेम खेल्न तथा भिडियोहरु हेर्नका लागि ब्याट्रीले राम्रो ब्याकअप दिन्छ । नेपाली बजारमा यो फोनको मूल्य रु.१८ हजार ४ सय ९९ तोकिएको छ । यसका साथै फोन ब्ल्याक र ब्लु कलरमा उपलब्ध छ । लाभाको यो नयाँ सेटले नेपाली बजारमा अन्य ब्राण्डका बजेट फोनहरुसँग प्रतिस्पर्धा गर्ने छ ।