कीवर्डहरू -

घरबाटै रोजगारी – घरमै कामदार

जागिर पाउने डिजिटल प्लाटफर्म – एप्स मार्फत रोजगारी

घरबाटै रोजगारी – घरमै कामदार

गतिशील संसारमा हरेक क्षण परिवर्तनहरु भइ रहन्छन । विकल्प के भन्दा, अङ्गीकार गर्दै लैजानु मात्र हो । परिवर्तन कहिले राम्रो हुन्छ भने कहिले नराम्रो हुदै जान्छ, तर हरेक परिवर्तनले उन्नति तिर नलगेर कहिले काही बिनाश तिर पनि लैजान्छ ।

कोरोना भाइरस २०१९ को माहामारी फैलीए संगै यसले बिकराल रुप लिदै आयो र विभिन्न कल कारखाना, उध्योग धन्दा, सेवा, पर्यटन आदि व्यवसायलाई धरासाई बनायो । धेरै व्यवसाय यसबाट उल्किन नसक्ने स्थितिमा आएका छन् भने प्रबिधिको प्रयोग मार्फत होम डेलिभरी, खाना डेलिभरी, सेनिटाइजर, मास्क, इन्टरनेट, इन्टरनेट बैंकिंग, भिडियो कॉन्फ्रेंसिंग एप्स, तरकारी डेलिभरी आदि जस्ता अतिआवश्यक तथा बाध्यताले सृजना गरेका ब्यापार र उत्पादनले राम्रो बजार पाए । संचित गरेको रकम खर्च गर्ने ठाउँ खासै भएन । विलासिता भन्दा पनि आवश्यकताले मात्र बजार बनाएको अवस्था छ । समग्रमा डिजिटल प्लाटफर्मले मात्र कनेक्टिभिटीलाइ बचाएर लग्यो । जसमा तरकारी किन्ने र बेच्ने, अनलाइन मर्फात रकम ट्रान्सफर गर्ने, मोबाइल पेमेन्ट, आदि जस्ता प्रबिधिक प्रयोगको माग बढ्यो ।

\"श्रियोग श्रियोग डटकमका संचालक - प्रकाश उप्रेती

अब आउने दिनहरुमा रोजगारीको तौर तरिकामा बेग्लै नीति आउने छ । विकसित राष्ट्रहरुमा जस्तै पार्ट टाईम काम वा भनौ समय मापन गरेर गराउने कामले ठुलो स्थान पाउने छ ।

अब आउने दिनहरुमा रोजगारीको तौर तरिकामा बेग्लै नीति आउने छ । विकसित राष्ट्रहरुमा जस्तै पार्ट टाईम काम वा भनौ समय मापन गरेर गराउने कामले ठुलो स्थान पाउने छ । बिगतका दिनमा भन्दा आजकल कन्ट्रयाक बेसीसमा (निश्चित समयका लागि) काम गराउन थालियो भने अब पहिलाको जस्तो रोजगारीको माहोल बन्न सक्ने स्थिति छैन । होटेल, पर्यटन, विभिन्न कलकारखाना आदिले रोजगारी कटौती गरे, विभिन्न संघ संस्था बन्द भएको छ ।

आउने दिनमा अत्यावश्यक छेत्रमा मात्र रोजगारीको अवसर छ । विभिन्न सामानको डेलिभरी, खाध्यान्नको डेलिभरी, सानो काम अनि तेसै संग सम्बन्धित कामहरुले प्राथमिकता पाउछन । समग्रमा भन्दा अब  आवश्यकता नै अवसर हो ।

श्रीयोग डट कमले दिने सेवा

सन् २०१६ मा स्थापित “Sriyog.Com”, पार्ट टाईम काम गर्ने व्यक्ति र काम गराउने व्यक्तिलाइ डिजिटल प्लाटफर्म मार्फत जोड्ने गुगलको जिओ लोकेशनमा आधारित एप्स हो । यो वेब ब्राउजर र मोबाइल फोन एप्स दुवैमा उपलब्ध छ । जसमा काम खोज्ने र काम गराउने व्यक्ति एक आपसमा जोडिनु हुन्छन । १५० भन्दा बढी पेशा संग सम्बन्धित व्यक्तिहरुले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर रजिस्टर गर्नु पर्दछ । रजिस्टर गरे पश्च्यात सो व्यक्तिलाइ काम गराउन खोज्ने व्यक्तिले आफ्नो काम गराउन सम्पर्क गरि काम लगाउन सकिन्छ ।

उदाहरणको लागि राम थापा भन्ने व्यक्तिले प्लाम्बिंगको तालिम लिनु भएको छ र उहाँ कामको खोजिमा हुनु हुन्छ । उहाँ काठमाण्डौको संखमुलमा बस्नु हुन्छ । उहाँले आफ्नो विवरण “Sriyog.Com” मा भर्नु भएको छ ।   संखमुलमा नै बस्ने श्याम बस्नेत भन्ने व्यक्तिको घरमा प्लंबिंग सम्बन्धि काम परेको बेला श्याम बस्नेतले “Sriyog.Com” को डिजिटल प्लाटफर्ममा गएर जियो लोकेशन सिस्टम अनुसार राम थापा अनि राम थापा जस्ता विभिन्न प्लाम्बिंग गर्ने व्यक्तिहरुलाइ संखमुलमा भेट्नु हुन्छ ।

यती मात्र नभई, काम र काम संग सम्बन्धित दक्ष जनशक्तिले आफु फुर्सदिलो वा बेफुर्सदिलो भएको जानकारी समेत त्यहाँ राख्न सकिन्छ । जसले गर्दा काम गराउने व्यक्तिहरुलाइ काम गराउनको लागि को फुर्सदिलो वा को ब्यस्त भन्ने जानकारी हुन्छ । क्यालेन्डर सिस्टममा समेत येस्ता जानकारी राख्दा कसैलाई भेट्ने व्यवस्था अनि त्यस बारेको भेट्ने समय आदि जस्ता कुरा सहजै देख्न सकिन्छ । अबका दिनमा डिजिटल प्लाटफर्म मार्फत मान्छेले काम गर्ने वातावरण बनाउनु पर्ने जरुरी हुन्छ । किन कि काम खोज्न र कामदार खोज्ने प्रक्रिया हिजो जस्तो सहज नभई अलि झन्झटिलो हुन्छ ।

\"\"

लकडाउन कै बेला डेलिभरीका विभिन्न डिजिटल प्लाटफर्म देखियो । आवश्यकताले बाध्यतालाइ निम्त्याउदै घरमै छोराले बुवाको, श्रीमतीले श्रीमानको कपाल काटेको देखियो । लकडाउन हुदै वा आगामी दिनमा Sriyog.Com को डिजिटल प्लाटफर्म मार्फत गरिने अतिअवाश्यक कामहरु निम्न छन् । जसलाई डिजिटल प्रबिधि मार्फत वा अन्य तरिकाबाट समेत प्रयोगमा ल्याउन सकिन्छ ।

बिशुद्द रुपमा काम गर्ने र काम लगाउने बीचको समझदारी अनि सम्झौतामा कुनै पनि तेस्रो पक्षको कमिसन, कुनै रकम वा बिचौलिया मार्फत रकम भुक्तानी नभई रोजगार दाता र काम गर्ने दक्ष जनशक्तिलाइ जोडने जियो लोकेशन सिस्टममा आधारित डिजिटल प्लाटफर्म हो ।

१८ समूह अनि त्यसै भित्र पर्ने १५० भन्दा बढी उपसमूहमा कसैको घर, अफिस वा अन्य कुनै ठाउँमा काम परेको खण्डमा काम गराउने व्यक्तिले काम गर्ने व्यक्तिलाइ यसै डिजिटल प्लाटफर्मको जिओ लोकेशन वेष्ट प्लाटफर्मबाट नजिकको व्यक्तिलाइ काम गर्नको लागि बुकिंग गर्न सक्नेछन ।

Sriyog.Com” मा गइ आफुलाई चाहिएको स्थान अनुसार काम गर्ने समूह खोजि त्यसभित्र भएका दक्ष जनशक्तिहरु मद्धे आफ्नो निकटतम कसैलाई सम्पर्क गरेर कामको बारेमा जानकारी लिन सकिन्छ ।

काम कसरी पाइन्छ ?

हरेक व्यक्ति संग कुनै न कुनै सिप हुन्छ । तेसलाई सही समयमा सही तरिकाले भजाउन भने सक्नु पर्दछ । आफु संग सम्बन्धित कुनै सिपलाइ “Sriyog.Com” को डिजिटल प्लेटफर्ममा दर्ता गर्न “रजिस्टर” भन्ने पेजमा गइ आफ्नो विवरण भर्नु पर्दछ । विवरण भरे पश्च्यात आफ्नो प्रोफाइलमा गइ अन्य सिप र जानकारी राख्नु पर्ने छ । सो जानकारी तपाई संग मिल्ने सिप र स्थान अनुसार खोज्ने व्यक्तिले आफुलाइ चाहेको खण्डमा खोजेर काम गर्ने व्यक्तिलाइ सिधा सम्पर्क गर्नु हुनेछ ।

कामदार कासरी खोज्ने ?

“Sriyog.Com” मा गइ आफुलाई चाहिएको स्थान अनुसार काम गर्ने समूह खोजि त्यसभित्र भएका दक्ष जनशक्तिहरु मद्धे आफ्नो निकटतम कसैलाई सम्पर्क गरेर कामको बारेमा जानकारी लिन सकिन्छ । काम गराइसके पछि त्यस्तो व्यक्तिलाइ रेटिंग र रीभ्यु (मूल्यांकन र समीक्षा) समेत गर्न सकिनेछ ।

लकडाउनकै समयमा उच्च प्राथमिकतामा रहेको खाना डेलिभरी, ग्यास डेलिभरी, दुध पुर्याउने, तरकारी डेलिभरी, पानी डेलिभरी जस्ता डेलिभरी गर्ने र त्यो संग सम्बन्धित व्यक्तिहरुले आफ्नो विवरण आफ्नो स्थान अनुसार राखेको खण्डमा नजिकको व्यक्तिले अर्डर गर्न सक्ने व्यवस्था हुन्छ ।

के-के को लागि अवसर छ ?

लक् डाउनले गर्दा विभिन्न पेशा अनि समूहलाइ असर गरे पनि दैनिक जीवनमा अतिआवश्यक केहि समूहहरुलाइ भने अनलाइन मार्फत वा सुरक्षाको पालना गरेर त्यो समूह संग सम्बन्धित कामहरु गर्न सकिन्छ । रोजगारी हुन चाहानेले आफ्नो विवरण दर्ता गर्न सक्नेछन ।

लकडाउनमा कपाल काट्ने नाईको धेरै खाचो पर्यो । नेपाली समाजमा धेरै अगाडी देखि घर मै गएर कपाल काट्ने चलन चलेको थियो तर सम्पर्क गर्ने वा कुनै गतिलो माध्यम नभएकोले गर्दा यो धेरै देख्न पाइएको थिएन तर यसको अवसर प्रचुर मात्रमा भएको हामी सबैले देख्यौ । अनलाइन मार्फत नृत्य प्रशिक्षक, फिटनेस प्रशिक्षक, फिजियोथेरापिस्ट, निक्कै दिन देखि बन्दको मारमा परेको स्थानको बाथरुम सफाई गर्ने । कुनै पनि स्थानमा गएर बाइक धोई दिने, गाडी धुने, कार्पेट धुने, सानो बगैंचा सफाई गर्ने, घर वा अफिस सफा गर्ने, कसैको घर, होस्टेल वा कुनै पनि ठाउँमा गएर कपडा धुने, सेफ्टी ट्यांक सफाई आदि जस्तै प्राबिधिकहरुले “Sriyog.Com” को डिजिटल प्लाटफर्म मार्फत काम गर्न सक्नेछन ।

लकडाउनकै समयमा उच्च प्राथमिकतामा रहेको खाना डेलिभरी, ग्यास डेलिभरी, दुध पुर्याउने, तरकारी डेलिभरी, पानी डेलिभरी जस्ता डेलिभरी गर्ने र त्यो संग सम्बन्धित व्यक्तिहरुले आफ्नो विवरण आफ्नो स्थान अनुसार राखेको खण्डमा नजिकको व्यक्तिले अर्डर गर्न सक्ने व्यवस्था हुन्छ ।

लकडाउन खुकुलो हुदै जादा अब दैनिक जीवनमा फोटोग्राफर, नयाँ सृजना वा केहि नयाँ ब्यापार गर्न आल्मुनियम फेब्रिकेटर, कारको सुरक्षा गर्न घर वा अफिसमा कार पोर्च, कुनै पनि काठको काम गर्न काठ मिस्त्री, कार्पेट हाल्ने, कटेज बनाउने, ग्रील र सटर, मार्बल र टायल, रङ लगाउने, प्रि फ्याब निर्माण, ठेकेदार, तारबार लगाउने सम्बन्धि प्राबिधिकहरुको खाचो यसै डिजिटल प्लाटफर्म मार्फत परिपूर्ति गर्न सकिनेछ ।

महामारी संगै सुचना प्रबिधि संग सम्बन्धित इन्टरनेट कनेक्शन, ति संग सम्बन्धित डिभाइस, मोबाइल एप्सहरु, जुम , गुगल मिट आदिको धेरै नै प्रयोग भयो । आइ टि कै युगमा आइ टि संग सम्बन्धित समूहहरुलाइ हामीले उच्च प्राथमिकतामा राखेका छौं जस मध्य क्याड-क्याम, सिसि क्यामेरा टेक्निसियन, कम्प्युटर सिकाउने, डिजिटल मार्केटिग, ग्राफिक डिजाईनर, आइटि सपोर्ट, सफ्टवेयर बनाउने, टाईपिस्ट – अंग्रेजी, टाईपिस्ट – नेपाली, वेबसाइट बनाउने आदि सूचना प्रबिधि काम बिशेष संवाहक हुन् । यसै संग सम्बन्धित व्यक्तिहरुले आफ्नो विवरण राखी त्यस अनुसारको सेवा दिन सक्नेछन ।

\"\"

साथै घर वा अन्य कुनै ठाउँमा गएर रगतको नमुना संकलक , केयर गिभर , डाक्टर , मेडिकल असिस्टेन्ट , नर्स , भेटेरिनरी सेवा, माली , लेबर , कामकाजी महिलाहरु , बच्चा हेर्ने , लुगा धुने , कुक , भाँडा माझ्ने , दुना टपरी गास्ने , घर सरसफाई , घरको काम गरिदिने , सेलरोटी पकाउने , सुत्केरी स्याहार्ने आदि जस्ता सेवा दैनिक जीवनमा सधैँ काम पाउने पेशाहरु हुन् जुन काम भन्दा पनि सेवाको भावनामा केन्द्रित हुन्छ ।

निर्माणको काममा सरकारले सुचारु गर्नु पर्ने भन्दै यसलाई केहि हद सम्म सहज बनाउदै लिएर आएको छ ।   जस मध्य जेसिवी अपरेटर , इट / ईट्टा सप्लाई , गिट्टी बालुवा सप्लाई , सम्बन्धि काम गर्ने के आफ्नो विवरण दर्ता गर्न सक्नेछन ।

लकडाउनले गर्दा अब बिस्तारै डेरा सार्ने , पेस्ट कन्ट्रोल , लेखा सहयोगी , बिजनेश डेब्लपर , कुकुर ट्रेनर , बिजुली मिस्त्री , अग्नि नियन्त्रक , ट्युसन शिक्षक , ईन्सुरेन्स एजेन्ट , कानुनी सेवा , संगीत गुरु , नेपाली शिक्षक , प्लम्बर, सुरक्षा गार्ड , कर बिशेषज्ञको खाचो पर्न जान्छ । गर्मिको मौसममा कल गाड्ने अनि पानी सुक्ने हुनाले दैनिक जीवनमा हामी तेस्तो प्राविधिकको खोजिमा हुन्छौ । साथै एसि, फ्रिज बनाउने , कम्प्युटर बनाउने, बिजुली मिस्त्री, काठ मिस्त्री (मर्मत), ग्याँस स्टोभ मर्मत, ईन्भर्टर-ब्याट्री मर्मत, मोटर / पानी तान्ने पम्प मर्मत, प्लम्बर (मर्मत), टिभी तथा ईन्टरनेट मर्मत, पण्डित र पूजारी, एम्बुलेन्स, साईकल भाडामा, एस्काभेटर भाडामा, माईक्रो बस भाडामा, शव-बाहन सम्बन्धिका प्राबिधिकहरु पनि दैनिक जीवनका अपरिहार्य व्यक्तिहरु हुन् ।

कोही कामको खोजिमा सधैँ भौतारिदै रहेको स्थिति छ भने कोही कामदारको खोजिमा, अझै बैदेशिक रोजगारबाट फर्केर आउने व्यक्तीहरुलाई  समेटेर विकास निर्माण साथै अन्य कुरामा समाबेश गर्ने हो भने देशले आयात भन्दा पनि निर्यातमा केन्द्रित हुन सकिन्थ्यो ।