कीवर्डहरू -

आँखाको स्क्यान बाटै मुटुको बिराम पत्ता लगाउने गुगलको एआइ टेक्नोलोजी

आँखाको स्क्यान बाटै मुटुको बिराम पत्ता लगाउने गुगलको एआइ टेक्नोलोजी

टेक्नोलोजीको दुनियामा गुगलले ठुलो परिवर्तन गरेको छ । गुगलले एउटा एस्तो टेक्नोलोजीको आविष्कार गरेको  छ,जसको मद्दतले आँखाको स्क्यान गरेरनै मुटुको बिमारी छ वा छैन् जाँच गर्न सकिन्छ । वास्तवमा गुगलले आर्टीफिसियल इन्टेलीजेन्स(एआइ) को मद्दत यसको टेक्नोलोजीको विकास गर्न सफल भएको हो ।

आँखाको स्क्यान गरेर मुटुको बिराम पत्ता लगाउने गुगलको यो एआइ टेक्नोलोजीको यो भन्दा बाहेक अर्को एउटा बिशेषता पनि रहेको छ । यसले आँखाको रेटिनाको स्क्यान गरेर बिरामीको सम्पूर्ण जानकारी प्रदान गर्द्छ। अर्थात् बिरामीको धुम्रपान सम्बन्धि आदत छ,वा छैन्,बिरामीको उमेर,रक्तचाप सम्बन्धि सम्पूर्ण जानकारी यो टेक्नोलोजीको मद्दतले थाहा पाउन सकिन्छ ।

यिनै जानकारीको आधारमा कुनै व्यक्तिको मुटु सम्बन्धि बिरामी छ वा छैन् पत्ता लगाउन सकिन्छ । Nature Journal Biomedical Engineering मा प्रकाशित एउटा समाचार द्वारा प्राप्त जानकारीमा यो रिसर्च गुगल र यसको सहायक कम्पनिका केहि बैज्ञानिकहरुले गरिरहेको बताइएको छ ।

हाल वैज्ञानिकहरुले लगभग तीन लाख बिरामीहरुमा यो उपचार पद्दतिको परिक्षण गरिसकेका छन् । परिक्षण अवधिमा वैज्ञानिकहरुलाई प्राप्त भएको सफलताले यो प्रक्रिया लगभग सफल भएको घोसणा भएको छ । गुगलको यो एल्गोरिथमलाई अब सर्बसाधारणहरुको लागि पनि सुरु गरिने बताईएको छ ।

यसको साथै आँखाको स्क्यान गरे संगै कुनै व्यक्तिलाई हृदयघात हुने कति सम्भावना छ भन्ने बिषयमा पनि ध्यान राखिएको छ । यस्तोमा यदि यो उपचार पद्दति सफल भएमा टेक्नोलोजीको क्षेत्रमा यो एउटा कोषेढुंगा सावित हुन सक्छ ।