कीवर्डहरू -

कृषिमा डिजिटलाइजेसनको अपरिहार्यता (कार्यक्रमको भिडियो सहित)

कृषकलाई डिजिटल तथ्यांकमा समावेश गर्र्दै प्रविधिसँग जोड्न आवश्यक रहेको विज्ञहरूको सुझाव 

कृषिमा डिजिटलाइजेसनको अपरिहार्यता (कार्यक्रमको भिडियो सहित)

नेपालमा करिब ७० प्रतिशत मानिसहरू आश्रित रहेको कृषि पेशा प्रविधिकोे प्रयोग, माग र आवश्यकता अनुसार प्रविधिमैत्री हुँदै जानुपर्नेमा शनिवार आयोजित डिजिटल संवादमा जोड दिइएको छ । कृषिको डिजिटलाइजेसन भनेको के हो ? यसका आयामहरू के के हुन, यसबाट कृृषकलाई के फाइदा हुन्छ तथा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा छलफल सम्पन्न भएको थियो ।

ब्लकचेन, कृषिमा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै डिजिटलाइजेसन गर्नुपर्ने आवश्यकता, यसको सम्भावना र चुनौतीको बारेमा पनि छलफलले जोड दिएको छ । डिजिटल नेपाल फ्रेमवर्क २०१९ मा समेत कृषि क्षेत्रका पहलहरूमा प्रविधिको प्रयोग गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरू रहेका छन् ।

अब कृषिलाई उच्च प्राथमिकता दिएर युवालाई यसतर्फ आकर्षित गर्दै नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने पूर्वमन्त्री गणेश शाहले बताए । कृषिबाट उच्च फाइदा लिन आइसिटी महत्वपूर्ण टुल्सको रूपमा प्रयोग हुने शाहको भनाइ छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बिमप्रसाद श्रेष्ठले अरू देशहरू एग्रिकल्चर ४.० को अवधारणामा गइसकेको हुँदा हामीले पनि प्रविधि प्रयोगलाई अत्यावश्यक बनाउनुपर्ने बताए । कृृषकका समस्याहरूको समाधान, निर्णय गर्नसक्ने वातावरण र उत्पादनको बजारीकरणको लागि आइसिटीको प्रयोग महत्वपूर्ण हुने उनको भनाइ छ ।

\"\"

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव शवनम शिवाकोटीले सरकार डिजिटलाइजेसनको प्रोसेसमा सँगै रहेको र केही कामहरू अघि बढिसकेको बताइन् । उनले स्वयल म्यापिङ, रासायनियक मलको ट्र्याकिङ, डिजिटल इन्फरमेशन सिस्टमको विकास, रोगकिराको बारेमा अलर्ट गराउने जस्ता कामहरू सुरु भएको जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनालले सरकारको योजना र कार्यान्वयनसँग किसानको आवश्यकता तालमेल नहुँदा उपलब्धि हासिल हुन नसकेको बताए । उनले कृषि मन्त्रालयले विभिन्न निकाय, निजी क्षेत्र र कृषकसँग समन्वय गर्दै प्रविधिमैत्री कृषि बनाउन काम गर्नुपर्ने सुझाव दिए । यसैगरी कृषि सूचना तथा तालिम केन्द्रका प्रमुख डा. श्रीराम घिमिरेले कृषककोे आवश्यकता र समयको माग अनुसार काम गर्न नसकेको स्वीकार गरे । उनले भने, ‘अब प्रादेशिक संरचनामा पनि तालिम केन्द्रहरू विकास भइरहेको हुँदा स्थानीय कृषकका समस्या समाधान र मागलाई सम्बोधन गर्न केन्द्रले मन्त्रालयसँग समन्वय गर्दै काम गर्नेछ ।


डिजिटल संवादको १२औं श्रृंखलामा कृषिमा डिजिटलाइजेसन विषयको कार्यक्रममा १ सय बढी सरोकारवाला, कृषक तथा जिज्ञासुहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव शवनम शिवाकोटीले सरकार डिजिटलाइजेसनको प्रोसेसमा सँगै रहेको र केही कामहरू अघि बढिसकेको बताइन् । उनले स्वयल म्यापिङ, रासायनियक मलको ट्र्याकिङ, डिजिटल इन्फरमेशन सिस्टमको विकास, रोगकिराको बारेमा अलर्ट गराउने जस्ता कामहरू सुरु भएको जानकारी दिइन् । विभिन्न निजी क्षेत्रबाट पनि कामहरू पनि भइरहेको बताउँदै शिवाकोटीले सेवाहरू एकीकृत गरेर वास्तविक कृषकलार्ई प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आर एण्ड डी इन्नोभेसनका सिइओ डम्बर खनालले बैंक, प्राविधिक, इन्सुरेन्स सेवाहरू कृषकसमक्ष पुग्न नसकेको र यसलाई सरलीकरण गर्न पनि डिजिटलाइजेसन आवश्यक रहेको बताए । प्रोसेस र मेकानिजम कम्प्लिकेटेड भएको कारण पनि कृषकलाई लक्षित सेवा दिन नसकेको बताउँदै खनालले भइरहेका एप सर्भिसहरूलाई एकीकृत गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

यसैगरी डिबिटुम्यापका राजनमान वज्राचार्यले कृषकको लागि प्लानिङ, डिसिजन सपोर्ट, एड्भाइजरी, एक्सटेन्सन सर्भिस र भर्चुअल मार्केटप्लेसको रूपमा डिजिटल प्रविधिले समाधान दिने बताए । ब्लकचेन, एआई, किसान कार्ड जस्ता प्रविधिको प्रयोग गर्दै एउटा उपयोगी प्लाटफर्म बनाएर काम गर्न सके प्रभावकारी हुन सक्ने वज्राचार्यको भनाइ थियो ।

\"\"

कृषकलाई प्रविधिसँग जोड्न स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै फेदिखोला गाउँपालिकाका मेयर घनश्याम सुवेदीले प्रविधिलाई सरलीकरण गरेर हलो जोत्ने किसानसम्म सेवा पुग्नुपर्ने बताए । आफ्नो पालिकामा केही उदाहरणीय काम गरेको भन्दै सुवेदीले डिजिटल इन्फ्रास्ट्रक्चर र प्रविधिमैत्री कृषि साक्षरताको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।


डिजिटल संवादको छलफलबाट आएका सुझावहरू :

१. कृषि सूचना केन्द्रलाई अटोमेट गर्दै स्थानीय तहसम्म वास्तविक कृषक लाभान्वित हुनेगरी गुनासो सम्बोधन गर्नुपर्ने ।
२. निजी क्षेत्र र सरकारी तवरबाट भइरहेका विभिन्न एपहरूसँग सहकार्य गर्दै सरकारले एकीकृत रूपमा डिजिटल प्लाटफर्म सिस्टम ल्याउनुपर्ने । यसमा कृषि मन्त्रालयले नेतृत्व लिएर ७७ जिल्लाका सम्पूर्ण स्थानीय निकायसम्म डिजिटल एग्रिकल्चर सेवा पु¥याउन काम गर्नुपर्ने ।
३. कृषिलाई आधुनिकरण तथा प्रविधिमैत्री बनाउन आवश्यक पोलिसी, योजना र यसको कार्यान्वयनमा केन्द्रदेखि स्थानीय तहसम्म जोड दिनुपर्ने ।
४. डिजिटल इन्फ्रास्ट्रक्चरको विकाससँगै डिजिटल साक्षरतालाई किसानसँग जोडिनुपर्ने । स्थानीय भाषाहरूमा प्रविधिलाई सरलीकरण गर्दै अभ्यस्त बनाउनुपर्ने ।
५. किसानलाई दिने अनुदान, बैंक ऋण, प्राविधिक, इन्स्योरेन्स सेवाहरू छिटो, सहज र सरल बनाउनुपर्ने ।
६. भर्चुअल मार्केट प्लेससँगै सप्लाई चेन म्यानेजमेन्टको सही व्यवस्थापन गर्नुपर्ने । दुर्गमका किसानले उत्पादन गरेका उत्पादनहरू उचित मूल्यमा बजार समक्ष पु¥याउन, कृषकलाई दिने अनुदान, मल, बीउ र सेवाहरू प्रविधिसँग जोडिनुपर्ने ।
७. स्वयल म्यापिङ, रासायनियक मलको ट्र्याकिङ, मौसमको जानकारी, रोगहरूको उपचार पद्धति, रोगकिराको बारेमा अलर्ट गराउने सिस्टमहरू विकास गर्दै सेवा विस्तार गर्नुपर्ने ।
७. सबै किसानको तथ्यांक (डिजिटल इन्फरमेशन सिस्टम)को व्यवस्थासहित आवश्यक तथ्यांक मूल्यांकन गर्दै योजना तर्जुमा गर्नुपर्ने ।

कार्यक्रमको भिडियो :