कीवर्डहरू -

१० दिनसम्म चल्ने \'एप्रिकोट\'को औपचारिक उद्घाटन आज, २७१ जना बिदेशी बिज्ञहरुको सहभागिता

उद्घाटन बिद्यासुन्दरले गर्ने, अमिर खान र महाबिर पुनको कार्यपत्र प्रस्तुत हुने

१० दिनसम्म चल्ने  \'एप्रिकोट\'को औपचारिक उद्घाटन आज,  २७१ जना बिदेशी बिज्ञहरुको सहभागिता

एसिया प्रशान्त क्षेत्रीय संचालन प्रविधि सम्मेलन (एप्रिकोट) फागुन ७ देखि १५ सम्म काठमाडौँमा आयोजना भैरहेको छ । २२ बर्षको इतिहासमा नेपालमा होस्ट गरिएको यो सबैभन्दा ठुलो कार्यक्रम हो । एसिया प्रशान्त इन्टरनेट संघ (एपिआइए) र एसिया प्रशान्तर नेटवर्क सूचना केन्द्र (एपिनिक) ले स्थानीय सहयोगी इन्टरनेट एक्सचेञ्ज नेपाल (एनपिआइएक्स) सँगको सहकार्यमा उक्त सम्मेलन आयोजना भएको हो ।

दश दिन सम्म चल्ने उक्त सम्मेलनमा विश्वभरबाट एक हजारभन्दा बढीको सहभागिता रहने छ । नेपालसहित अमेरिका, युरोप, एसियाका बिभिन्न देशहरुबाट २७१ जनाको सहभागिता रहेको छ

\"\"

बिभिन्न फेज तथा सेग्मेन्टमा विभाजित कार्यक्रमको औपचारिक उद्घाटन भने १३ फागुन आइतबार हुदैछ । काठमाडौँका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गर्ने कार्यक्रममा विभिन्न बिदेशी तथा स्वदेशी बिज्ञहरुको कार्यपत्र प्रस्तुत हुनेछ ।

अमिर खान, सह सस्थापक भिप्टेला (सिस्को) मुख्य कि-नोट स्पिकरको रुपमा रहेका छन् । त्यसैगरी विल चार्नोक, सह सस्थापक पकेट फेब्रिक र नेपालबाट महाबिर पुनको कार्यपत्र प्रस्तुत हुनेछ ।


उक्त सम्मेलन एसिया प्रशान्त नेटवर्क संचालकहरुको मञ्च , एपिनिकको सदस्यहरुको छलफल तथा साधारण सभा , दक्षिण एसियाली नेटवर्क संचालक समूह (सानोग) का साथै नेटवर्क सुरक्षाका समपिर्त फस्र्ट , एपसर्ट एवम् अन्य एसिया प्रशान्त क्षेत्रका इन्टरनेट संगठनहरुको संगमस्थलको रुपमा रहेको छ ।

\"\"

उक्त कार्यक्रमलाई नेपाल दुरसंचार प्राधिकरणका साथै साथै स्थानीय सूचना प्रविधि संगठनहरुको सहयोग रहेको छ । स्थानीय संगठनहरुमा Nepal Network Operators Group (NPNOG), Nepal Research and Education Network (NREN), Federation of Computer Associations of Nepal (FCAN) Pjd\\ Internet Society Nepal Chapter रहेका छन् ।


यसैगरी सम्मेलनको प्रायोजकको रुपमा Google, Facebook, Equinix, VeriSign, DE-CIX, Netflix, Telstra, LINX, Airtel, Juniper, Amazon Web Services लगायतका कम्पनी रहेका छन्। सम्मेलनमा विपटेला कम्पनीका सह संस्थापक अमिर खानले आफ्नो अनुभवहरु सुनाउने छन ।

यस क्रममा उनले पछिल्ला दुई दशकको अनुभव एवम् आगामि दशकको मार्गचित समेत प्रस्तुत गर्नेछन् । यसैगरी प्याकेट फेब्रिक का सहसंस्थापक विल चारनोकले नेटवर्किङ प्रविधिमा भइरहेका विकाशहरुको भविष्य प्रभावि धारणा प्रस्त गर्नेछन् ।

यसैगरी स्थानीय बक्तको रुपमा उक्त सम्मेलनमा नेपाली इन्टरनेट एवम.्ताररहित प्रविधि अभियन्ता डा. महाविर पुनले आफ्ना अनुभव एवम ्स्मार्ट सिटिको बारेमा आफ्नो धारण प्रस्तुत गर्नेछन् । सम्मेलनको सुरुवात ७ फागुन देखि हुने सम्मेलन पूर्वको कार्यशाला बाट सुरु हुनेछ ।


सम्मेलनको हप्तामा आईओटी सम्वन्धी कार्यशाला , तार रहित संन्टर , सुरक्षा , राउटिङ नेटवर्क व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । त्यसपछिका दिनमा DNSSec, Secure Routing, Software Defined Networking (SDN) and Network Function Virtualization (NFV) लगायतका प्राविधिक विषयमा छलफल हुनेछ ।

यसैग्री अन्तर देशिय सहकार्य , सरकारी एवम्   इन्टरनेट समुदायसँगको सहकार्य लगायतका विषयमा छलफल हुनेछ । सम्मेलनको बारेमा थप जानकारी मा http://2018.apricot.net./ उपलब्ध रहेको छ ।