कीवर्डहरू -

समाचार पढ्न र रेडियो सुन्नको लागि \'संचार\' एप

समाचार पढ्न र रेडियो सुन्नको लागि  \'संचार\' एप

नेपालमा हाल संचालनमा रहेका लोकप्रिय अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका ताजा समाचारहरु पढ्नका साथै पुर्व मेची देखि पश्चिम महाकाली सम्म अनलाईनमा उपलब्ध एफएम एकै ठाउबाट सुन्न सकिने सुविधा भएको एन्ड्रोइड मोबाइलएप “संचार” सार्वजनिक भएको छ ।

संचार एपमा बिभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशन भएका समाचारहरु एकै ठाउमा साथै प्रत्येक समाचार पोटलका ताजा समाचारहरु फरक फरक पनि पढ्न सकिन्छ ।

“संचार” एपको एक फरक बिशेषता भनेको आफुलाई मनपर्ने समाचारपोटलमा प्रकाशन भएका समाचारहरु मात्र पढ्नको लागि सट कट फिचर रहेको छ, जसले उक्त समाचार पोटलको मात्र समाचार आउने गरि एउटा होम स्क्रीनमा एप आइकन बनाउदछ ।

एफएम रेडियो सुन्ने पारखीहरुका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अनलाइनमा उपलब्ध एफएम रेडियोलाई “संचार” एपले समेट्ने प्रयास गरिएको छ । यसबाट हामीले इन्टरनेटको पहुँचमा रहेर संसारको जुनसुकै कुनामा रहेर पनिआफ्नो गाउँठाउँको रेडियो सुन्न सकिनेछ ।

संचार एप लाई गुगल प्लेस्टोरमा “Sanchar” टाइप गरेर सर्च गरी वा सिधै यो लिङ्कमा https://goo.gl/qWbW45 क्लिक गरेर पनि डाउनलोड गर्न सकिने संचार एप निर्माण गरेको कम्पनि आई-टेक नेपालले बताएको छ ।