कीवर्डहरू -

पाकिस्तानमा हुने युएनको अन्तरास्ट्रिय सम्मेलनमा दुई नेपाली युवाहरु सहभागी

पाकिस्तानमा हुने युएनको अन्तरास्ट्रिय सम्मेलनमा दुई नेपाली युवाहरु सहभागी

पाकिस्तानको इस्लामाबादमा २६ फेब्रुअरि देखि २ मार्च २०१८ सम्म ''युज अफ स्पेस टेक्नोलोजी फर वाटर म्यानेजमेन्ट" बिषयमा चल्ने चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्समा नेपालको तर्फबाट दुई युवाहरु चेतनाथ न्यौपाने तथा प्रमोद गौतम सहभागी हुनेछन् । चेतनाथ सेन्टजेभियर्स कलेजका फिजीक्सका रिसर्चर हुन्। यी दुबै सहभागिले उक्त सम्मेलनमा आफ्नो कामको प्रस्तुति दिनेछन् ।

यो उच्चस्तरीय सम्मेलन पाकिस्तान स्पेस र अपर एटमसफियर रिसर्च कमीसन( SUPARCO) ले पाकिस्तानी सरकारको तर्फबाट गर्न लागेको हो । त्यस्तै यो सम्मेलनलाई इन्टर-इस्लामिक नेटवर्क अन स्पेस साइन्स एण्ड टेक्नोलोजी( ISNET) ले सह प्रयोजन गरेको हो । साथै यो सम्मेलनलाई युनाइटेड नेसन्स अफिस फर आउटर स्पेस अफेयर्स( UNSOOSA) ,इस्लामिक रिपब्लिक अफ पाकिस्तान तथा प्रिन्स सुल्तान बिन अब्दुलाजिज इन्टरनेसनल प्राइज फर वाटर( PSIPW) ले सहयोग गरेका छन् ।

\"\"

यो सम्मेलन पानी तथा स्पेस टेक्नोलोजी एप्लिकेसनमा जोड दिनका लागि गरिएको चौथो इभेन्ट हो । युनाइटेड नेशन/युनेस्को/साउदी अरेबिया अन्तर्राष्ट्रिय सम्मेलन जलश्रोत ब्यबथापनमा टेक्नोलोजीको प्रयोग बारे पहिलो सम्मेलन साउदी अरेबियाको रियादमा २००८ को अप्रिलमा सम्पन्न भएको थियो । त्यस्तै दोश्रो कन्फ्रेन्स अर्जेन्टिनामा र तेस्रो भने मोरक्कोमा २०१४ को अप्रिलमा भएको थियो ।

सम्मेलनमा नेपालका बारेमा पनि बिभिन्न बिषयमा छलफल हुनेछ । जस्तै: युनिभर्सिटी लेभलमा स्पेस साइन्स तथा रिसर्च प्रोजेक्ट ,स्याटेलाईट, नेपालमा स्पेस स्याटेलाइट र स्पेस टेक्नोलोजी,विपत्तिमा स्पेस टेक्नोलोजीलाई कसरि ब्यबस्थापन गर्ने र कोशी नदिमा सूचनाका लागि अलार्म सिस्टमको प्रयोगको सम्भाव्यता तथा सगरमाथा आरोहण सुरक्षित बनाउनका लागि रिमोट सेंसीङ मोनिटरिङ सिस्टमको प्रयोग आदि बिषयका बारेमा छलफल गरिने चेतनाथ न्यौपानेले बताए ।