कीवर्डहरू -

२८ लोकप्रिय एप्समा खतरनाक ‘स्पार्ककैट’ भाइरस, व्यक्तिगत डेटा जोखिममा

२८ लोकप्रिय एप्समा खतरनाक ‘स्पार्ककैट’ भाइरस, व्यक्तिगत डेटा जोखिममा

स्पार्ककैट नामक एक खतरनाक भाइरसले २८ लोकप्रिय एप्समा प्रवेश गरिसकेको छ । यसको कारणले गर्दा व्यक्तिगत तथा वित्तीय डाटाका लागि ठूलो खतरा पैदा भएको छ । यो म्यालवेयरले एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्तालाई प्रभावित गर्छ ।

रिपोर्टहरू अनुसार, स्पार्ककैटले लाखौं डिभाइसहरूलाई पहिले नै प्रभावित गरिसकेको छ । यस्तो अवस्थामा यसको जोखिम बुझ्न र तुरुन्तै सावधानी अपनाउन आवश्यक छ । स्पार्ककैटको क्षमता केवल डेटा चोरीमा सीमित छैन् । यो अझै गहिरोसम्म फैलिएको छ ।

यो खतरनाक म्यालवेयरले व्यक्तिगत जानकारी चोरी गर्न सक्छ । वित्तीय डेटा ह्याक गर्न सक्छ । यदि यस्ता संवेदनशील जानकारी गलत हातमा पुग्यो भने, यसका विनाशकारी परिणामहरू हुन सक्छन् ।

यसले प्रयोगकर्तालाई वित्तीय क्षति पुर्याउन सक्छ र पहिचान चोरी (आईडेन्टीटी थेफ्ट) जस्ता गम्भीर समस्याहरू ल्याउन सक्छ ।

स्पार्ककैट म्यालवेयर के हो?

साइबरसिक्योरिटी कम्पनी कास्परस्काईले स्पार्ककैटबारे चेतावनी जारी गरेको छ ।
 कास्परस्काइका अनुसार, स्पार्ककैट एक खतरनाक सफ्टवेयर डेभलपमेन्ट किट (एसडीके) हो, जुन केही एप्सभित्र लुकेको हुन्छ ।

यी एप्स गूगल प्ले स्टोर र एप्पल एप स्टोर दुबैमा उपलब्ध छन् । यस म्यालवेयरमा डेटा चोरी गर्ने अत्याधुनिक क्षमताहरू छन् ।

यो डिभाइसका फोटोहरू स्क्यान गरेर व्यक्तिगत जानकारी संकलन गर्न सक्छ । सबैभन्दा खतरनाक कुरा के हो भने, यदि कोही प्रयोगकर्ताले संक्रमित एप डाउनलोड ग¥यो भने पनि उसलाई थाहा हुँदैन् । यसले प्रयोगकर्ताको व्यक्तिगत र वित्तीय डेटा गम्भीर जोखिममा पार्छ ।

कति एप्स प्रभावित छन् ?

कास्परस्काईको रिपोर्ट अनुसार, स्पार्ककैट २८ एप्समा फेला परेको छ । एन्ड्रोइडमा १८ एप्स र आईओएसमा १० एप्स ।

विशेष गरी लोकप्रिय एप ’च्याट एआई’ पनि प्रभावित एप्सको सूचीमा समावेश छ । प्रयोगकर्ताहरूलाई तुरुन्तै यो एप आफ्नो डिभाइसबाट हटाउन सल्लाह दिइएको छ ।

स्पार्ककैटबाट आफ्नो फोन कसरी सुरक्षित राख्ने?

 एप डाउनलोड गर्दा सावधानी अपनाउनुहोस् । सकारात्मक समीक्षासहित विश्वसनीय स्रोतहरूबाट मात्र एप डाउनलोड गर्नुहोस्। अज्ञात स्रोतबाट एप डाउनलोड गर्न नहोस् ।

एप परमिशनलाई ध्यानपूर्वक जाँच गर्नुहोस्। अनावश्यक परमिशन माग्ने (जस्तै क्यामेरा एक्सेस) एपहरूबाट सतर्क रहनुहोस् ।

फोनको सफ्टवेयर अपडेट गर्नुहोस्। सुरक्षा सुधारका लागि लेटेस्ट सिक्योरिटी प्याचहरू अपडेट गरिरहनुहोस्।

विश्वासिलो एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नुहोस्। म्यालवेयर थ्रेटहरू पत्ता लगाउन र रोक्न मद्दत गर्छ ।

 संवेदनशील जानकारी फोनमा स्टोर नगर्नुहोस्। क्रिप्टोकरेन्सी रिकभरी फ्रेज वा बैंक सम्बन्धी महत्वपूर्ण डाटा स्क्रिनसटको रूपमा कहिल्यै नबचाउनुहोस् ।

 यी सावधानीहरू अपनाएर, तपाईं आफ्नो व्यक्तिगत र वित्तीय डेटा सुरक्षीत राख्न सक्नुहुन्छ ।