कीवर्डहरू -

विश्वको पहिलो १६ हजार एमएचको ब्याट्री भएको स्मार्ट फोन सार्वजनिक

विश्वको पहिलो १६ हजार एमएचको ब्याट्री भएको  स्मार्ट फोन सार्वजनिक

मोबाइल वर्ल्ड कंग्रेस २०१८ मा एभनिर मोबाइल्सले आफ्नो तीनवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनहरुमा एनरजाइजर पावर म्याक्स p16k प्रो, एनरजाइजर पावर म्याक्स p490s र एनरजाइजर हार्डकेस H590S रहेका छन् । यी सबै ह्यान्डसेटहरुमा कम्पनिले रियर र फ्रन्टमा दुवै साइडमा नै डुअल क्यामेरा सेटअप दिएको छ । साथमा फुलभ्यु डिस्प्ले समेत रहेको छ ।

यी तीनवटा ह्यान्डसेट मध्येमा पावरम्याक्स P16K मा रहेको १६००० एमएएचको नन् रिमुभेवल ब्याट्रीका कारण यसले सबैको ध्यान केन्द्रित गरेको छ । यसमा अन्य स्पेसिफिकेशनको कुरा गर्दा यसमा ५.९९ इन्चको ठुलो फुलएचडी एलसीडी डिस्प्ले दिइएको छ । यसकारण कुनै पनि भिडियो तथा एप्लिकेशनको एकदम क्लियर भ्युमा हेर्न वा प्रयोग गर्न सकिन्छ ।

यसमा ओक्टाकोर मिडियाटेक हेलियो पी २५ को प्रोसेसर सहित ६ जीबी र्याम रहेको छ । साथै इन्टरनल स्टोरेज पनि १२८ जीबीको छ । यसकारण यो फोनमा ठुला-ठुला फाइल अथवा एप्लिकेशनको प्रयोग गर्न पनि सकिन्छ। साथै ठुला साइजका भिडियोहरु पनि मज्जासंग हेर्न वा डाउनलोड गर्न सकिन्छ ।

उक्त पावरम्याक्स P16K फोनमा १६ एमपी+१३एमपीको डुअल रियर सेटअप र साथमा फेज डिटेक्सन,अटोफोकस तथा डुअल टोन एलइडी फ्ल्याश उपलब्ध छ । यसको फ्रन्टमा पनि १३+५ एमपी गरेर डुअल क्यामेरा सेटअप दिईएको छ । यसका साथै यो सेटमा फिंगरप्रिन्ट सेन्सर पनि समाबेश गरिएको छ । र यो फोनले ओरियो ८.० एन्ड्रोइड भर्जनमा काम गर्द्छ ।