कीवर्डहरू -

अब दृष्टि बिहिनले पनि कामना सेवा विकास बैंकमा खाता खोल्न सक्ने

अब दृष्टि बिहिनले पनि कामना सेवा विकास बैंकमा खाता खोल्न सक्ने

कामना सेवा विकास बैंकले दृष्टि बिहिनहरुको लागि ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ कागजात तयार पारेको छ । दृष्टि बिहिनहरुको लागि बैंकिङ कारोबार गर्न कठिन हुने समयमा कामना सेवा विकास बैंकले भने नेपालमै पहिलोपटक ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ कागजात तयार पारेको हो ।

कामना सेवा विकास बैंकले दृष्टिविहीनहरुको लागि विशेष खाता ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । कामना सेवा विकास बैंकमा दृष्टिविहिनले आफैले पढ्न सक्ने ब्रेल लिपीमा तयार पारिएको सामग्रीको सहयोगमा विवरणहरु भरेर खाता खोल्न सकिने सक्ने छन् ।

दृष्टि विहिनहरुले शून्य मौज्दातमा बैंकमा खाता खोल्न सक्ने बैंकले जनाएको छ । बैंकको ज्ञानेश्वरस्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटिएमको सुविधा पनि लिन सक्ने छन् ।