राजु अधिकारी
प्रमुख कार्यकारी अधिकृत, ब्रोडवे इन्फोसिस
एकेडेमिया र इन्डस्ट्रीको ब्रिजिङ गर्ने काम नेपालमा विभिन्न ट्रेनिङ इन्स्टिच्युटहरूले गरिरहेका छन् । यसै क्रममा सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिस निरन्तर मेहनत र कामप्रतिको इमानदारिताले अहिले लिडिङ इन्स्टिच्युटको रूपमा स्थापित छ । नेपालमा वर्षेनि हजारौं विद्यार्थीहरू दक्ष बनाउँदै आइटी उद्योगमा टेवा पु¥याइरहेको ब्रोडवे इन्फोसिसका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजु अधिकारीसँग केही कुराकानी गरेका छौं ः
कोरोनाले निम्त्याएको संकटको कारण पछिल्लो चार महिनादेखि लकडाउन नै छ । व्यवसाय कसरी सञ्चालन गरिरहनुभएको छ ?
कोरोना महामारीको समस्या नेपालमा मात्रै नभएर विश्वमा नै रहेको छ । ब्रोडवे इन्फोसेस ट्रेनिङ र प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी भएकाले हामीले फिजिकल नभएर भर्चुअल रूपमा अगाडि बढाएका छौं । यसको लागि हामीले वर्क फ्रम होमको अवधारणा अबलम्बन ग¥यौं । हामीले लकडाउनमा पनि प्रविधिको प्रयोग गरेर पेड अनपेड ट्रेनिङलाई पनि निरन्तर अगाडि बढायौं ।
तपाईं केही समयदेखि नेपालको कम्पनीलाई विस्तार गर्दै अमेरिकामा सक्रिय हुनुहुन्छ । क्राइसिसको समयमा नेपाल र अमेरिकामा काम गर्ने तरिकामा के फरक पाउनुभयो ?
फरक त अवश्य नै छ । अमेरिकाको लागि वर्क फ्रम होम कुनै नयाँ कुरा होइन । यो धेरै पहिलेदेखि नै चल्दै आएको चलन हो । घरबाटै काम गर्न पनि अमेरिकामा त्यस्तै वातावरण रहेको छ । यहाँ प्रविधिहरू सेट गरेर वर्क फ्रम होमको लागि छुट्टै कोठा नै रहेको हुन्छ । मेरो अनुभवमा यो इफेक्टिभ पनि हुँदो रहेछ । नेपालमा अहिले कस्तो भयो भने बाध्यताले वर्क फ्रम होमको सुरुवात भयो । पहिला नेपालमा यस्तो चलन थिएन । नेपालमा पनि वर्क फ्रम होमको सुरुवात भएको छ । अबको केही वर्षपछि विकसित देश जस्तै नेपालमा पनि सबै सुविधा सहितको वर्क फ्रम होमको कल्चर सुरु हुन्छ भन्ने मलाई लाग्छ ।
ब्रोडवे इन्फोसिस समुहसंगै प्रमुख कार्यकारी अधिकृत राजु अधिकारी
ब्रोडवे इन्फोसिसको सुरुवाती अवस्था र संघर्षका दिन कस्ता थिए ?
म किसानको छोरा हुँ । प्रायःजसो नेपाली समाजमा सरकारी जागिर खानुपर्छ भन्ने छ । हाम्रो परिवारको पनि सरकारी जागिर खानुपर्छ भन्ने धारणा थियो । म कताबाट उछिट्टिएर यो ट्रेनिङको व्यापारमा आए ।
ब्रोडवे इन्फोसिस विशेषतः ट्रेनिङमा केन्द्रित रहेको छ । हामीले सन् २००८ मा म सहित मेरो परिवारका ३ जना सदस्यहरु मिलेर यसको स्थापना गरेका हौं । हामीले तिनकुनेमा ब्रोडवे इन्फोसिस स्थापना गर्दा कसैले चल्दैन भन्थे । बागबजार, पुतलीसडकमा चल्छ तर तिनकुनेमा चल्दैन भनेर हामीलाई भन्थे । कुनै संस्था यत्तिकै चल्दैन । यसलाई चलाउनु पर्छ, हार्ड वर्क गर्नुपर्छ । अहिले पनि हाम्रो अफिस तिनकुनेमा नै रहेको छ । तिनकुनेमै स्थापना ग¥यौं, तिनकुनेमा नै ग्रो ग¥यो र तिनकुनेमा नै अहिले हामीसँग ३०० भन्दा बढी विद्यार्थी राखेर पढाउन सकिने क्षमता विस्तार गरेका छौं । विदेशमा समेत यसको विस्तार गर्दै अघि बढिरेहका छौं ।
मलाई के विश्वास छ भने लकडाउन लम्बिँदै गयो र कोरोनाका बिरामीहरू पनि थपिँदै गयो भने निश्चय नै पहिलेको जस्तै नभए पनि करिब ७० देखि ८० प्रतिशतसम्म विद्यार्थी भर्चुअल रूपमा जोडिनेछन् । हामी प्रविधिको अधिकतम प्रयोग गर्दै निरन्तर रूपमा ट्रेनिङ व्यवस्थापन गर्न क्रियाशील छौं ।
ब्रोडवे सुरु हुँदाको ट्रेनिङ कोर्स र अहिलेको अवस्थासम्म आइपुग्दा आइटी कोर्स र प्रोग्रामिङमा कस्तो फरक छ ?
त्यो समयमा हामीले अफिस एप्लिकेसनका बेसिक कोर्सहरू, प्रोग्रामिङका बेसिक कोर्सहरूको ट्रेनिङ दिने गरेका थियौं । हामीले सुरुवात साना साना कोर्सबाट गरे पनि हाम्रो सोच भने भविष्यमा ठूला ठूला कोर्सहरू सञ्चालन गर्ने थियो । त्यो अनुसारले अहिले हामीले सेक्युरिटी तथा प्रोग्रामिङका अपडेटेड कोर्सहरू लगायत ८० भन्दा बढी कोर्सहरूमा ट्रेनिङ दिइरहेका छौं । लेटेस्ट प्रोग्रामिङ ल्याङ्वेजहरू, एआई, सेक्युरिटी, क्लाउड, डिजिटल मार्केटिङ जस्ता कोर्सहरू लोकप्रिय छन् । अब चाहिँ हामीसँगै नभएका कोर्सहरू शायदै होलान् जस्तो लाग्छ मलाई । १२ वर्षअघि र अहिले पढाउने तरिका, कोर्स र विद्यार्थी इन्ङ्गेजमेन्ट हरेक किसिमले फरक नै छ ।
त्यसबखत बजारमा धेरै इन्स्टिच्युटहरू थिए, अधिकांश हराए । अहिले पनि केही प्रतिस्पर्धा छ, तर अग्रणी हुनुहुन्छ । कसरी सम्भव भयो ?
ब्रोडवे यहाँसम्म आएको मुख्य कारण भनेको विश्वास हो । त्यसपछि अर्को कारण भनेको हार्ड वर्क हो । हामी बिहान साढे ६ बजेदेखि साँझ ९ बजेसम्म काम गथ्र्यौं । हामीले ट्रेनिङ दिएका विद्यार्थीमा मुश्कान आयो कि आएन भनेर चेक गथ्र्यौं । हामीले दिएको सेवाबाट क्लाइन्ट खुशी छ कि छैन । त्यसमा विशेष ध्यान दिने गरेका थियौं । हामीले क्लाइन्ट र विद्यार्थीको मन जित्दै गएपछि हाम्रो टिममा पनि एक किसिमको विश्वास बढ्यो । विश्वास, हार्ड वर्क, उत्तरदायित्व, सम्मान र निरन्तरताले नै हामीलाई यहाँसम्म ल्यायो । म के भन्छु भने यदि हामीले सेवा दिन सकेनौं भने हामीले बाँकी पैसा फिर्ता गर्छौं । जस्तै हामीले कुनै विद्यार्थीलाई २ दिन पढायौं र बाँकी पढाउन सकेनौं भने हामीले विद्यार्थीको बाँकी पैसा फिर्ता गर्नुपदर्छ । यो चलन नेपालमा छैन । तर अब यो चलन आउनु जरुरी छ ।
अहिलेको विषम परिस्थितिमा पनि टे«निङलाई निरन्तरता कसरी दिने ?
हामीले लकडाउन भएपश्चात् नै अनलाइनबाट कोर्सहरू सञ्चालन गरिरहेका छौं । कतिपय कोर्सहरू केही समयको लागि निःशुल्क पनि पढाएका छौं । अब लामो समयसम्म अहिलेको अवस्था रहिरहने हुन सक्छ । क्लासरुममा विद्यार्थीहरूलाई पढाएको जस्तो सहज त छैन । मलाई के विश्वास छ भने लकडाउन लम्बिँदै गयो र कोभिड १९का बिरामीहरू पनि थपिँदै गयो भने निश्चय नै पहिलेको जस्तै नभए पनि करिब ७० देखि ८० प्रतिशतसम्म विद्यार्थी भर्चुअल रूपमा जोडिनेछन् । हामी प्रविधिको अधिकतम प्रयोग गर्दै निरन्तर रूपमा ट्रेनिङ व्यवस्थापन गर्न क्रियाशील छौं ।
आइटी उद्योग र शैक्षिक संस्थाबीचको ग्यापलाई पूरा गर्न तपाईंहरूले के गरिरहनु भएको छ ?
आइटी उद्योग र शैक्षिक संस्थाबीचको ग्यापलाई पूरा गर्न ब्रिजको रूपमा काम गर्नको लागि ब्रोडवे क्ष्लायकथक आएको हो । हामी यो ग्यापलाई पूरा गर्न सन् २००८ देखि नै लागिरहेका छौं । केही हदसम्म हामी यसमा सफल पनि भएका छौं । ब्रोडवेले ट्रेनिङ मात्र नभएर केही वर्षदेखि डेभलपमेन्टको काम पनि गरिरहेको छ । हामीले उद्योगलाई कस्तो खालको मान्छे चाहिएको छ, त्यो अनुसार विद्यार्थीलाई ट्रेनिङ दिने गरेका छौं । अहिले विश्वमा आएका नयाँ नयाँ पाठ्यक्रमहरूलाई समावेश गरेका छौं । ट्रेनिङ मात्र नभएर इन्टर्नसिपदेखि जबसम्मको लागि पनि विद्यार्थीलाई हामीले सहयोग गरेका छौं ।
हामीले ट्रेनिङ दिएका विद्यार्थीमा मुश्कान आयो कि आएन भनेर चेक गथ्र्यौं । विश्वास, मेहनत, उत्तरदायित्व, सम्मान र निरन्तरताले नै हामीलाई यहाँसम्म ल्यायो ।
विद्यार्थीलाई कस्ता कोर्स पढ्न सिफारिस गर्नुहुन्छ ?
अबको टे«न्ड भनेको मेरो विचारमा सेक्युरिटी, एआई र क्लाउड कम्प्युटिङको हो । अबको केही वर्षमा सानादेखि ठूला कम्पनीहरू सबै क्लाउडमा जान्छन् । त्यही भएर क्लाउड कम्प्युटिङको पनि राम्रो भविष्य छ । त्यसैगरी अहिले विकासोन्मुख देशमा अहिले सेक्युरिटीको मुख्य समस्या छ । नेपालमा पनि हेर्नुभयो भने तपाईंले अहिले केही समययता साइबर हमलाका घटनाहरू बाहिर आइरहेका छन् । सेक्युरिटीको माग पनि बढ्छ । यससँगै अबको समयमा एआई, मेशिन लर्निङ, डेटा साइन्स लगायतका आईटीका कोर्सहरूको माग धेरै हुन्छ ।
विद्यार्थीलाई यो समयमा मोटिभेसन पनि आवश्यक छ ? सरकारले वैकल्पिक शिक्षाको पनि सुरुवात गरेको छ, यसलाई के भन्नुहुन्छ ?
सुरुमा म मोटिभेसनको कुरा गर्छु । मोटिभेसन भनेको कहिल्यै पनि अरुले दिएर हुँदैन भन्छु म । आफैले आफैलाई ऊर्जाशील गर्ने हो आफैले आफैलाई पोजिटिभ राख्ने हो । कोरोनाले भन्दा पनि मान्छेहरू आत्महत्या गरेर बढी मरिरहेका छन् । काम गर्नुहोस् नेगेटिभ विचारलाई हटाउनुहोस् । अर्को कुरा भनेको सरकारले पनि रेडियो, टेलिभिजनबाट विद्यार्थीलाई पढाउन सुरु गरेको छ । यो एकदमै राम्रो काम हो । यो इफेक्टिभ भयो कि भएन त्यो दोस्रो कुरा हो । किनभने देशका सबै ठाउँमा पूर्वाधार पुगेको छैन । अहिले पनि सबै मानिसको हातमा
स्मार्टफोन छैन । उनीहरूले लर्निङ म्यानेजमेन्टको टुल प्रयोग गरेर पढ्ने अवस्था छैन । सरकारले अब देशका हरेक ठाउँमा कनेक्टिभिटी पु¥याउनु पर्छ । सधैं रेडियो टेलिभिजनबाट पढाएर हँुदैन । अब हामीले प्रविधिको भरपूर प्रयोग गर्नुपर्छ । सरकारले कनेक्टिभिटी सँगसँगै पूर्वाधारमा फोकस गर्नुपर्छ । लकडाउन लम्बिँदै गयो भने सधैं नपढाउने गर्नु त भएन । त्यसैले सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।
अब हामीले प्रविधिको भरपूर प्रयोग गर्नुपर्छ । सरकारले कनेक्टिभिटी सँगसँगै पूर्वाधारमा फोकस गर्नुपर्छ । लकडाउन लम्बिँदै गयो भने सधैं नपढाउने गर्नु त भएन । त्यसैले सरकारले यसतर्फ ध्यान दिनु जरुरी छ ।
कोरोना महामारीमा सरकारले व्यापार व्यवसायलाई सहज हुने गरी राहत ल्याएको देखिँदैन । तपाईंको विचारमा अरू देशको अनुभवले के गर्दा ठीक हुन्छ होला ?
सरकारपछि सबैभन्दा धेरै जागीर प्रदान गर्ने निजीक्षेत्र हुन् । कोरोना महामारीमा यी सबैलाई बचाइएन भने हाम्रो हालत कहाँ पुग्छ, इकोनोमीको लेभल कहाँ पुग्छ भन्ने सरकारले सोचेको छैन जस्तो लाग्छ मलाई । यदि सोचेको थियो थौरै भए पनि बिजनेशलाई केही राहत प्याकेज ल्याउँथ्यो होला । अमेरिकाको कुरा गर्दा अमेरिकाले सबै बिजनेशमा ट्रिलियन लगानी गरेको छ । अमेरिकाले के भन्छ भने अमेरिका चलेको र विकास भएको साना साना बिजनेशले हो । साना ठूला बिजनेशलाई राहत ल्याउने कुरा त परै जाओस्, यस सन्दर्भमा सम्बोधन समेत भएको छैन । सरकारले कुनै बैंक मार्फत सहुलियत दरमा ऋण प्रदान गर्न सक्छ । बिना ब्याज ऋण प्रदान गर्ने वा अरु कुनै राहतको प्याकेज ल्याउन सक्छ । यूरोपका धेरै देशमा २ वर्ष ट्याक्स फ्री गरिदिएको छ । सरकारले बिजनेशलाई राहत दिनुको साटो छिट्टै कर उठाउन लागिरहेको छ । म के भन्छु भने कोरोना महामारीमा साना तथा ठूला बिजनेशलाई बचाउन जरुरी छ । यसतर्पm सरकारको ध्यान जाओस् ।
आइटी उद्योगको विकास र सरकारले चाहेको डिजिटल नेपाल बनाउन के के गर्न आवश्यक होला ?
नेपालमा समग्र रूपमा हेर्ने हो भने आइटी उद्योगको विकास भएको छैन । हामी सुरुवातको चरणमा नै छौं जस्तो लाग्छ मलाई । सरकारले जे जति गरेको छ, त्यो राम्रो छ । तर कुनै इन्नोभेसन, आन्ट्रप्रेनर कानून हरेर आएको हँुदैन । कुनै पनि इन्नोभेसन वा आविष्कार कानूनलाई हेरेर भएको हँुदैन । त्यसैले इन्नोभेसन वा आविष्कार भएपछि त्यस अनुसार कानूनलाई परिवर्तन गर्नुपर्छ । विकसित देशमा के हुन्छ भने इन्नोभेसन वा आविष्कारलाई सहज हुने तरिकाले कानून परिवर्तन गरिन्छ । टुल्स टेक्नोलोजी तथा इन्नोभेसनमा लगानी गर्नुपर्छ । डिजिटल इन्फ्रास्ट्रक्चरको विकाससँगै डिजिटल लिट्रेसी बढाउने र सरकारी कामकाजलाई प्रविधिमैत्री बनाउन सकेमा धेरै सुधार हुन्छ ।
अधिकारीको बिस्तृत अन्तर्वार्ता असार महिनाको 'लिभिंग विथ आइसिटी' म्यागजिनमा प्रकाशित छ । म्यागजिन पढ्नको लागि यहाँ क्लिक गर्नुहोस ।