कीवर्डहरू -

इटहरीमा क्यान इन्फोटेकको तयारी तिब्र, मेलामा १ सय १५ स्टल रहने

इटहरीमा क्यान इन्फोटेकको तयारी तिब्र, मेलामा १ सय १५ स्टल रहने

सुनसरीको इटहरीमा आगामी फागुन २३ गते देखि हुन गइरहेको प्रदेश स्तरीय हिक भिजन क्यान इन्फोटक मेलाको तयारी तिब्र बनेको छ ।

मेलाकालागि स्टक बुकिङ अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । ११५ वटा स्टलहरू रहने उक्त मेलामा हाल सम्म ९० प्रतिशत स्टलहरू बुकिङ भइसकेको  क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।

मेलाका लागि आबस्यक सामगी एवमं स्पोन्सर हरुको खोजि सकिएकोले  मेलाको तयारी तिब्र गतिले अघि बढेको अध्यक्ष भण्डारीले बताए । इटहरी स्थित जनता नि.मा.विको प्राङगणमा हुने मेलामा टाइटल स्पाेन्सर हिक भिजन एसोसिएट स्पोन्सर डिजिकम रहेको छ भने प्ल्याटनियम स्पोनसर बारकोड नेपाल , इटहरी इन्टरनेश्नल कलेज डाइमन्ड स्पोन्सर क्यानोन , एचएफसी रहेको छन्

\"\"

गोल्ड स्पोन्सरमा ओली एण्ड एसाेसिएटस , नेटिस , एप्सर सिल्भर स्पोन्सर टेक्नोस , एनपि एभि टिकट स्पोन्सर स्कान र अफिसियल स्पोन्सर मा सनराइज बैंक , प्यारागन आइटी , प्रुडेन्सियल इन्स्योरेन्स , शैलुङ मेडिकल , वाइ जोन , कस्तुरी एकेडमी , सुस्मा इन्जिनियरिङ कलेज , इसेवा , एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस , कुनाल सटोर , ग्राफिका इन्टरनेशनल लगायतका रहेका छन्।

मेलामा आकर्षकको रूपमा बिश्वकै सानो मोबाइल प्रदर्शनमा राखिने भएको छ । यो संगै अन्य आकर्षक प्रबिधिहरु पनि हुने आयोजकले जानकारी दिएको छ । अफिसियल मिडिया लिभिंग विथ आइसिटीले हरेक दिन बिसेष संस्करण प्रकाशन गर्ने छ ।

\"\"

यसैगरी यु सफ्ट कम्प्युटर टेक्नोसिस काठमाडौले क्यान सुनसरीलाइ एक कार्यक्रमका बिच विभिन्न सुचना प्रविधि संग सम्बन्धित सामाग्रिहरु उपलब्ध गराएको छ। क्यान सुनसरीको इटहरीमा रहेको सचिवालयमा कार्यालय व्यवस्थापनकालागि थम्ब एटेंडेन्स मेशिन , वेलकम मेशिन , वायरलेश सिसि क्यामेरा लगायतका बहु उपयोगि सामाग्रिहरु उपलब्ध गराएको अध्यक्ष बलराम भण्डारीले जानकारी दिनुभएको हो।​​​​​​​