कीवर्डहरू -

अब मोबाइलमै ५० हजार शब्दले भरिएको \'हाम्रो नेपाली - English Dictionary\'

अब मोबाइलमै ५० हजार शब्दले भरिएको \'हाम्रो नेपाली - English Dictionary\'

१० लाख भन्दा बढी डाउनलोड भइसकेको ' हाम्रो नेपाली-English Dictionary' एपको परिमार्जित भर्सन शनिबार एक कार्यक्रमका बीच सार्बजनिक भएको छ । मह जोडी मदन कृष्ण, हरिबंश आचार्य, भाषाविद चुडामणि गौतमलगायतले यो एप सार्बजनिक गरेका हुन् ।

सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरू छन्, नया भर्सनको एप आएसंगै प्रयोगकर्ता थप बढ्नेमा हाम्रो पात्रो समुह बिस्वस्त रहेको छ । पहिले बिद्यार्थीको लागि मात्र केन्द्रित एप अब सबै वर्ग र उमेरको लागि काम लाग्ने गरि ५० हजार बढी शब्द समाबेश गरि सार्बजनिक गरिएको हाम्रो पात्रोका प्रशासकीय निर्देशक सन्तोष देवकोटाले जानकारी गराए ।

एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो offline dictionary हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न , बुझ्न , सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् ।

पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर वयस्कहरूकोलागि हाम्रो नेपाली-English Dictionary' एप तयार भएको छ। अब यसले Advanced शब्दहरू पनि देखाउनेछ , व्याख्या गर्नेछ , तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ ।

नेपाली अक्षरमा , व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार , कोशकार तथा भाषाविद् चूडामणि गौतमले यो हाम्रो "हाम्रो नेपाली- English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराएका छन् ।

परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा , चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । ­


थुप्रै Advanced शब्दहरू शुद्ध उच्चारण ( Audio सहित) तस्बिर सहित


हाम्रो पात्रो समुहले नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ , पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ मोबाइल शब्दकोशको लागि चूडामणि गौतमसंग सहकार्य गरेको हो ।

थप विशेषतायूक्तः
असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू
तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक)
अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको
अडियो उच्चारण ( Pronunciation )
अफलाइनः
Dictionary प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने
खोज्नेः सजिलै
Search मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्द खोज्न सकिने
शब्द सुरक्षितः आफूलार्इ मनपरेका अथवा विशेष लागेका शब्दहरू सुरक्षित
(Save) गर्न सकिने अक्षर खेलः अक्षरसंग सम्बन्धित ज्ञानवर्धक खेलहरू