कीवर्डहरू -

बालवालिकाको लागि इन्टरनेटमा कन्टेन्ट फिल्टर गर्ने कि सचेतना जगाउने ? 

सरोकारवालाको यस्तो छ सुझाव 

बालवालिकाको लागि इन्टरनेटमा कन्टेन्ट फिल्टर गर्ने कि सचेतना जगाउने ? 

बालबालिका र युवाहरुको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफसँगको सहकार्यमा इन्टरनेटबाट बालबालिका र युवाहरुलाई हुने उत्पीडनको बारेमा वर्कसप आयोजना गरेको थियो । सोमबार आयोजना भएको पाचौं श्रृंखलामा बालवालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र विभिन्न इन्टरनेट सर्भिस प्रदायकहरुको भुमिका के रहन्छ भन्ने विषयमा अन्तकृया भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक विजय रोयको अनुसार धेरैलाई सचेतनाको कमिले गोपनियता सेटिङ्ग सुचारु गर्न नआउने हुनाले पनि जोखिम कायम रहेको बताउनुभयो ।


भर्चुअल वर्कशपको रुपमा आयोजना भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक (आइएसपीे) हरुले गर्र्नुपर्ने कामहरु र सुरक्षाका उपायहरुबारे वृहतरुपमा छलफल भएको छ । यो छलफलको निम्ति नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोय , नेपाल टेलिकमकी वरिष्ठ इन्जिनियर हेमप्रभा कर्ण, स्काई ब्रोडब्यान्डका प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधान र सुबिसुको वरिष्ठ नेटवर्क इन्जिनियर रामकृष्ण परियार वत्ताको रुपमा रहेका थिए ।


करिब २ घण्टा सञ्चालन भएको वर्कशपमा धेरै इन्टरनेट कन्टेन्ट र बालवालिकालाई यसबारे गर्नुपर्ने सुरक्षाको विषयमा महत्वपुर्ण छलफल भएको थियो । अनलाइन यौन दुव्र्यवहार र अनैतिक कार्यहरुले बालबालिकामा पर्ने मानसिक प्रभावको विषयमा पनि धेरै कुराकानी भएका थिए । बालबालिकालाई गर्ने यौन दुव्र्यवहार र उत्पीडनको सामाग्रीहरु के के हुनसक्छन भन्ने विषयमा वत्ताले विचार राखेका थिए । बालबालिकाहरु सबैभन्दा नजिक आफनो परिवारसँग हुने भएकाले परिवारजनले आफनो बच्चाको सुरक्षामा विशेष ध्यान पु¥याउनु पर्ने देखिन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको आदेशमा इन्टरनेट सेवा प्रदायकलाई अनावश्यक तथा पोर्न वेबसाइटहरु बन्द गर्न लगाइन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशक विजय रोयको अनुसार धेरैलाई सचेतनाको कमिले गोपनियता सेटिङ्ग सुचारु गर्न नआउने हुनाले पनि जोखिम कायम रहेको बताउनुभयो । उहाँले जनचेतना नै सबै भन्दा महत्वपूर्ण कुरा रहेको र जनचेतनाका लागी थुप्रै कार्यक्रम हुँदै आएको रोयले बताउनुभयो । रोयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले दिनकै थुप्रै वेबसाइट बन्द गर्न लगाउँछ ।

नेपालमा अनलाइन यौन दुव्र्यवहार भनेको लाइभ स्ट्रीमिङ्ग, बदलाको लागी अनैतिक फोटो सार्वजनिक गर्ने, उत्पीडनको सामाग्री पठाउने, पैसाको लागी अनैतिक कार्य गर्ने आदि तरिकाले पनि साइबर क्राइमको जखिममा बालवालिकाहरु बढि पर्ने गरेका वत्ताहरुले बिचार राखे । सानै उमेरमा बालबालिकालाई ग्याजेट तथा इन्टरनेटमा कम पहुच दिने र चलाउन दिदा सुरक्षित रुपमा अभिभावकको अनुगमनमा प्रयोग गर्न दिनुपर्ने कुरामा जोड दिइएको थियो ।

\"\"

बुधवार ६ वटा अनलाइन वर्कशप कार्यक्रममध्ये अन्तिम कार्यक्रम नेपाल सरकारका विभिन्न प्रतिनिधिहरुसँग छलफल तथा अन्तकृया हुदैछ । कार्यक्रममा सहभागी हुन यो लिंकमा गएर आफ्नो नाम दर्ता गराउनुपर्नेहुन्छ ।

स्काई ब्रोडब्यान्डको प्रमुख कार्यकारी अधिकृत सुमनलाल प्रधानले साइबर सुरक्षाको बारेमा सानै कक्षादेखि पाठ्यक्रममा राखिनुपर्नेमा जोड दिनुभयो । परिवारले बालबालिकाको उमेरअनुसार अनलाइन सामाग्री प्रदान गर्नुपर्र्ने मुख्य कुरा रहेको प्रधानले बताउनुभयो ।  नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर हेमप्रभा कर्णको अनुसार अनैतिक सामाग्रीलाई इन्टरनेट गेटवेबाटै रोक लगाउनुपर्ने बताउनुभयो । उहाँको अनुसार हरेक  इन्टरनेट सेवा प्रदायकको छुट्टाछुट्टै गेटवे हुने हुँदा त्यसबाट रोक लगाउँदा बढि उपयुक्त हुने बताउनुभयो ।


इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको सामाग्रीको फिल्टर गर्न नमिल्ने हुन्छ तर जनचेतनाको लागि तत्पर रहने कुराको जानकारी सुबिसुका वरिष्ठ नेटवर्क इन्जिनियर रामकृष्ण परियारले दिए । अभिभावकले आपनो बालबालिकाले के हेर्दै छन् ,के चलाउदै छन् भनेर पूर्व जानकारी राख्नुपर्ने  उनले बताए । विभिन्न आइएसपीहरुले सुरक्षित इन्टरनेटको लागि विभिन्न एप्लिकेशन र टुल्सहरु प्रयोगमा ल्याइरहेको हुदा यसले पनि सहयोग गर्ने उनको बिचार थियो ।

बालवालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउने र सुरक्षित इन्टरनेटको प्रयोगमा जोड दिने उदेश्यले आयोजना भइरहेको पाचौं श्रृंखलामा भएको छलफल महत्वपुर्ण रहेको चाइल्डसेफनेटका सञ्चालक अनिल रघुवंशीले बताए । कार्यक्रममा नेहा गौचनले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने वर्षा भण्डारीले सञ्चालन गर्नुभएको थियो ।
बुधवार ६ वटा अनलाइन वर्कशप कार्यक्रममध्ये अन्तिम कार्यक्रम नेपाल सरकारका विभिन्न प्रतिनिधिहरुसँग छलफल तथा अन्तकृया हुदैछ । कार्यक्रममा सहभागी हुन यो लिंकमा गएर आफ्नो नाम दर्ता गराउनुपर्नेहुन्छ ।