कीवर्डहरू -

भिडियो लाईभ स्ट्रिमीङका लागि प्रयोग गर्नुहोस् यी एप्स

भिडियो लाईभ स्ट्रिमीङका लागि प्रयोग गर्नुहोस् यी एप्स

अहिलेको समयमा लाइभ स्ट्रिमीङ एउटा यस्तो सुबिधा हो,यसबाट हामी संसारभरका मानिसहरुसँग प्रत्यक्ष जोडिन सक्छौँ । आजकल लाइभ स्ट्रिमीङको मद्दले आम मानिस लगायत कुनै कम्पनि होस् अथवा सेलीब्रेटि आफ्ना फलोअर्ससँग प्रत्यक्ष रुपमा संचार गरिरहेको हामिले देख्न सक्छौँ । यसकारण लाइभ स्ट्रिमीङ फिचर पनि सामाजिक संजालमा निकै लोकप्रिय बन्दै गइरहेको छ । यो प्रयोगको लागि एकदमै सरल रहेको छ। तल पाँच लाइभ स्ट्रिमीङ एप्सका बारेमा चर्चा गरिएको छ । ति एप्सहरुलाई लाइभ स्ट्रिमीङ सुबिधाको लागि प्रयोग गर्न सकिन्छ ।

फेसबुक : फेसबुकलाई गुगल प्ले स्टोर बाट नि:शुल्क  डाउनलोड गर्न सकिन्छ । यो एप गुगल प्लेस्टोरबाट १०० करोड युजर्सले डाउनलोड गरिसकेका छन्। यो एपबाट लाइभ स्ट्रिमीको सुबिधाको प्रयोग गर्न सकिन्छ । तपाई पनि फेसबुकको लाइभ स्ट्रिमीङ फिचर्सको प्रयोगद्वारा सजिलै आफ्ना फलोअर्स हेर्न सक्नुहुन्छ र रियल टायममानै प्रतिक्रिया दिन सक्नुहुन्छ ।

युटुब : युटुबले पनि लाइभस्ट्रिमीङको सुबिधा प्रदान गरेको छ । युटुबको वेभ र एप दुवै भर्जनले काम गर्दछ । तपाई पनि युटुब एकाउन्ट बनाएर लाइभ सुबिधाको प्रयोग गर्न सक्नु हुन्छ । यसमा रहेको एचडी लाइभ स्ट्रिमीङ यटुबको सबभन्दा ठुलो बिशेषता हो । यसमार्फत युजरहरुले आफ्नो फलोअर्सलाई लाइभ भिडियो मार्फत संबोधन गर्न सक्नेछन् ।

इन्स्टाग्राम : इन्स्टाग्रामलाई गुगल प्ले स्टोरबाट १०० करोड युजर्सले डाउनलोड गरिसकेका छन् । पाँच करोड भन्दा धेरै युजरहरुले यसको रिभ्यु दिएका छन् । यो एपलाई युजर्सले ४.५ को रेटिङ दिएका छन् । यो एपमा फोटो,मेसेन्जर र भिडियो बाहेक लाइभ स्ट्रिमीङको पनि सुबिधा दिईएको छ । यसमा भएको लाइभ स्ट्रिमीङको प्रयोग गरेर रियल टायममा लाइभ भिडियो गर्न सकिनेछ । तपाइँले यो एप्सको प्रयोग गरि लाइभ भिडियो मार्फत आफ्ना फलोअर्सलाई रियल टायममा संबोधन गर्न सक्नु हुन्छ ।

लाईभ मी : लाइभमी, लाइभ स्ट्रिम भिडीयो च्याट एपलाई गुगल प्ले स्टोरबाट १ करोड युजर्सले डाउनलोड गरेका छन् । यसको साइज ४२ एमबी छ । यसलाई ३ लाख भन्दा धेरै युजर्सले रिभ्यु दिएका छन् । यो एपको रेटिङ ४.५ स्टार प्राप्त गरेको छ । यो एउटा लाइभ ब्रोडकास्टिङ एप हो । जसले युजर्सलाई एकआपसमा सम्पर्क गर्ने सुबिधा दिएको छ । एपमा फेस म्यापीङ टेक्नोलोजी,स्टिकर्स तथा डिजिटल गिफ्ट आदि फिचर्स पनि यसमा समाबेश छ ।

पेरीस्कोप : पेरिस्कोप ट्विटरको अफिसियल लाइभ भीडियो एप हो । एपलाई गुगल प्ले स्टोरमा १० करोड भन्दा धेरै युजर्सलाई डाउनलोड गरेका छन् । एपलाई ४ लाख भन्दा धेरै युजर्सले ४.० को रेटङ दिएका छन् । तपाईले पनि यो एपको मद्दले ट्विटर मार्फत लाइव स्ट्रीमिंगको सेवाको प्रयोग गर्न सक्नु हुन्छ ।