कीवर्डहरू -

मेसिन लर्निङ र डेटा साइन्सको वर्कशप जारी, नेपाललाई एआई हब बनाउन सकिने आयोजकको भनाई

मेसिन लर्निङ र डेटा साइन्सको वर्कशप जारी, नेपाललाई एआई हब बनाउन सकिने आयोजकको भनाई

गत साउन १५ गतेदेखि सुरु भएको राष्ट्रिय स्तरको डेटा साइन्स तथा मेसिन लर्निङ सम्बन्धी भर्चुअल वर्कशप आज पनि जारी रहेको छ । तेस्रो संस्करणको रुपमा आयोजना भएको यो भर्चुअल वर्कशप भोलिसम्म सञ्चालन हुनेछ ।

यो वर्कशप बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भनिएता पनि फरक फरक पार्टमा डिभाइड गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म वर्कशप सञ्चालन भइरहेको वर्कशपका संयोजक सुर्य बस्नेतले बताए ।

उनले भने, ‘ स्पीकरहरुले नयाँ नयाँ टपिकमा सेसन दिनु हुन्छ यसमा पनि सुरुमा सैदान्तिक सेसन लिनुहुन्छ अनि त्यसको डेमो पोर्ट देखाउनु हुन्छ । त्यसपछि प्रश्न उत्तरको सेसन हुन्छ । यसले गर्दा सहभागीलाई पनि अझै जानकारी लिन सजिलो हुन्छ भने हामीले उनीहरुलाई प्रोजेक्ट पनि असाइन गरेका हुन्छौं । यसले गर्दा पनि अलि धेरै समय लागेको हो ।’
यस भर्चुअल वर्कशपमा करिब १०० जना जति सहभागी भएका छन् । मेसिन लर्निङ तथा डेटा साइन्सको विषयमा प्यानल डिस्कसन गर्ने कार्यक्रम भोलि रहेको छ ।

अनलाइन मार्फत पनि नेपालमा वर्कशप आयोजना गर्न सकिने रहेछ भनेर आफुहरुले सन्देश दिएको बस्नेतले बताए । अब यो वर्कशपलाई अन्तराष्ट्रिय रुपमा लैजाने योजना रहेको उनले बताए ।

बस्नेतका अनुसार नेपाललाई एआई हब बनाउने टार्गेट रहेको छ । नेपालमा एकलाख एआई इन्जिनियरहरु उत्पादन गर्ने र कम्तिमा पनि २० हजार एआई इन्जिनियरहरुलाई चाही नेपालबाट काम गर्ने गरी बनाउन सक्नु पर्छ भन्ने उदेश्यका साथ आफुहरु अगाडी बढेको उनले जानकारी दिए ।