कीवर्डहरू -

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी पाँचदिने भर्चुअल वर्कशप सम्पन्न

मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी पाँचदिने भर्चुअल वर्कशप सम्पन्न

राष्ट्रिय स्तरको तेस्रो मेसिन लर्निङ तथा डेटा साइन्स सम्बन्धी पाँचदिने भर्चुअल वर्कशप सम्पन्न भएको छ । साउन १५ गतेदेखि सुरु भएको भर्चुअल वर्कशप साउन १९ गते सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहको उपस्थिती रहेको छ । त्यस्तै विशेष अतिथीको रुपमा आईओईका डीन प्रा. शशिधर राम जोशी, नेपाल खुल्ला विश्वविद्यालय डिन प्रा. इन्द्र कार्की, काठमाडौं विश्वविद्यालयका प्रा. मनिश पोखरेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, भेषराज कँडेल, प्रा.डा. रमेश मास्के, नवराज पौडेल र नवराज कुवरको उपस्थिती रहेको थियो ।

की नोट स्पीकरको रुपमा फ्युज मेसिनका संस्थापक डा. समिर मास्के, प्रा.डा. शशीधर राम जोशी र डा. सुनिल अर्याल रहेका थिए । यस वर्कशपमा सहभागी भएका सहभागीहरुलाई (अडियन्स बाहेक) ८ ग्रुपमा विभाजन गरिएको थियो । भने उनीहरुलाई डेटा साइन्स र मेसिन लर्निङ सम्बन्धि युनिक प्रोजेक्ट तोकिएको थियो ।

यसैगरी विभिन्न देशबाट सहभागी भएका स्पीकरहरुले  मेसिन लर्निङ, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, डेटा माइनिङ, बिग डेटा, नेचुरल ल्याङवेज प्रोसेसिङ, रिइन्फोर्समेन्ट लर्निङ, सुपरभाइज्ड लर्निङ, अनसुपर भाइज्ड लर्निङ लगायतका विभिन्न विषयमा कुराकानी गरेका थिए ।

वर्कशपमा सहभागीहरुले वेब स्क्रपिङ दि कोभिडडेटा एन्ड क्रियटिङ अ सिम्पल फ्ल्यास एप विथ फोरकास्टिङ, सेन्टिमेन्ट एनलाइसिस, फेस डिटेक्सन फर मास्क, डिटेक्ट निमोनिया युजिङ एक्स रे इमेज, मेसिन लर्निङ फर टाइटानिक डेटासेट फर बिगिनर्स, ह्यान्ड क्यारेक्टर रिकोगनिसन, स्टक प्राइस फोरकास्टिङ र एनोमल डिटेक्सन प्रोजेक्ट सम्पन्न गरेका छन् । यी प्रोजेक्टहरु मेसिन लर्निङ तथा डेटा साइन्समा उद्योगमा काम गरिरहेका मेन्टरहरुले गाइड गरेका थिए ।

साउन १८ गते वर्कशपमा सिंगापुर, इन्डिया, जर्मनी र नेपालबाट पोष्टर पिजेन्टेसन समेत भएको थियो । त्यस्तै कार्यक्रममा नेपालको कन्टेक्स्टमा मेसिन लर्निङ एण्ड डेटा साइन्सको स्कोपको विषयमा प्यानल डिसकस्न समेत भएको थियो ।

यस वर्कशपको टाइटल स्पोन्सरमा हेराल्ड कलेज, सपोटरको रुपमा फ्युज मेसिन, ट्रीलिफ एआई, पास्कल नेशनल कलेज, किष्ट कलेज र नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी  रहेका थिए । भने मिडिया पार्टनरको रुपमा लिभिङ विथ आईसिटी रहेको थियो ।

अनलाइन मार्फत पनि नेपालमा वर्कशप आयोजना गर्न सकिने रहेछ भनेर आफुहरुले सन्देश दिन खोजेको र अब यो वर्कशपलाई अन्तराष्ट्रिय स्तरमा लैजाने योजना रहेको वर्कशपका संयोजक सुर्य बस्नेतले बताए ।