कीवर्डहरू -

कोरोना संक्रमितलाई खाना तथा औषधि बोक्ने सिस्टर रोबोट अब बुटवलमा

कोरोना संक्रमितलाई खाना तथा औषधि बोक्ने सिस्टर रोबोट अब बुटवलमा

रोबोटिक्स एशोशिएसन अफ नेपाल, रोबोनट्लेस, कन्तिबिर र ओजोटेकले विकास गरेको 'सिस्टर रोबोट' बुटवल धागो कारखानालाई हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) नेपाल  र  व्यवहारिक विज्ञान  तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) को आर्थिक सहयोगमा उक्त सिस्टर रोबोट हस्तान्तरण गरेको हो ।

मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल मार्फत उक्त रोबोट बुटवल धागो कारखानालाई हस्तान्तरण गरिएको हो ।  यूएनडीपी नेपालले यूएनडीपी एक्सेलेटर ल्याबमार्फत दुईवटा सिस्टर  रोबोट बनाउनको लागि आर्थिक सहयोग गरेको थियो ।

कोभिड १९ सङ्क्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न सक्नेछन् साथै यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नेछन्, र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिन को प्रयोग गर्न सकिने छ ।

रिकास्टले ५ ओटा रोबोट निर्माण गर्न ४ लाख ३० हजार आर्थिक सहयोग गरेको थियो  । एशोशिएसनले सिस्टर  रोबोट टेकु अस्पताल,  हेटौडा प्रादेशिक अस्पताल, एपीएफ अस्पतालमा हस्तान्तरण गरिसकेको छ  ।

रोबोटिक्स एसोसिएसन अफ नेपाल, कान्तिबिर, ओज्टेक तथा रोबोनट्सले गत चैत ३० खाना तथा औषधि बोक्ने सिस्टर रोबोटको पहिलो परीक्षण शिक्षण अस्पताल, महाराजगञ्जमा सफलतापूर्वक सम्पन्न गरेको थियो  ।

सिस्टर रोबोट ३०० देखि ५०० मिटरसम्म ट्रान्समिटरको सहयोगमा आइसोलेसन वार्ड तथा सघन उपचार कक्षमा सञ्चालन गर्न सकिन्छ । यस रोबोटमा जडित क्यामराले कोरोना बिरामीको स्वास्थ्य अवस्था निरीक्षण गर्न सक्छ ।

कोभिड १९ सङ्क्रमित बिरामीहरूले आफ्नो हातलाई रोबोटमा जडित स्वचालित यन्त्रको माध्यमबाट सफा गर्न सक्नेछन् साथै यसमा राखिएको ट्याब्लेटको सहायताले नर्स तथा स्वास्थ्यकर्मीसँग कुरा गर्न सक्नेछन्, र फोहोर व्यवस्थापनका निमित्त रोबोटमा राखिएको डस्टबिन को प्रयोग गर्न सकिने छ ।

रोबोटको सहायताले नर्सहरू तथा स्वास्थ्यकर्मीहरूको प्रत्यक्ष सहभागिता बिनानै कोरोना आशङ्का लागेका तथा सङ्क्रमित बिरामीहरूको उचित हेरचाह तथा उपचार निश्चित गर्न सकिने छ ।

रोबोटिक्स एशोशिएसन नेपालले ड्रोन र्‍यापिड रेस्पोन्स टिम कोभिड १९ नेपाल, नेपाल इनोभेसन म्यापर र कोभिड १९ स्वाब कलेक्सन बुथ र कोरोना सम्बन्धी प्रचार भइरहेका भ्रामक तथा वास्तविक समाचारलाई पहिचान गर्ने अभियानमा पहल गर्दै आएको छ ।