कीवर्डहरू -

सन् २०२० मा हामीले धेरै रेकर्डहरू तोड्ने छौं - सौरभ कोथारी

सन् २०२० मा हामीले धेरै रेकर्डहरू तोड्ने छौं - सौरभ कोथारी

साओमी सफल हुनुमा पहिलो कारण इन्नोभेसन हो । साओमी सन् २००९ मा स्थापना भएको चिनियाँ कम्पनी हो । साओमी स्थापना हुँदा संस्थापक ली चुन सहित अन्य सात जनाको टीम रहेको थियो । सुरुको तीन–चार वर्ष साओमी यूआई र सफ्टवेयर कम्पनीमा मात्र सीमित थियो । तर ग्राहकको साथ र मागपछि हामीले मोबाइल र हार्डवेयरमा पनि काम गर्न थाल्यौं । मोबाइलमा काम गर्न थालेको केही समयमै साओमी चीनको एउटा उत्कृष्ट मोबाइल निर्माता कम्पनी भयो । भारतमा केही वर्षदेखि नम्बर वान मोबाइल कम्पनी हुन सफल भएको छ ।

साओमीको नारा भनेको ‘इन्नोभेसन फर एभ्रिवान’ रहेको छ । आइपिओमा पनि साओमी कम्पनी दर्ता भइसकेको छ । साओमीले मोबाइल मात्र नभएर आइओटी इकोसिस्टम प्रडक्टमा पनि काम गरिरहेको छ । नेपालमा मोबाइल र केही एसोसरिजमा काम गरिरहेको कम्पनीका कन्ट्री जनरल म्यानेजर शौरभ कोथारीसँग विशेष कुराकानी गरेका छौं । भारतमा उनको मोबाइल इन्डस्ट्री क्षेत्रमा ८ वर्षभन्दा बढीको अनुभव छ ।

सौरभ कोथारी
कन्ट्री जेनेरल म्यानेर, साओमी नेपाल


\"\"

सन् २०२० मा हामीले धेरै रेकर्ड तोड्ने सोच राखेका छौं । हुन त, अहिले नै हामीले उत्कृस्ट ब्रान्ड र सेल्समा न .१ स्मार्टफोन बनाउन सफल भैसकेका छौ ।

नेपाली बजारमा साओमीले कसरी काम गरिरहेको छ ?
हामीसँग त्यस्तो कुनै आधिकारिक डेटा छैन । किनभने नेपालमा यस्तो खालको तथ्यांक लिनको लागि कुनै संस्था छैन । भारतमा चाहिँ काउन्टर पोइन्ट, जीएपके, आइडी लगायतका संस्था छन् । फ्यानहरूका लागि साओमी नेपालमा सधैं अगाडि नै छ । हामीले नेपालमा राम्रो इन्नोभेटिभ प्रडक्टहरू ग्राहकलाई दिइरहेका छौं । ग्राहकको मागबाट हामी सन्तुष्ट छौं ।

अहिले, साओमीले नेपालमा कुन कुन क्षेत्रमा फोकस गरिरहेको छ ?
हाम्रो फोकस भनेको इन्नोभेटिभ प्रडक्टलाई जति सकिन्छ, राम्रो मूल्यमा प्रदान गर्ने हो । त्यसैगरी राम्रो सेवा दिने र नेटवर्क विस्तारमा केन्द्रित छौं । नेपालमा साओमी एउटा यस्तो स्मार्टफोन कम्पनी होला, जसले गएको चार–पाँच महिनामा मात्रै चार–पाँच वटा सर्भिस सेन्टर स्थापना ग¥यो ।

तपाईंको विचारमा नेपालमा साओमीको सफलताको पछाडि के छ ?
साओमी सफल हुनुमा पहिलो कारण इन्नोभेसन हो । गत वर्ष हामीले नेपालमा पहिलो पटक ४८ मेगापिक्सेल क्यामेरा भएको रेडमी नोट सेभेन मोबाइल सार्वजनिक ग¥यौं । त्यसपछि हामीले ६४ मेगापिक्सेल क्यामेरा भएको फोन पनि सार्वजनिक ग¥यौं । चार जीबी ¥याम र ६४ जीबी रोम भएको मोबाइल हामीले १५ हजारमै उपलब्ध गराएका छौं । त्यसैगरी रेडमी ८ आउनुभन्दा अगाडि १५ हजार रूपैयाँभन्दा कम मूल्यमा हामीले ३ जीबी ¥याम भएको मोबाइल उपलब्ध गरायौं । त्यस्तै ६ जीबी ¥याम भएको मोबाइल पनि हामीले २४ हजारमै उपलब्ध गराएका छौं । लकडाउन बीचमा हामीले उत्कृस्ट फोनहरु ल्यायौ र बजारमा सबैभन्दा अगाडी आउन सफल भयौ  । हामीलाई अझै कसरी राम्रो मूल्यमा राम्रो प्रडक्ट ल्याउने भन्नेबारे चुनौती थपिएको छ ।

यहासम्म आइपुग्दा साओमीले के उपलब्धि प्राप्त ग¥यो ?
हामी नेपाली बजारमा आएको एक दशक भयो । हामीले २ वर्ष अगाडिको दराजको ११.११ सेलमा पोकोफोन सार्वजनिक गरेका थियौं । कुनै पनि स्मार्टफोन ब्राण्ड अनलाइनमा मात्रै सार्वजनिक गरेको यो नेपालमै पहिलो पटक हो । यो फोन हामीले सार्वजनिक भएको २० मिनेटमा बेचेका थियौं । सन् २०१८ मा रेडमी नोट ५ ‘बेस्ट बजेट फोनको’ लिस्टमा आएको थियो । सन् २०१९ मा साओमीका सबै फोनहरू ‘बेस्ट फोनमा’ परे । '२०२०' मा पनि केहि फोनहरु उत्कृस्ट साबित भैसकेका छन् । साओमीले बेस्ट भनिएका फोनहरूलाई तल पार्न सफल भयो । यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । हामीले एक वर्षमा चार–पाँच सर्भिस सेन्टर तथा वेयर हाउस स्थापना र वितरण गर्ने टीम बलियो बनायौं ।

नेपालमा बजार हिस्सा वृद्धि गर्न के योजना छ ?
सन् २०२० मा हामीले धेरै रेकर्ड तोड्ने सोच राखेका छौं । हुन त, अहिले नै हामीले उत्कृस्ट ब्रान्ड र सेल्समा न .१ स्मार्टफोन बनाउन सफल भैसकेका छौ ।  यो न १ मा टिकिरहन र अझै धेरै राम्रो काम गर्नुपर्ने छ । यो वर्ष हामीले मोबाइल फोन मात्र नभएर अन्य एसोसरिज पनि नेपालमा सार्वजनिक गर्ने लक्ष्य लिएका छौं । राम्रो टीम निर्माण गर्ने तथा सेल्स सेवा राम्रो दिने योजना छ ।

यो बिजनेशमा यति छिटो कसरी यो उपलब्धि हासिल गर्नुभयो ?
साओमी यति छिटो यहाँसम्म आउनु भनेको नेपाली उपभोक्ताको बिश्वासले गर्दा हो । साओमीले जहिले पनि इन्नोभेटिभ प्रडक्टमा विशेष ध्यान दिन्छ । नेपालमा पनि पहिलोपटक ४८ तथा ६४ मेगापिक्सेलको क्यामेरा हामीले लिएका हौं । त्यसैगरी स्न्यापड्र्यागन ८५५ र हिलियो जी ९० टी प्रोसेसर प्रयोग गरिएको मोबाइल पनि हामीले नेपालमा पहिलो पटक ल्यायौं । हामी प्रडक्ट इन्नोभेशन र प्रडक्ट क्वालिटीमा अगाडि छौं ।

नेपालमा आउन चाहने नया स्मार्टफोन कम्पनीका लागि अवसर कस्तो छ ?
नेपालको अर्थतन्त्र अहिले ठुलो हुँदै गइरहेको छ । त्यसैले स्मार्टफोन कम्पनीका लागि नेपालमा धेरै अवसर छन् । नेपालमा क्वालिटी भएको प्रडक्ट र इन्नोभेटिभ प्रडक्ट लिएर आउनुहोस् नेपालमा थुप्रै अवसर छन् ।

नेपालमा नया स्मार्टफोन ब्राण्डको लागि के के चुनौती छन् ?
नेपालमा अरू देशको भन्दा चुनौती छ । पहिलो कुरा त नेपालमा भारत र चीनको जस्तो बजार छैन । नेपालमै निर्माण तथा उद्योग स्थापना गर्नको लागि सामान आयात गर्न गाह्रो छ । नेपाल भारत बीचमा रहेको खुल्ला सिमाना पनि एउटा चुनौती हो । किनभने भारतबाट सामान ल्याउँदा भ्याट लाग्ने भएकाले यहाँ आउँदा कुनै पनि सामान महँगो पर्न जान्छ । नेपालको भन्दा भारतमा स्मार्टफोनको मूल्य सस्तो रहेको छ ।

\"\"

साओमीले बेस्ट भनिएका फोनहरूलाई तल पार्न सफल भयो । यो नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो । हामीले एक वर्षमा चार–पाँच सर्भिस सेन्टर तथा वेयर हाउस स्थापना र वितरण गर्ने टीम बलियो बनायौं ।

आउने १० वर्षमा साओमी कहा पुग्ला ?
साओमी प्रविधिमा काम गर्ने कम्पनी हो । त्यसै कारणले पनि यहाँ दिनदिनै नयाँ नयाँ परिवर्तन भइरहेको हुन्छ । आउने १० वर्षमा हामी आइओटीमा धेरै केन्द्रित हुनेछौं, जसमा मोबाइल फोनलाई पनि आइओटी डिभाइसले कन्ट्रोल गर्न सक्नेछ । भारतमा कनेक्टेड डिभाइस जस्तै कनेक्टेड स्पीकर, कनेक्टेड लाइट आइसकेको छ । आउने १० वर्षमा विश्व पनि आइओटीमा जानेछ । अब भ्वाइस, इन्टरनेट, स्मार्टवाच तथा अन्य डिभाइसहरूलाई आइओटीले नियन्त्रण गर्न सक्नेछ ।

तपाईंलाई व्यक्तिगत रूपमा कुन फोन राम्रो लाग्छ र अरूलाई कुन मोबाइल किन्न सुझाव दिनुहुन्छ ?
प्रत्येक मूल्यमा हामीले राम्रा फोनहरू सार्वजनिक गरेका छौं । तपाईंको बजेट १५ हजार छ भने रेडमी एट राम्रो छ । बजेट २० हजारसम्म छ भने रेडिमी नोट एट र बजेट २५ हजार छ भने ६ जीबी ¥याम र १२८ जीबी रोम भएको रेडमी नोट एट ठीक छ । बजेट ३० हजारसम्म छ भने रेडमी नोट एट प्रो, त्यस्तै बजेट ४० हजारसम्म छ भने रेडमी के २० उत्तम छ । बजेट ५० हजारसम्म छ भने रेडमी के २० प्रो राम्रो रहेको छ । मेरो मन पर्ने फोन भनेको रेडमी नोट एट प्रो हो । आजभोलि धेरैको हातमा यो मोबाइल भेट्न सक्नुहुन्छ । यो फोन गेमिङ, क्यामेरा सबैका लागि राम्रो छ ।

अन्तिममा मी फ्यानको लागि केही भन्नुपर्ने कुरा छ ?
सबभन्दा पहिला म सबै एमआई (मी) फ्यानहरूलाई धन्यवाद दिन चाहन्छु, जसले हामीलाई सधैं साथ र सहयोग दिनुहुन्छ । हामी तपाईंका लागि राम्रो मूल्यमा राम्रो प्रडक्ट सार्वजनिक गर्नेछौं ।